• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    वामदेव गौतमको सांसद यात्राः ओलीको जित कि हार ?

  • वीरगंज संजाल
  • १९ भाद्र २०७७, शुक्रबार ०२:०२
  • ४४२५

    विरगंंज । लामो समयको चाहनापछि सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का उपाध्यक्ष वामदेव गौतम अब संघीय संसदको सदस्य बन्ने भएका छन् । बिहीबार बसेको नेकपा सचिवालय बैठकले उनलाई राष्ट्रिय सभामा लैजाने निर्णय गरेसँगै उनी अब सांसद हुने भएका हुन् । यसअघिको निर्वाचनमा बर्दियामा पराजित भएका गौतमले यसअघि पनि बारम्बार सांसद हुने प्रयास गरेका थिए । तर, उनी असफल हुँदै आएका थिए ।

    यसअघि गौतम खासमा प्रधानमन्त्री बन्ने उद्देश्यका साथ प्रतिनिधि सभामा नै निर्वाचित भएर जान चाहन्थे । उनले यसका लागि प्रयास पनि नगरेका होइनन् । तर, डोल्पादेखि काठमाडौंका निर्वाचन क्षेत्रमा उनी उठ्ने चाँजोपाँजो मिल्न सकेन ।

    अन्ततः उनी सांसद बन्नका लागि राष्ट्रिय सभा जाने भए ।

    गत फागुनमा पहिलो पटक नेकपामा गौतमलाई सांसद बनाउने औपचारिक रुपमा छलफल भएको थियो । त्यति बेला पनि नेकपाले गौतमलाई राष्ट्रिय सभामा लैजाने प्रस्ताव गरेको थियो । तर, गौतमले तत्कालीन समयमा आफू राष्ट्रिय सभामा नजाने बताए ।

    त्यति बेला गौतमले राखेको प्रस्ताव थियो– राष्ट्रिय सभा सदस्य पनि प्रधानमन्त्री बन्न पाउने व्यवस्था गर्न संविधान संशोधन गर्न भए मात्र आफू राष्ट्रिय सभामा जाने ।

    गौतमले राखेको यो सर्तले तत्कालीन समयमा राजनीतिक वृत्तमा ठूलो तरंग ल्यायो । उनको यो सर्तमा नेकपाकै कतिपय नेताहरु दुई कित्तामा विभाजित भए ।

    तर, जहिले गौतमले यो प्रस्ताव राखेका थिए, त्यति बेला नेकपामा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच अनेक मुद्दाहरुमा फाटो देखिइसकेको थियो । गौतमले नेकपामा देखिएको यो विभाजनलाई सही समयमा आफू अनुकूल हुनेगरि उठाए । उनले यो विषयमा नेकपामा ओली केही सकारात्मक पनि नभएका होइनन् । तर, उनले यसलाई पनि पन्छाउने बाटो खोजे ।

    गत वैशाखमा जब नेकपामा फेरि विवाद निम्तियो, त्यति बेला वामदेव गौतमले अन्तिम समयमा आएर प्रधानमन्त्री केपी शर्मा ओलीलाई साथ दिए । ओलीविरुद्ध त्यति बेला आवाज उठाइरहेका प्रचण्ड, नेकपा वरिष्ठ नेता माधवकुमार नेपाल त्यसपछि चुप लाग्न बाध्य भए । उनीहरुको यो बाध्यताको कारण थियो– सचिवालयमा गौतमले ओलीको साथ दिँदा आफूहरु अल्पमतमा पर्नु ।

    यतिबेला फेरि वामदेव गौतम सांसद बन्ने प्रयासमा लागे । उनले यतिबेला प्रतिनिधि सभा नै ताके । त्यसैले नेकपाले निर्णय गर्यो– उपयुक्त समयमा गौतमलाई प्रतिनिधिसभामा लैजाने र आवश्यक परेको खण्डमा प्रधानमन्त्री ओलीले राजीनामा दिएर गौतमलाई प्रधानमन्त्री बनाउने ।

    कोरोनाभाइरस महामारीले नेपालमा पनि प्रभाव पार्न थालिसकेको थियो । नेकपा विवाद त्यति बेला केही समयका लागि युद्धविराम भए पनि फेरि जेठको अन्त्यबाट बल्झिन थाल्यो । कतिसम्म भने असार र साउनमा यो निकै उत्कर्षमा पुग्यो ।

    अहिले केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले बनाएको कार्यदलका कारण अब नेकपा विवाद केही मत्थर भएको छ । र, यही समयमा आफूलाई सांसद बनाउन सफल पनि भएका छन्, नेकपा उपाध्यक्ष वामदेव गौतम ।

    गौतमले यही समयमा सांसद हुन चाहनुका पछाडि दुई कारण रहेका छन् । पहिलो कारण हो, अहिले राष्ट्रिय सभामा एक पद रिक्त रहेको छ । यसअघि अर्थमन्त्री डा. युवराज खतिवडा मनोनित त्यो पदमा वामदेव गौतम जान चाहेका छन् । उनी राष्ट्रिय सभामा जानु भनेको खतिवडालाई राष्ट्रिय सभामा मनोनित गर्न नसक्नु हो । यसको अर्थ हो, अब खतिवडाको मन्त्री पदको पदावधि पनि सकिएको छ । यसअघि फागुनमा दोस्रो कार्यकालका लागि अर्थमन्त्री नियुक्त भएका खतिवडासँग संघीय संसदको सदस्यता नभएकाले उनले अर्थमन्त्री पनि छोड्नु पर्ने भएको हो । त्यसैले नेकपामा अब अर्थमन्त्रीमा पनि उपाध्यक्ष वामदेव गौतम नै नियुक्त हुन सक्ने चर्चा चल्न थालेको छ ।

    वामदेवले त बारम्बार प्रयास गरेपछि आफूलाई सांसद बनाउन सफल भएका छन् । तर, वामदेवको यो यात्राका कारण प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीले आफ्नो जित ठानेका छन् कि हार ?

    यसका लागि वामदेवको यो यात्राका दुई पक्ष हेर्नु पर्ने हुन्छ ।

    झन्डै ३ वर्षअघि तत्कालीन नेकपा एमाले र माओवादी केन्द्र मिलेर बनेको नेकपामा अहिले दुई गुट निकै सक्रिय छन् । एउटा गुटलाई नेतृत्व गरेका प्रधानमन्त्री ओलीले भने अर्को गुट हो उनीविरुद्ध लागिरहेको गुट । ओलीइतर गुटलाई अहिले नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपालले नेतृत्व गरिरहेका छन् ।

    यी दुई नेतालाई नेकपा नेता झलनाथ खनालले पनि साथ दिएका छन् । नेकपा सचिवालयमा रहेका नौ सदस्यमध्ये वामदेव गौतम र गृहमन्त्रीसमेत रहेका रामबहादुर थापा बादल कतातिर ढल्किन्छिन्, त्यतैतिर बहुमत पुग्ने गरेको छ ।

    र, पछिल्लो पटक बारम्बार विवाद उत्कर्षमा पुग्दा नेकपा उपाध्यक्ष वामदेव गौतमले प्रधानमन्त्री ओलीको साथ दिन थालेका छन् । गत वैशाखमा होस् या यसपटक पहिले ओलीको राजीनामा नै माग गरेका वामदेव गौतमले अन्तिम समयमा आएर ओलीकै साथ दिइरहेका छन् ।

    अब उनलाई राष्ट्रिय सभामा जान सहज प्रस्ताव गरेर ओलीले चलाखीपूर्ण ढंगमा गौतमलाई आफ्नो पक्षमा पूर्ण रुपमा पारिसकेका छन् । यसको अर्थ हो, अब उनी नेकपामा थप बलियो भएका छन् ।

    तर, अर्कोतिर अन्तिम समयसम्म पनि प्रधानमन्त्री ओली अर्थमन्त्रीमा डा. युवराज खतिवडालाई निरन्तरता दिन चाहन्थे । यसमा उनले हार महसुस गरेको हुनुपर्छ ।रासस

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • गोलबजारमा युवतीद्वारा युवकमाथि डेरामै छुरा प्रहार, प्रेम सम्बन्धबाट उत्पन्न विवादको आशंका
  • पर्सा–३ मा रुपेश पाण्डे : उदाउँदो राजनीतिक तारा किशोरदेखि युवासमूहसम्मको रोजाइ, ज्येष्ठ नागरिकको भरोसा बटुल्दै
  • बाँकेमा अगुवा कार्यकर्ता भेटघाट कार्यक्रम सम्पन्न : मन्त्री राजकुमार गुप्ताको संगठन सुदृढीकरणमा जोड
  • अमेरिकाले फेरि विदेशी विद्यार्थीहरूलाई भिसा दिने प्रक्रिया सुरु गर्ने, तर शर्त पालना गर्नुपर्ने
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    गोलबजारमा युवतीद्वारा युवकमाथि डेरामै छुरा प्रहार, प्रेम सम्बन्धबाट उत्पन्न विवादको आशंका

    पर्सा–३ मा रुपेश पाण्डे : उदाउँदो राजनीतिक तारा किशोरदेखि युवासमूहसम्मको रोजाइ, ज्येष्ठ नागरिकको भरोसा बटुल्दै

    बाँकेमा अगुवा कार्यकर्ता भेटघाट कार्यक्रम सम्पन्न : मन्त्री राजकुमार गुप्ताको संगठन सुदृढीकरणमा जोड

    अमेरिकाले फेरि विदेशी विद्यार्थीहरूलाई भिसा दिने प्रक्रिया सुरु गर्ने, तर शर्त पालना गर्नुपर्ने

    इरानको सरकारी टिभी ह्याक

    इरानमाथि आक्रमण गर्न अमेरिकी सेनालाई राष्ट्रपति ट्रम्पको स्वीकृति

    लागूऔषधसहित पोखराबाट चार जना पक्राउ

    राष्ट्रिय प्रजातन्त्र पार्टीले गर्‍यो संसद वहिष्कार

    सांसद थापाले च्याते संसदभित्रै बजेट पुस्तिका

    सुरक्षित तथा पर्याप्त खानेपानी पुर्‍याउन सरकार प्रतिबद्ध छ : मन्त्री यादव

    गोलबजारमा युवतीद्वारा युवकमाथि डेरामै छुरा प्रहार, प्रेम सम्बन्धबाट उत्पन्न विवादको आशंका

    पर्सा–३ मा रुपेश पाण्डे : उदाउँदो राजनीतिक तारा किशोरदेखि युवासमूहसम्मको रोजाइ, ज्येष्ठ नागरिकको भरोसा बटुल्दै

    बाँकेमा अगुवा कार्यकर्ता भेटघाट कार्यक्रम सम्पन्न : मन्त्री राजकुमार गुप्ताको संगठन सुदृढीकरणमा जोड

    अमेरिकाले फेरि विदेशी विद्यार्थीहरूलाई भिसा दिने प्रक्रिया सुरु गर्ने, तर शर्त पालना गर्नुपर्ने

    इरानको सरकारी टिभी ह्याक

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    गोलबजारमा युवतीद्वारा युवकमाथि डेरामै छुरा प्रहार, प्रेम सम्बन्धबाट उत्पन्न विवादको आशंका

    News

    पर्सा–३ मा रुपेश पाण्डे : उदाउँदो राजनीतिक तारा किशोरदेखि युवासमूहसम्मको रोजाइ, ज्येष्ठ नागरिकको भरोसा बटुल्दै

    News

    बाँकेमा अगुवा कार्यकर्ता भेटघाट कार्यक्रम सम्पन्न : मन्त्री राजकुमार गुप्ताको संगठन सुदृढीकरणमा जोड

    News

    अमेरिकाले फेरि विदेशी विद्यार्थीहरूलाई भिसा दिने प्रक्रिया सुरु गर्ने, तर शर्त पालना गर्नुपर्ने

    News

    इरानको सरकारी टिभी ह्याक

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑