• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    अहिले धेरै निजी अस्पतालहरूले सहयोग गरिरहनुभएको छ : डा. गौतम

  • वीरगंज संजाल
  • १८ भाद्र २०७७, बिहीबार २०:२५
  • २२६१

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले कोरोना संक्रमण विरामीको उपचारमा अहिले धेरै निजी अस्पतालहरूले सहयोग गरिरहेको स्पष्ट पारेका छन् । बिहीबार विहान नेपाली रेडियो नेटवर्कबाट प्रसारण भएको नेपाली बहस कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले भने,‘कैयौँ निजी अस्पतालहरूमा हामीले सम्झौता गरेका छौँ । जो मान्छे सामान्य विरामी छ, उसलाई ३५००, जो अलि जटिल छ, उसलाई ७००० र जो मान्छेलाई भेन्टिलेटरमा नै राख्नुपर्नेलाई १५००० नेपाल सरकारले दिएको छ । त्यो रेटको आधारमा निजी अस्पतालहरूले काम गरिरहनुभएको छ ।’ प्रस्तुत छ डा. गौतमसँग पत्रकार धमलाले गरेको कुराकानीको सम्पादित अंश :

    अब कोरोनाको विरामी घरमै उपचार गर्ने ? तपाईहरूले उपचार गर्न सक्नुभएन ?

    कोरोनाको विरामीहरूलाई हामीले ३ तरिकाले राख्न सक्छौँ । जो मान्छे पोजिटिभ छन्, जसलाई कुनै पनि लक्षण छैन । जसको घरमा बस्ने सुविधा छ । घरमा बाथरुम छुट्टै छ, कोठा छुट्टै छ, बस्न सक्नुहुन्छ भने विरामीहरूको प्राथमिकताको आधारमा उहाँहरूलाई घरमा राखेर उपचार गर्न सकिन्छ तर समस्या परेको खण्डमा उहाँहरूलाई अस्पतालमा राखिन्छ । जो घरमा बस्न सक्नुहुन्न, उहाँहरूसँग व्यवस्था छैन, त्यस्तो अवस्थामा हामी आइसोलेसन सेन्टरमा राख्न सकिन्छ । यसमा आइसोलेसनका लागि अस्पताल पनि हुन सक्छ र कुनै सामुदायिक भवन पनि हुन सक्छ । जो मान्छेलाई लक्षण छ, उहाँहरूलाई हामी अस्पतालमा राख्छौँ । कोरोनाको औषधी छैन । कोरोनाबाट सिर्जित समस्याहरूको उपचार छ । लक्षणको मात्र उपचार गर्ने हो । रोगको उपचार अहिलेसम्म विज्ञानले पत्ता लगाएको छैन ।

    अस्पतालमा सेवा सुविधा त चाहियो नि त ?

    त्यसको लागि अस्पतालमा बस्नुपर्दैन । घरमा नै बस्दा पनि हुन्छ ।

    कोरोनाको संक्रमण भईसकेपछि केही मान्छेहरू अस्पताल बस्न चाहन्छन्, तपाईहरु के भन्नुहुन्छ ?

    त्यो हामीले व्यवस्था गरेका छौँ ।

    तपाईले सबै विरामीलाई उपचार गर्न सक्नुपर्छ । संक्रमण जसलाई भएको छ, सबै उपचार चाहन्छन् । सरकारको के छ तयारी ?

    नेपाल सरकार जनउत्तरदायी छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यसको व्यवस्था गरेको छ । लोककल्याणकारी राज्यको सिद्धान्तको आधारमा नेपाल सरकार जिम्मेवार छ र उपचार गर्छ । गरिब देश भएर पनि यत्तिका धेरै मानिसहरूको पि.सि.आर टेस्ट फ्रि अफ कस्ट गरेको छ । उपचार पनि फ्रिमा गराएको छ ।

    तर निजी अस्पतालले ब्रम्हलुट गरिरहेका छन् । तपाईहरूको ध्यान त्यता जाँदैन ?

    निजी अस्पतालमा जानुस् भनेर हामीले विरामीलाई भनेका छैनौँ । जो मान्छे आफु खुशीले निजी अस्पतालमा जान्छ, उहाँहरूलाई केही मर्का परेको होला । निजी अस्पतालले पनि जबर्जस्ती कालोबजारी, लुटको हिसाबले चार्ज लिन पाइँदैन ।

    निजी अस्पतालको भूमिका कहाँ छ ?

    अहिले धेरै निजी अस्पतालहरूले सहयोग गरिरहनुभएको छ । कैयौँ निजी अस्पतालहरूमा हामीले सम्झौता गरेका छौँ । जो मान्छे सामान्य विरामी छ, उसलाई ३५००, जो अलि जटिल छ, उसलाई ७००० र जो मान्छेलाई भेन्टिलेटरमा नै राख्नुपर्नेलाई १५००० नेपाल सरकारले दिएको छ । त्यो रेटको आधारमा निजी अस्पतालहरूले काम गरिरहनुभएको छ ।

    तपाईहरूले दिईरहेको औषधी निःशुल्क छ ?

    हामीले दिईरहेको औषधी जुन प्रकारले हामी उपचार गरिरहेका छौँ, त्यसमा उपलब्ध गराईएको छ ।

    त्यसमा पैसा लिनुभएको छैन ?

    पैसा लिएको छैन ।

    तपाईहरूले यथाशीघ्र पि.सि.आर रिपोर्ट दिनुपर्छ नि त । त्यो तपाईहरूको दायित्व हो नि त ।

    गरिरहेको छ । हामीले हिजो मात्र १२,८०० जनाको रिपोर्ट दिएका थियौँ । यसरी हामीले दिईरहेका छौँ, गरिरहेका छौँ । नेपालले पि.सि.आरको सन्दर्भमा धेरै राम्रोसँग जाँच गरिरहेको छ । दिल्लीको कुरा गर्नुहुन्छ भने ३ करोडको जनसंख्या छ, झण्डै ४००० जनाको मात्र पि.सि.आर टेस्ट हुन्छ । नेपालमा पनि झण्डै ३ करोड जनसंख्या छ, १२००० जनाको टेस्ट हुन्छ ।

    प्रधानमन्त्रीले नेपाली बहसमा भन्नुभएको छ, २३००० परीक्षण भएको छ भनेर ? 

     

    राम्रोसँग भएको छ ।

    प्रधानमन्त्रीको सही हो तर्क ? २३००० प्रत्येक दिन भएको छ, परीक्षण ?

    हामीसँग २३००० टेस्ट गर्ने क्षमता छ । जुन दिनमा नमुना हामीले त्यति संकलन गर्नुपर्ने हुन्छ, त्यो दिनमा २३००० नै हुन्छ ।

    प्रधानमन्त्री ओलीले कोरोना जित्नको लागि बेसार पानी खानुस् भन्नुभयो मेरो कार्यक्रममा ?

    उहाँले भन्नुभएको छ । उहाँको अनुभवको आधारमा भन्नुभएको होला । बेसार ठिक गर्छ भन्ने खालको अहिलेसम्म अध्ययन भएको छैन । त्यो कुरा हामी हेरेर भन्न सक्छौँ ।

    स्वास्थ्य मन्त्रालय सुतेर बस्यो भनेर धेरैले भनेका छन् नि ?

    स्वास्थ्य मन्त्रालय बहुत क्रियाशील छ । स्वास्थ्य मन्त्रालयले अहिले दिनमा १२ देखि १३००० सम्म टेस्ट गरिरहेको छ । देशभरि विरामीहरूको उपचार गरिरहेको छ । कार्यविधि र रेगुलेशनहरू सबै बनाएको छ । यो रोग भनेको नयाँ रोग हो । यस्तो नयाँ रोगको लागि पनि नेपाल जस्तो गरिब राज्यले पनि यत्ति धेरै मेहनतका साथ काम गरिरहेको छ । यसलाई इतिहासले मूल्याकंन गर्नेछ ।

    औषधीहरू धमाधम आईरहेका छन् । विश्वमा भ्याक्सिनको परीक्षण भईरहेको छ नि ? 

    भ्याक्सिनको प्रयोग भईरहेको छ तर कुनै पनि भ्याक्सिन फाइनल भएको छैन ।

    https://www.reportersnepal.com

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न
  • बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला
  • नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश
  • वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल

    लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना

    क्यानडामा कपिल शर्माको क्याफेमा गोली प्रहार, प्रहरीले के भन्यो?

    ट्रम्पको जन्मसिद्ध नागरिकता खारेज गर्ने आदेशमा संघीय अदालतको रोक

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    News

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    News

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    News

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    News

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑