विरगंज । सिमामा ३ किलोमिटरको फरकमा सशसशस्त्र प्रहरीको बि ओ पी स्थापना भइरहेको छ । नेपाल भारत को खुल्ला सिमाना मा कडाइ गर्न पर्सा र बारा जिल्लामा ३ देखी ५ किलोमिटर को फरकमा बिओपी स्थापना गर्न सुरु गरेको छ ।
शुक्रवार बिहान नेपाल को प्रमुख प्रवेश द्वार बीरगन्ज को इनर्वा मा सशस्त्र प्रहरी बल को बिओपी स्थापना भएको छ ।
सशस्त्र प्रहरी बल प्रदेश न २ को प्रमुख डिआइजी कृष्ण भक्त व्रहम्चार्य ले बिओपी को उदघाटन गर्नु भएको छ।
सिमा क्षेत्रमा ६१ वटा नयाँ बिओपी स्थापना गर्ने डिआइजी कृष्ण भक्त व्रहम्चार्य ले बताउनु भएको भएको छ ।
कोरोना कहरमा भारत बाट अवैध आगमन रोक्न पहिलो चरण मा १२ वटा बिओपी स्थापना गर्न लागेको बताउनु भयो ।
सिमा मा हुने तस्कर र अवैध आवागमन रोक्न सशस्त्र प्रहरी बल प्रदेश २ का प्रमुख डिआइजी कृष्ण भक्त व्रहम्चार्य खुल्ला सिमाको स्थलगत निरीक्क्ष्ण गर्नुभएको छ ।