विगत चार वर्षदेखि हरेक वर्ष एनसेल आजियाटाले यो अफर एसईई विद्यार्थीका लागि प्रदान गर्दै आएको छ । यो योजना बिहीबार (भदौ १८) देखि लागु भएको छ र ९० दिनको लागि मान्य रहपहिलो सिम लिनका लागि विद्यार्थीको एसईई परीक्षा प्रवेश पत्र, नागरिकता वा आफ्नो आमा वा बाबुको नागरिकताको फोटोकपि र एक प्रति फोटो आवश्यक पर्दछ । यो सिम विद्यार्थीले आफुलाई पायक पर्ने एनसेल सेन्टरबाट सिम लिन सक्छन् ।
सिम लिएपछि निःशुल्क माइफाइभ सेवाका लागि आफुलाई सधै सम्पर्कमा रही रहनुपर्ने पाँच वटा एनसेलहरु सजिलैसँग माइफाइभ समुहमा सेट गर्न सकिन्छ । नम्बरहरु माइफाइभ समुहमा राखेपछि विद्यार्थीहरुले पहिलो ३० दिनसम्म ती नम्बरहरुमा निःशुल्क कुराकानी गर्न सक्छन् । ३० दिनपछि पनि विद्यार्थीहरुले ती नम्बरहरुमा मात्र ९९ पैसा प्रति मिनेटमा बाँकी ११ महिनासम्म कुराकानी गर्न सक्छन् ।
विद्यार्थीहरुले एस्ट्रिक्स५५४४ह्यास डायल गरी प्राप्त निर्देशन अनुसार आफु सधै सम्पर्कमा रहनुपर्ने पाँच वटा एनसेल नम्बरलाई माइफाइभ समुहमा राख्न सक्छन् । माइफाइभ सेवाको समुहमा ५ वटा नम्बर राखि सकेपछि त्यसमा रहेका कुनै नम्बर हटाई अर्को नम्बर समावेश गर्नुपर्ने भएमा प्रत्येक परिवर्तनको कर बाहेक ५ रुपैयाँ शुल्क लाग्नेछ ।
पहिलो सिम सुचारु गरेपछि सुचारु गरेको पहिलो दिनको मध्यरात सम्ममा १ सय रुपैयाँ वा सो भन्दा माथिको रिचार्जमा ग्राहकले ३० दिन सम्म हरेक दिन १०० एमबी डेटा बोनसको रुपमा प्राप्त गर्दछन् । यसका साथै, यस सिमको मेन ब्यालेन्सबाट गरिएको हरेक १ सय रुपैयाँ बराबरको खर्चमा ग्राहकले तीन दिनको समयसिमा रहेको ३०० एमबी (१०० एमबी अल नेटवर्क र २०० एमबी फोरजी डेटा) बोनस डेटा प्राप्त गर्नेछन् । पहिलो सिम अन्तर्गतको यो ब्यालेन्स खर्चमा बोनस सुविधा १२ महिनाको लागि रहनेछ ।
एनसेलले एसईई सकेका विद्यार्थीका लागि सुलभ दरमा सञ्चार सेवामा पहुँच सुनिश्चित गर्न यस पहिलो सिम योजनालाइ निरन्तरता दिएका हो ।
विद्यार्थीले एस्ट्रिक्स१७१२३ह्यास डायल गरी डेटा प्याक तथा एस्ट्रिक्स१७११८ह्यास डायल गरी भ्वाइस प्याक खरिद गर्न सक्छन् । त्यस्तै, म्युजिक र गेमिङ् प्याकको लागि पनि विभिन्न अप्सनहरु रहेका छन् । ग्राहकले एस्ट्रिक्स१७१०३ह्यास डायल गरी आफ्नो आवश्यकता अनुसारको प्याक खरिद गर्न सक्छन् ।