विरगंज । सरकारले कोरोना भाइरसको संक्रमण ५ सयभन्दा बढी भएका जिल्लामा निषेधाज्ञा र २ सयभन्दा बढी संक्रमित भएका जिल्लामा बन्दाबन्दी गर्न निर्देशन दिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलन मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले कोभिड- १९ को संक्रमणलाई रोक्नका लागि ५ सयभन्दा बढी सङ्क्रमित भएका जिल्लामा निषेधाज्ञा र २ सयभन्दा बढी संक्रमण भएका जिल्लामा बन्दाबन्दी गर्न सबै जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिइसकेको बताए ।
उनले कोभिड- १९ को खोप विश्वमा बनेर परीक्षणको क्रममा रहेको भन्दै खोपको सफल परीक्षणपश्चात नेपालमा समेत ल्याइने जानकारी दिए । यस्तै, मन्त्रालयले सोह्र श्राद्ध भर्चुअल विधिबाट गर्नसमेत आग्रह गरेको छ । कोरोना भाइरसको संक्रमण विगत २४ घण्टामा १ हजार १२० जनामा देखिएको छ ।
अहिलेसम्म नेपालमा ४१ हजार ६४९ जना कोभिड–१९ को संक्रमण देखिएको छ । आजै १ हजार ११२ जना निको भएका छन् । अहिलेसम्म २३ हजार २९० जना निको भएर घर फर्किएका छन् । यो ५६ प्रतिशत हो