प्रतिबन्ध लगाएपछि, टिकटकले आफ्नो अमेरिकामा रहेको व्यापार बेच्ने निर्णय गर्यो तर बेजिङले उक्त काममा अवरोध गर्ने भएको छ ।
चिनिया अधिकारीले विदेशी खरिदकर्तालाई प्रविधिको स्वामित्व बेच्ने कानुनमा परिमार्जन गरेको छ । सरकारी सूचनाको अनुसार, नयाँ नियमको सुचीमा, डाटा प्रोसेसिंग, स्पीच र टेक्स्ट रिकग्निसन रहेको छ ।
सन् २००८ पछि उक्त नियमलाई पहिलो पटक परवर्तन गरिएको हो ।
चिनिया विज्ञान तथा प्रविधि मन्त्रालयको अनुसार, उक्त परिवर्तन प्रविधि निर्यातको कार्य औपचारिक रुपमा व्यवस्थापन गर्न आवस्यक थियो, जसले राष्ट्रिय सुरक्षाको नियम लागु गर्न सहयोग गर्नेछ ।
उक्त सुचनामा टिकटक वा बाइट डान्स कम्पनीको नाम उल्लेख गरिएको छैन तर विशेषज्ञको अनुसार अब टिकटकले आफ्नो अमेरिकाको व्यापार विदेशीलाई बिक्रि गर्न सरकारको अनुमति लिनुपर्ने हुन्छ ।
यसले टिकटकको बिक्रिमा प्रभाव पर्नेछ ।
बाइट डान्सले आफु उक्त नियमको विषयमा सतर्क रहेको र यसले कम्पनीलाई कठिनाइ हुने बताएको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बाइट डान्सलाई यसै महिना आफ्नो अमेरिकामा भएको व्यापार बिक्रि नगरे प्रतिबन्ध गर्ने चेतावनी दिएका छन् ।
ट्रम्प लगायत अन्य अमेरिकी नेताहरुले टिकटकले राष्ट्रिय सुरक्षामा खतरा उत्पन्न गरेको आरोप लगाएका छन् ।
टिकटकले भने उक्त आरोपको खण्डन गर्दै आएको छ र ट्रम्पको “राजनीतिक चाल” भन्दै उजुरी दिएको छ ।
टिकटकको खरिदको लागि ठुला कम्पनीहरु अगाडी आएका छन्, माइक्रोसफ्ट र वालमार्टले टिकटक किन्न इच्छुक रहेको जानकारी सार्वजनिक गरेका छन् ।
टेक कम्पनी ओराकलले पनि टिकटक किन्न सक्ने बताइएको छ ।
टिकटकलाई अहिले निकै दबाब परेको छ र पछिल्लो हप्ता कम्पनीका सीइओ केभिन मेयरले नियुक्त भएको चार महिना पनि नबित्दै राजिनामा दिएका छन् ।
उनले कार्यालयको वातारणमा राजीनिक हस्तक्षेप भएको कारण राजिनामा दिएको बताएका छन् ।
चीनले भने आफ्नो निर्यातको कानुन परिवर्तन गरेको छ जसले गर्दा टिकटकको व्यापारमा प्रतक्ष प्रभाव पर्ने भएको छ ।