वीरगञ्ज । रौतहटमा पुजारीको हत्यामा संलग्न २ जनालाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ । गएको साउन ३ गते माधव नारायण नगरपालिका–३ खेसरहिया टोलस्थित हनुमान मन्दिरका पुजारी ६५ वर्षीय श्रीराम शाहको हत्या आरोपमा प्रदेश २ प्रहरीले दुईजनालाई बुधबार सार्वजनिक गरको हो ।
प्रदेश प्रहरी कार्यालय जनकपुर र जिल्ला प्रहरी कार्यालय रौतहटबाट खटिएको विशेष प्रहरी टोलीले बौधिमाई नगरपालिका ७ वडकी बंकुल एरियाबाट बुधबार बिहान १० बजे दुबैजनालाई पक्राउ गरेको प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक अंशुकुमार सिंहले जानकारी दिए ।
अनुसन्धानबाट रामनरेशका बुवाले पुजारीसँग रकम ब्याजमा लिएको र रकम तिर्ने क्रममा विवाद भएको खुलेको छ । मृतक पुजारीको मन्दिर नजिक ३ वटा रक्सी पसल रहेको र रक्सी सेवन पश्चात मन्दिरको धारामा आई खुट्टा धुने, पानी खाने र घटना हुनु भन्दा ३ दिन अघि रामनरेश पटेल र पुजारीबिच बिवाद भएको पनि खुलेको प्रहरी नायव उपरीक्षक सिंहले बताए ।