• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    जीवाणु (ब्याक्टेरिया) के हो ?

  • वीरगंज संजाल
  • १८ भाद्र २०७७, बिहीबार ०४:३२
  • ९६२९

    अठाह्रौं शताब्दीको पूर्वाद्र्धसम्ममा सूक्ष्म जीवाणुको बारेमा कुनै किसिमको जानकारी थिएन । तर हाल आएर यस्ता सूक्ष्म जीवाणुहरु पत्ता लगाइएका मात्र नभई यिनीहरुबाट हुने फलदायी र हानिकारक क्रियाकलापहरुबारे जनकारीका साथै विभिन्न किसिमका अनुसन्धान कार्य क्रमिकरुपमा अगाडि बढिरहेको छ ।

    आज हामी एक्काइसौं शताब्दीमा प्रवेश गरिसक्दा पनि जीवाणुको नाम सुन्दा झसङ्ग हुनुपर्ने अवस्था बाँकी रहेको छ । तर सबै जीवाणुहरु हानिकारक हुन्छन् भन्न चाहिँ सकिँदैन । सर्वप्रथम रवर्ट कोक भन्ने वैज्ञानिकले सन् १८८० मा क्षयरोग लगाउने र एन्थ्राक्स लगाउने जीवाणु पत्ता लगाएका थिए ।

    त्यसैले उनलाई जीवाणु विज्ञानका पिता पनि भनिन्छ । यहाँबाट जीवाणु पत्ता लगाउने क्रम जारी रहँदै जाँदा आज आएर जीवाणुहरु कति किसिमका छन् भनेर गन्न र भन्न पनि मुश्किल पर्ला जस्तो भईसकेको छ । जीवाणुहरु आँखाले देख्न नसकिने सूक्ष्म एककोषीय जीव हुन् ।  यिनीहरुको कोष एउटै र अति सरल हुने भएकोले शरीरले सम्पूर्ण प्रकृया जस्तै :: श्वासप्रश्वास वृद्धि, दहनक्रिया आदि एउटै कोषभित्र सम्पन्न हुन्छन् ।

    यिनीहरुमा बनस्पति कोषमा पाइने क्लोरोफिल भन्ने खाना निर्माणको निम्ति चाहिने तत्व हुँदैन । त्यसैले यिनीहरु मृत जीवमा आश्रित हुने वा अन्य जीवमाथि निर्भर हुने हुन्छन् । मृत जीवमा आश्रित जीवाणुले मानव शरीरलाई फाइदा हुने कार्य गर्दछ । तर तिनीहरु मानिसको निम्ति हानिकारक हुँदैनन् ।

    सजीवमा आश्रित जीवाणुहरु हानिकारक हुने गर्दछन् । तिनीहरुले प्राणीहरुमा विभिन्न रोग उत्पन्न गराई दुःख दिने गर्छन् । जीवाणुहरु प्रतिकूल वातावरणमा पनि बाँच्न सक्ने भएकोले प्रायःजसो तिनीहरु हावा, पानी, माटो तथा हाम्रो शरीरको छालाबाहिर पनि पाइन्छन् ।

    जीवाणुहरु साह्रै सूक्ष्म हुने भएकाले यिनीहरुलाई माइक्रोमिटर इकाईमा नापिन्छ । प्रायःजसो मानिसलाई हानी गर्ने जीवाणुको नाप करिब ०.५ देखि ६ माइक्रोमिटरसम्म हुन्छ । यसरी हानिकारक जीवाणुहरुमा क्षयरोगको जीवाणु माइक्रोव्याक्टेरियम ट्यूवरकुलोसिस, धनुष्टंकारको जीवाणु– ल्याक्ट्रीडियम टिटानी, लहरेखोकीको जीवाणु– बोरडेटेला पर्ट्युसिस, टाइफाइडको जीवाणु– साल्मोनेला, हैजाको जीवाणु – भिब्रियो कलेरा, भ्यागुतेरोगको जीवाणु– कोर्नेब्याक्टेरियम डिप्थेरिया आदि पर्दछन् ।

    तर सबै जीवाणुहरु हानिकारक हुँदैनन् । जस्तै :: दही बनाउन ल्याक्टोबेसिलस, केही जातका एण्टिवायोटिक बनाउन स्पेप्ट्रोमाइसिस र राइजोवियमले बिरुवाको लागि आवश्यक नाइट्रोजन बनाउने कार्य गर्दै हामीलाई सहयोग गर्छन् । त्यस्तै गरी कोही एउटै जीवाणु हाम्रो शरीरको विभिन्न ठाउँमा बस्दै विभिन्न किसिमको कार्यमा संलग्न हुन पुग्दछ । जस्तै :: इस्चेरिचिया कोली भन्ने जीवाणु हाम्रो आन्द्रामा बस्दा हाम्रो शरीरलाई नभई नहुने तत्व भिटामिन बी–१२, भिटामिन के आदि जस्ता तत्वको उत्पादन गरिदिन्छ ।

    त्यही जीवाणु मूत्रनली वा यससँग सम्बन्धित अन्य अंगमा प्रवेश गर्दा त्यसले त्यससम्बन्धी प्रणालीलाई नै नकारात्मक असरको शिकार बनाईदिन्छ । त्यस्तैगरी त्यही जीवाणु हाम्रो पाचन–प्रणालीमा बस्दा यसका कुनै कुनै जातले रगतमासी परेको जस्तो दिशा निकाल्न पनि पछि पर्दैन । यस्ता जीवाणुहरु मानव शरीरमा विभिन्न किमिसका माध्यमहरुबाट सर्ने गर्दछन् ।

    सोझै संक्रमण: यसमा कुनै किसिमको माध्यमको आवश्यकता पर्दैन, रोग सोझै सम्पर्कबाट सर्दछ । यस्तो क्रियालाई सोझै संक्रमण भनिन्छ । जस्तै ः भिरिङ्गी, गोनोरिया आदि जस्ता रोगहरु सोझै सम्पर्कबाट सर्ने गर्दछन् ।

    अप्रत्यक्ष संक्रमणः यसमा जीवाणुहरु एक व्यक्तिबाट अर्को व्यक्तिमा सोझै पुग्दैनन् । खाना, पानी, माटो आदि माध्यमबाट जीवाणुहरु एक व्यक्तिबाट अर्कोमा सर्दै रोग लाग्ने हुन्छ । यसमा जीवाणुहरुबाट हुने रोगहरु टाइफाइड, हैजा, धनुष्टंकार आदि पर्दछन् ।

    बाहकको माध्यममबाट संक्रमण: यसमा माध्यमको रुपमा जीवित वस्तुहरु पर्दछन् । जीवित वस्तुले जीवाणुहरु बोकेर एक ठाउँबाट अर्को ठाउँमा सार्ने गर्नुका साथै जीवाणुहरु परिपक्व हुन त्यसैमा केही प्रक्रियाहरु अगाडि बढेका हुन्छन् । त्यस्तो जीवाणुबाहक जीवित वस्तुको सम्पर्कमा आउँदा त्यो रोग मानवमा सर्न पुग्दछ । जस्तै ः प्लेग रोग मुसामा र मुसाबाट मान्छेमा उपिंयाँबाट सर्ने गर्दछ ।

    यसरी जीवाणु जीवनोपयोगी तथा जीवन अनुपयोगी रुपमा खडा भएर बस्दा हाम्रो लागि जीवाणुले लिएका उपयोगमूलक योगदानलाई चटक्क बिर्सन सक्दैनौं । तैपनि अन्य जीवाणुबाट हामीले भोग्नुपरेको पीडालाई पनि हामी नकार्न सक्दैनौं । त्यसैले यस्ता जीवाणुहरुबाट आफ्नो  शरीरलाई बचाउनको लागि हामीले विभिन्न तरिकाहरु अबलम्बन गर्न पछि पर्नु हुँदैन ।

    पानीलाई उमालेर, सागसब्जीलाई पकाएर, फलफूललाई शुद्ध पानीले पखालेर र हातलाई साबुन पानी आदिबाट सफा गराएर हामीले जीवाणुबाट हाम्रो शरीरलाई बचाउनुपर्छ । यसरी हाम्रो जीवनका सामान्य व्यवहारमा परिवर्तन गर्दै गएमा हाम्रो जीवन फलदायी बन्न सक्छ ।

    –विष्णुराज तिवारी
    साभार : विज्ञान लेखमाला, रोनास्ट

    Title Photo: https://microbiologysociety

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना
  • क्यानडामा कपिल शर्माको क्याफेमा गोली प्रहार, प्रहरीले के भन्यो?
  • ट्रम्पको जन्मसिद्ध नागरिकता खारेज गर्ने आदेशमा संघीय अदालतको रोक
  • क्यानडालाई ३५ प्रतिशत भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना

    क्यानडामा कपिल शर्माको क्याफेमा गोली प्रहार, प्रहरीले के भन्यो?

    ट्रम्पको जन्मसिद्ध नागरिकता खारेज गर्ने आदेशमा संघीय अदालतको रोक

    क्यानडालाई ३५ प्रतिशत भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा

    हिन्दी फिल्म ‘उदयपुर फाइल्स’लाई नेपालमा रिलिज नगर्न मुस्लिम समुदायको आग्रह

    जनमतले सोध्यो दुई केन्द्रीय नेतालाई स्पष्टीकरण

    २० वर्ष पुगेपछि विवाह गरेर सन्तान जन्माउन प्रेरित गर्नुपर्छ : प्रधानमन्त्री

    जनसंख्या संकट रोक्न नीति सुधार र प्रोत्साहनको तयारी

    विदेश भ्रमणमा जाने नेपालीले लैजान पाउने सीमा ३ हजार डलर

    फाइनान्स कम्पनीहरूलाई निक्षेपमा लगाइएको सीमा हट्यो

    लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना

    क्यानडामा कपिल शर्माको क्याफेमा गोली प्रहार, प्रहरीले के भन्यो?

    ट्रम्पको जन्मसिद्ध नागरिकता खारेज गर्ने आदेशमा संघीय अदालतको रोक

    क्यानडालाई ३५ प्रतिशत भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा

    हिन्दी फिल्म ‘उदयपुर फाइल्स’लाई नेपालमा रिलिज नगर्न मुस्लिम समुदायको आग्रह

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना

    News

    क्यानडामा कपिल शर्माको क्याफेमा गोली प्रहार, प्रहरीले के भन्यो?

    News

    ट्रम्पको जन्मसिद्ध नागरिकता खारेज गर्ने आदेशमा संघीय अदालतको रोक

    News

    क्यानडालाई ३५ प्रतिशत भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा

    News

    हिन्दी फिल्म ‘उदयपुर फाइल्स’लाई नेपालमा रिलिज नगर्न मुस्लिम समुदायको आग्रह

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑