विरगंज । प्रशासनको अनुमतिवनिा मछिन्द्रनाथको रथयात्रा गराउने क्रममा ललितपुरमा भएको झडपमा ट्राफिक प्रहरीका जवानमाथि निर्घात कुटपिट गरेको अभियोगमा नौजना पक्राउ परेका छन् ।
प्रशासनले निषेधाज्ञा लागू गरेको वेला युवाले विना अनुमति रथ तानेको भन्दै त्यसलाई रोक्न ललितपुरका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले प्रहरीलाई निर्देशन दिएका थिए ।
पक्राउ परेका व्यक्तिलाई अहिले क्वारेन्टिनमा राखिएको छ । उनीहरुको पिसीआर जाँच गरेर कानुनी कारबाही अघि बढाइने प्रहरीले जनाएको छ ।