• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    भावी अर्थमन्त्रीबारे खतिवडाको प्रश्नमा प्रधानमन्त्री ओली दिए यस्तो जवाफ

  • वीरगंज संजाल
  • १९ भाद्र २०७७, शुक्रबार ११:३२
  • ५५६५

    विरगंज । प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार ११ बजेका लागि मन्त्रिपरिषदको बैठक बोलाएका छन्। शुक्रबारको बैठक अर्थमन्त्री डा युवराज खतिवडाका लागि अन्तिम क्याबिनेट बैठक हुनेछ।

    शुक्रबारको बैठकमा प्रधानमन्त्री ओलीले खतिवडालाई अहिलेसम्म भए गरेका काम कारबाहीको समीक्षात्मक टिप्पणीका लागि विशेष समय दिने तयारी गरेका छन्। त्यसमा खतिवडाले आफ्नो ३० महिने कार्यकालको समीक्षा गर्नेछन्।

    खतिवडा बिहीबार बेलुका ६ बजेसम्म मन्त्रालयमा नै थिए। आज पेस भएका सबै फाइलको काम सकेर निस्किनुभयो, खतिवडाका एक सहयोगीले भने।

    काठमाडौंको धुम्बाराहीमा निजी निवास भएका मन्त्री नियुक्त भएपछि उनी पुल्चोकस्थित मन्त्री निवास (क्वाटर)मा बस्ने गरेका थिए। मन्त्रीबाट बहिर्गमन हुने लगभग निश्चित भएसँगै खतिवडाले बिहीबार निजी निवासमा सामान सारेका हुन्।

    मंगलबार प्रधानमन्त्री ओलीलाई भेटेर आफू राजीनामा दिन तयार रहेको बताएका खतिवडा आज राजीनामा दिन लागेका छन् ।

    तर खतिवडाको व्यवस्थापन बालुवाटारमै हुने बुझिएको छ । राष्ट्रिय सभामा वामदेव गौतमको प्रवेश भएसँगै अर्थमन्त्री खतिवडा मन्त्रिपरिषद्बाट बाहिरिए पनि प्रधानमन्त्री ओलीले खतिवडालाई आफ्नो मुख्य सल्लाहकार बनाउने तयारी गरेका छन् ।

    त्यसका लागि उनले निकटस्थहरूसँग छलफल पनि थालेका छन् । बिहीबार बिहान खतिवडालगायतसँग भएको छलफलमा ओलीले केही समय अर्थ मन्त्रालय आफैंले राख्ने गरी खतिवडालाई मुख्य सल्लाहकार बन्न प्रस्ताव गरेका थिए ।

    उक्त छलफलमा ओलीले नेकपाका अरू सांसद अर्थमन्त्री बन्न योग्य र विश्वासिलो नरहेको भन्दै मन्त्रालय आफैंले राख्ने तर्क गरेका थिए ।

    त्यसमा खतिवडाले जवाफ दिइनसकेको स्रोतको भनाइ छ । खतिवडाले अबको अर्थमन्त्री को हुन्छ त भनेर प्रधानमन्त्रीलाई सोधेका भने थिए । त्यसपछि ओली आफैले लिन सक्ने या प्रदीप ज्ञवालीलाई पनि बनाउन सकिने बताएको स्रोतको भनाइ छ ।

    खतिवडाले उनका निकटस्थहरूलाई बताएअनुसार अहिले उनलाई राष्ट्रिय सभामा निरन्तरता नदिने भूमिकामा ओलीकै सारथि महासचिव विष्णु पौडेल, स्थायी कमिटी सदस्य सुवास नेम्वाङ, मुख्य राजनीतिक सल्लाहकार विष्णु रिमाल लगायतको हात छ ।

    लामो योगदान र संघर्ष गरेका व्यक्तिहरु पार्टीमा हुँदाहुँदै खतिवडालाई अर्थमन्त्री बनाउँदा पार्टीभित्र ओलीको चर्को विरोध हुँदै आएको थियो । करिब अढाइ वर्ष मन्त्रालयमा रहँदा खतिवडा धेरै आलोचना र थोरै मात्रै प्रशंसाका पात्र बने । तर यो अवस्था आउनुमा माफियाहरूले नेकपाका नेताहरूलाई प्रयोग खतिवडाको भनाइ छ ।

    ‘वामदेव गौतमसँग त म अर्थमन्त्री भएको भोलिपल्टैदेखि आमनेसामने भएको हो,’ खतिवडाको भने , ‘माफियाहरूले नेकपाका नेताहरूलाई प्रयोग गरेर मलाई हटाउने खेल खेले ।’

    झन्डै ७ महिनापछि नेकपाको आन्तरिक शक्ति सन्तुलनमा आएको फेरबदल र चर्किएको अन्तरविरोधबीच पार्टीको विवाद मिलाउने नाममा गौतमको राष्ट्रिय सभामा प्रवेश हुन लागेको छ ।रासस

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • गोलबजारमा युवतीद्वारा युवकमाथि डेरामै छुरा प्रहार, प्रेम सम्बन्धबाट उत्पन्न विवादको आशंका
  • पर्सा–३ मा रुपेश पाण्डे : उदाउँदो राजनीतिक तारा किशोरदेखि युवासमूहसम्मको रोजाइ, ज्येष्ठ नागरिकको भरोसा बटुल्दै
  • बाँकेमा अगुवा कार्यकर्ता भेटघाट कार्यक्रम सम्पन्न : मन्त्री राजकुमार गुप्ताको संगठन सुदृढीकरणमा जोड
  • अमेरिकाले फेरि विदेशी विद्यार्थीहरूलाई भिसा दिने प्रक्रिया सुरु गर्ने, तर शर्त पालना गर्नुपर्ने
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    गोलबजारमा युवतीद्वारा युवकमाथि डेरामै छुरा प्रहार, प्रेम सम्बन्धबाट उत्पन्न विवादको आशंका

    पर्सा–३ मा रुपेश पाण्डे : उदाउँदो राजनीतिक तारा किशोरदेखि युवासमूहसम्मको रोजाइ, ज्येष्ठ नागरिकको भरोसा बटुल्दै

    बाँकेमा अगुवा कार्यकर्ता भेटघाट कार्यक्रम सम्पन्न : मन्त्री राजकुमार गुप्ताको संगठन सुदृढीकरणमा जोड

    अमेरिकाले फेरि विदेशी विद्यार्थीहरूलाई भिसा दिने प्रक्रिया सुरु गर्ने, तर शर्त पालना गर्नुपर्ने

    इरानको सरकारी टिभी ह्याक

    इरानमाथि आक्रमण गर्न अमेरिकी सेनालाई राष्ट्रपति ट्रम्पको स्वीकृति

    लागूऔषधसहित पोखराबाट चार जना पक्राउ

    राष्ट्रिय प्रजातन्त्र पार्टीले गर्‍यो संसद वहिष्कार

    सांसद थापाले च्याते संसदभित्रै बजेट पुस्तिका

    सुरक्षित तथा पर्याप्त खानेपानी पुर्‍याउन सरकार प्रतिबद्ध छ : मन्त्री यादव

    गोलबजारमा युवतीद्वारा युवकमाथि डेरामै छुरा प्रहार, प्रेम सम्बन्धबाट उत्पन्न विवादको आशंका

    पर्सा–३ मा रुपेश पाण्डे : उदाउँदो राजनीतिक तारा किशोरदेखि युवासमूहसम्मको रोजाइ, ज्येष्ठ नागरिकको भरोसा बटुल्दै

    बाँकेमा अगुवा कार्यकर्ता भेटघाट कार्यक्रम सम्पन्न : मन्त्री राजकुमार गुप्ताको संगठन सुदृढीकरणमा जोड

    अमेरिकाले फेरि विदेशी विद्यार्थीहरूलाई भिसा दिने प्रक्रिया सुरु गर्ने, तर शर्त पालना गर्नुपर्ने

    इरानको सरकारी टिभी ह्याक

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    गोलबजारमा युवतीद्वारा युवकमाथि डेरामै छुरा प्रहार, प्रेम सम्बन्धबाट उत्पन्न विवादको आशंका

    News

    पर्सा–३ मा रुपेश पाण्डे : उदाउँदो राजनीतिक तारा किशोरदेखि युवासमूहसम्मको रोजाइ, ज्येष्ठ नागरिकको भरोसा बटुल्दै

    News

    बाँकेमा अगुवा कार्यकर्ता भेटघाट कार्यक्रम सम्पन्न : मन्त्री राजकुमार गुप्ताको संगठन सुदृढीकरणमा जोड

    News

    अमेरिकाले फेरि विदेशी विद्यार्थीहरूलाई भिसा दिने प्रक्रिया सुरु गर्ने, तर शर्त पालना गर्नुपर्ने

    News

    इरानको सरकारी टिभी ह्याक

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑