द सन्डे टेलिग्राफले गरेको अनुसन्धानका क्रममा उक्त हिरासतमा रहेका आप्रवासीले मोबाइलबाट पठाएका तस्बिरहरुमा दर्जनौं पुरुषहरुलाई दयनीय अवस्थामा एउटा सानो बन्द कोठामा राखिएको देखिन्छ । अरबको गर्मीमा कमिजविहीन देखिएका ती पुरुषहरुलाई खाँदेर लाइनबद्ध राखेको देखिन्छ ।
एउटा तस्बिरमा सोही कोठामा उनीहरुसँगै बैजनी र सेतो कम्बलमा शव बेरेर राखिएको देखिन्छ । उनीहरुका अनुसार ती आप्रवासी व्यक्तिको ‘हिटस्ट्रोक’ का कारण मृत्यु भएको र त्यहाँ बाँचेका अरुपले पनि पर्याप्त खाना र पानी पाएका छैनन् ।
अर्को एक तस्बिरमा एक अफ्रिकी व्यक्ति भित्रबाट टायल लगाइएको भित्तामा झ्लाबाट झुण्डिएको देखिन्छन् । मृतकका साथीहरुका अनुसार बाँच्ने आशा हराएपछि उनले आत्महत्या गरेका हुन् । उनीहरुलाई अप्रिलदेखि उक्त ‘नारकीय हिरासत’ राखिएको छ।
धेरै आप्रवासीहरुको पिठ्युमा दागहरु देखिन्छन् । उनीहरुलाई जातीय शोषण गर्दा त्यहाँका गार्डहरुले निर्घात कुटपिट गरेका हुन् । “यो नरक हो । हामीलाई जनावरहरूजस्तो व्यवहार गरिन्छ र हरेक दिन कुटपिट गरिन्छ,” एक इथियोपिका आबेबेले भने । उनी चार महिनाभन्दा बढी समयदेखि उक्त हिरासत केन्द्रमा थुनिएका छन् ।
“यदि मैले यहाँबाट निस्किने कुनै मार्ग भेटिन भने म आत्महत्या गर्नेछु । केहीले यसअघि नै आत्महत्या गरिसकेका छन्,” उनले एक मध्यस्थतामार्फत उक्त हिरासतमा पुर्याइएको फोनमार्फत कुराकानी गर्दै भने ।
“मेरो अपराध भनेको राम्रो जीवनको खोजीमा मेरो मुलुकलाई छोड्नु हो । तर, तिनीहरूले हामीलाई हत्याराजस्तो गरी कोर्रा र बिजुलीको झट्का लगाइन्छ ।”
सार्वजनिक भएका तस्बिर र तथ्यहरुले मानव अधिकारकर्मीहरुलाई आक्रोशित बनाएको छ । विश्वव्यापी रुपमा ‘ब्ल्याक लइभ्स म्याटर’ को पक्षमा प्रदर्शनहरु भइरहँदा साउदीमा हजारौं मानिसहरु नारकीय जीवन बाँचिरहेका छन्