• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • विश्व
    • बिशेष
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • प्रदेश
        • प्रदेश नं.१
        • मधेश
        • बागमती
        • गण्डकी
        • लुम्बिनी
        • कर्णाली
        • सुदूरपश्चिम
    • दैनिक पत्रिका
    होमपेज / Breaking News

    दलितमाथि भएको घटनाहरुको छानविन गर्न आन्तरिक मामिला मन्त्रीको संयोकत्वमा समिति गठन

  • वीरगंज संजाल
  • १८ भाद्र २०७७, बिहीबार ०७:४५
  • ३५२९

    विरगंंज । दलितहरुमाथिको भेदभाव अन्त्यका लागि प्रदेश सभाले पारित गरेको दलित सशक्ति ऐन अनुसारको कार्य प्रदेश सरकारले प्रारम्भ गरेको छ ।

    ऐनले व्यवस्था गरे बमोजिम मुख्यमन्त्री लालबाबु राउतको अध्यक्षतामा रहेको जातीय विभेद तथा छुवाछुत अनुगमन समितिको ऐतिहासिक पहिलो बैठक बुधबार मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा सम्पन्न भएको छ ।

    पछिल्लो समयमा विभिन्न घटनामा निधन भएका १३ जना दलितहरु प्रति श्रद्धाञ्जली अर्पण गर्दै बैठकको शुभारम्भ गरिएको थियो ।

    पछिल्लो समयमा प्रदेश २ मा एक पछि अर्को दलित सम्बन्धी घटनाहरु भएको अवस्थामा सम्पन्न उक्त बैठकले पछिल्ला घटनाहरु बारे छानविन गरि समितिमा प्रतिवेदन पेश गर्न आन्तरिक मामिला मन्त्रीको संयोजकत्वमा ५ सदस्यीय समिति गठन गरेको

    छ ।रौतटह लगायतको घटनाहरु बारे छानविन गर्न १५ दिन समयसीमा दिइएको उक्त समितिमा प्रमुख प्रतिपक्षीदल नेकपाका सचेतक एवं अनुगमन समितिका सदस्य समेत रहेका सुन्दर विश्वकर्मा, प्रदेश सभा सदस्य सुनिता देवी मोची, प्रमिला देवी दास र प्रदेश प्रहरीका प्रमुख सदस्य सचिव रहेका छन् ।

    त्यसैगरी बैठकले लकडाउनमा खाना नपाएर मृत्यु भएका सप्तरीका मलर सदा र विराटनगरमा उपचारको रकम तिर्न नसकी अस्पतालमा बन्धक बनेका भुटाई सदाको परिवारलाई १ लाख ५० हजारको दरले आर्थिक सहयोगका लागि प्रदेश सरकारमा सिफारिस गर्ने निर्णय समेत गरेको छ । साथै रौतहटमा हत्या भएका निरंजन राम र मित्रा देवी बैठाको परिवारलाई समेत आर्थिक सहयोग उपलब्ध गराउने निर्णय गरेको छ ।

    बैठकले दलित सशक्ति ऐन परिकल्पना गरे अनुरुपमा कार्यहरुको प्रभावकारी कार्यान्वयनका लागि समेत प्रदेश सरकारलाई आग्रह गरेको छ ।

    मुख्यमन्त्री राउतको अध्यक्षतामा रहेको अनुगमन समितिमा आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्र कुमार यादव, सामाजिक विकास मन्त्री नवल किशोर साह, प्रदेश सभामा प्रतिनिधित्व गर्ने दलित सदस्यहरु सुन्दर विश्वकर्मा, चमेली देवी दास, प्रमिला देवी दास, फुलिया देवी सदाय, रविन्द्र बैठा, सुनिता देवी मोची, श्यामपरि देवी राम, मुख्यन्यायधिवक्ता दिपेन्द्र झा, र मुख्यमन्त्री तथा मन्त्री परिषद कार्यालयका उपसचिव रुपेश साह सदस्य सचिव रहनु भएको छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • पोखरिया ९ मा मधेशको पहिचान बोकेको ‘माटो पार्कको डॉ सि के राउत द्वारा शिलन्यास सम्पन्न
  • सहकारी सशक्तीकरणका लागि १ दिने कार्यशाला सम्पन्न : नियम, पुँजी र कार्यान्वयनबारे ७० जनाको सहभागिता
  • परिवर्तन फाउन्डेशन र राकेश मितवाको संकल्प, घर पाएपछि किसानको अनुहारमा मुस्कान
  • गीत बजाएको आरोपमा १४ जना पक्राउ
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    पोखरिया ९ मा मधेशको पहिचान बोकेको ‘माटो पार्कको डॉ सि के राउत द्वारा शिलन्यास सम्पन्न

    सहकारी सशक्तीकरणका लागि १ दिने कार्यशाला सम्पन्न : नियम, पुँजी र कार्यान्वयनबारे ७० जनाको सहभागिता

    परिवर्तन फाउन्डेशन र राकेश मितवाको संकल्प, घर पाएपछि किसानको अनुहारमा मुस्कान

    गीत बजाएको आरोपमा १४ जना पक्राउ

    सरकारको नीति तथा कार्यक्रम अपाङ्ग, अदुरदर्शी र अवैज्ञानिक छः माओवादी नेता बिडारी

    कर्णालीमा बेपत्ता व्यक्तिको खोजी गर्न सशस्त्र प्रहरीको गोताखोर परिचालन

    बाजुरामा बढ्दो कुपोषण, २ महिने शिशुको मृत्यु

    बेल जुस उत्पादन गर्दै सामुदायिक वन

    उपल्लो मुस्ताङको चराङ र लोमान्थाङमा राष्ट्रिय परिचयपत्र वितरण

    नेपाल–भारत सीमा क्षेत्रमा १३ हजार सशस्त्र प्रहरी परिचालन,मधेसका मदरसा र मस्जिदमा निगरानी

    पोखरिया ९ मा मधेशको पहिचान बोकेको ‘माटो पार्कको डॉ सि के राउत द्वारा शिलन्यास सम्पन्न

    सहकारी सशक्तीकरणका लागि १ दिने कार्यशाला सम्पन्न : नियम, पुँजी र कार्यान्वयनबारे ७० जनाको सहभागिता

    परिवर्तन फाउन्डेशन र राकेश मितवाको संकल्प, घर पाएपछि किसानको अनुहारमा मुस्कान

    गीत बजाएको आरोपमा १४ जना पक्राउ

    सरकारको नीति तथा कार्यक्रम अपाङ्ग, अदुरदर्शी र अवैज्ञानिक छः माओवादी नेता बिडारी

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    पोखरिया ९ मा मधेशको पहिचान बोकेको ‘माटो पार्कको डॉ सि के राउत द्वारा शिलन्यास सम्पन्न

    News

    सहकारी सशक्तीकरणका लागि १ दिने कार्यशाला सम्पन्न : नियम, पुँजी र कार्यान्वयनबारे ७० जनाको सहभागिता

    News

    परिवर्तन फाउन्डेशन र राकेश मितवाको संकल्प, घर पाएपछि किसानको अनुहारमा मुस्कान

    News

    गीत बजाएको आरोपमा १४ जना पक्राउ

    News

    सरकारको नीति तथा कार्यक्रम अपाङ्ग, अदुरदर्शी र अवैज्ञानिक छः माओवादी नेता बिडारी

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑