विरगंज । प्रमुख जिल्ला अधिकारी श्री अस्मान तामाङज्यूको अध्यक्षतामा मिति २०७७-०५-१८ गते बसेको जिल्ला
सुरक्षा समितिको बैठकमा भएका निर्णयहरु एस प्रकार छ।
१. वीरगंज महानगरपालिका क्षेत्रभित्र निरन्तर रहेको निषेधाज्ञालाई २०७७ भाद्र २५ गते राति १२:००
बजे सम्म निरन्तरता दिईएको छ ।
२। बजार तथा पसल खोल्ने सम्बन्धी गरिएको व्यवस्था :
क) सोमबार, बुधवार र शुक्रबार बजारमा रहेका पसलहरुमध्ये पूर्वतर्फ र दक्षिणतर्फ फर्केका
पसलहरु मात्र खोल्न पाईनेछ ।
ख) आईतबार, मंगलबार र विहिबार बजारमा रहेका पसहरुमध्ये पश्चिमतर्फ र उत्तरतर्फ फर्केका
पसलहरु मात्र खोल्न पाईनेछ ।
ग) तरकारी तथा फलफुलको हकमा रेल्वे रोडमा घण्टाघर चोक देखी २०० मिटर स्कुल देखी
दक्षिण तर्फ एक तर्फी रुपमा मात्र पसलहरु राख्ने । दुई पसल वीचको दुरी न्युनतम १५
फिट राख्ने । उक्त सडक खण्डमा तोकिएको अवधि भरी कुनै पनि मालवाहक यात्रुवाहक
सवारी साधन सञ्चालन गर्न पाइने छैन ।
घ) यस्ता पसलहरु शनिवार पूर्णरुपले बन्द रहनेछ ।
ङ) तोकिएको समय र स्थान वाहेक अन्य समय वा स्थानमा कुनै पनि प्रकारले पसल खोलेको,
सामान बेचेको वा भिडभाड गरेको पाइएमा तत्काल कानुन बमोजिम कारबाही गरिनेछ ।
ब) आ- आफ्नो पसलमा आउने ग्राहकहरुलाई सामाजिक दुरी कायम गर्ने, भिडभाड नियन्त्रण
गर्ने सम्पूर्ण जिम्मेवारी सम्बन्धित व्यवसायीको हुने । स्वास्थ्य तथा सुरक्षाको मापदण्ड
उल्लंघन भएको पाइएमा सम्बन्धित व्यवसायीलाई कारवाही गरिनेछ ।
छ) पसलहरु दिउँसो ११:०० बजे देखि ४:०० बजे सम्म र तरकारी तथा फलफुल पसल
विहान ५:०० देखी ८:०० बजे सम्म मात्र सञ्चालन गर्नुपर्नछ ।
३ देहाय बमोजिमका सेवा र कार्यहरु हाललाई सञ्चालन गर्न पाईनेछैन :
क) जिल्ला भित्र सबै प्रकारका निजी तथा सार्वजानिक यात्रुवाहक सवारी साधनहरु सञ्चालन गर्न।
ख) कुनै पनि मेला, महोत्सव, जात्रा सञ्चालन गर्न, मानिसहरु भेला जम्मा हुन, भिडभाड गर्न, सभा
जुलुस गर्न, चार जना भन्दा बढी व्यक्तिहरु एक ठाउँमा जम्मा हुन ।
ग) परमपरागत रुपमा भई आएको दैनिक रुपमा आन्तरिक नित्य पुजा वाहेकका सम्पुर्ण धार्मिक
सांस्कृति गतिविधिहरु ।
घ) शैक्षिक संस्थाहरु, प्रशिक्षण केन्द्र, ट्युशन सेन्टर, भाषा कक्षा लगायतको गतिविधिहरु।
ङ) डिपार्टमेन्टल स्टोर, मनोरजन स्थल, शैलुन, व्युटिपार्लर, स्पा, स्वीमिङ्ग पुल, जिमखाना,
समुहमा खेलिने खेलकुद, पुस्तकालय, संग्रहालय आदि ।
च) चिया पसल, खाजाघर, होटेल, रेस्टुरा आदि
४. १२ वर्षमुनि र ६० वर्षमाथिका सर्वसाधारण तथा गम्भिर प्रकृतिको रोग लागेको र विरामिहरुलाई
यथासम्भव आ-आफ्नो घर परिसरमा बस्न र बाहिर ननिस्कन हार्दिक अनुरोध छ ।
जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ।