वीरगंज | बिहीबार ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ। योसँगै नेपालमा कोरोना संक्रमित मृतकको संख्या २ सय ५७ पुगेको छ।
५ वटा जिल्लाका ४ महिला र २ पुरुष गरी ६ कोरोना संक्रमितको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। रुपन्देहीमा मात्र दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ।
रुपन्देहीमा ७७ वर्षीया महिला र ६५ वर्षीय पुरुषको मृत्यु भएको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बताए। चितवनमा ४०, भक्तपुरमा ४०, तनहुँमा ९२ वर्षीया महिला र सिन्धुपाल्चोकमा ७७ वर्षीय पुरुषको मृत्यु भएको मन्त्रालयले जनाएको छ।
नेपालमा कोरोना संक्रमितको मृत्युदुर शून्य दशमलव ६ प्रतिशत रहेको प्रवक्ता गौतमले जानकारी दिए।