रातो मच्छिन्द्रनाथको रथ तान्ने क्रममा हिजो दिनभर पाटन क्षेत्र तनावग्रस्त भयो । अब यो जात्रा यसै रोकिन्छ कि के हुन्छ भन्ने अन्योल पनि सुरु भएको छ ।
ललितपुरका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टको पहलमा बिहीबार साँझ नै सरोकारवाला निकायसँग बैठक बसेको थियो । यो बैठकले अब मच्छिन्द्रनाथको जात्राबारे निर्णय गरेको छ । छलफलले अब २६ गतेभित्र जात्रा सक्ने निर्णय गरेको हो ।
यसका लागि एउटा तालिका पनि निकालिएको छ । तालिकाअनुसार अब २१ भदौमा क्षमा पूजा गर्ने, २२ गते रथबाट मूर्ति तल झार्ने र प्रतिकात्मक रुपमा रथ तान्ने निर्णय भएको छ । २६ गतेसम्म बुङमती पुर्याएर यो यात्रा सकाउने निर्णय भएको छ ।