विरगंज । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठकले उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभामा मनोनित गर्न सिफारिस गर्ने निर्णय गरेको छ ।
साथै बैठकमा कार्यदलले बुझाएको प्रतिवेदनमा छलफल गरी ठोस कार्ययोजना बनाई प्रस्ताव प्रस्तुत गरिने निर्णय भएको पार्टीको प्रचार विभागका सहसंयोजकसमेत रहेका थापाले बताए ।
राष्ट्रिय सभामा राष्ट्रपतिले मनोनित गर्ने तीन मध्ये एक पद रिक्त छ । गत फागुनमा अर्थमन्त्री युवराज खतिवडाको दुई वर्षे कार्यकाल सकिएपछि उक्त पद रिक्त भएको थियो । खतिवडालाई अर्थमन्त्रीमा पुनः नियुक्ति गरिए पनि राष्ट्रिय सभामा उनलाई पुनः नियुक्ति गरिएको थिएन ।