वीरगञ्ज । चित्रगुप्त समिति पर्साका सल्लाहकार जुगलकिशोर श्रीवास्तवले नारायणी विशेष कोभिड अस्पताल गण्डकमा पानी, बिस्कुट र फलफूल सहयोग गरेका छन् ।
अस्पतालमा भर्ना भएका कोरोना सङ्क्रिमहरूका लागि १२ सय बोतल किन्ले पानी, दुई सय थान बिस्कुट र २५ किलो स्याउ नारायणी अस्पताल विकास समितिका अध्यक्ष पुरेन्द्रकिशोर लाभलाई श्रीवास्तवले हस्तान्तरण गरेका थिए ।
सो अवसरमा नारायणी अस्पतालका चिकित्सक डा. वीरेन्द्र प्रधानलगायतको सहभागिता थियो ।