• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    मान्छे कसरी बढ्छ ? मान्छे बढ्न किन रोकिन्छ ?

  • वीरगंज संजाल
  • १८ भाद्र २०७७, बिहीबार ०३:३७
  • ६३२५

    शारीरिक बृद्धिसँग थायमस ग्रन्थी र यौनग्रन्थीको बीचमा अनौठो तादम्यता । जन्मँदा सानो बच्चा बढ्दै जाँदा लक्का जवान बन्छ ।  ठूलो मान्छे बन्छ । बढाइको यो क्रम नरोकिइकन बढ्दै जाने हो भने, ४०–५० वर्षको उमेरमा पुग्दा १०–१२ फिटको हुने हुन्छ ! तर त्यसो हुँदैन । करीब २०–२२ वर्षको उमेर आइपुगेपछि मान्छेको बढ्ने क्रम रोकिन जान्छ । आखिर यस्तो किन हुन्छ ?

    मान्छे कसरी बढ्छ?

    प्रत्येक जीवित कुराहरु बढ्ने गर्छ । प्रत्येक जीवित वस्तु आफ्नो आकार प्रकार र बनावट अनि उनीहरुले गर्ने क्रियाकलापको आधारमा बढ्ने गर्छ ।

    जीवित वस्तुहरुको बढ्ने कुरामा आनुवंशिकताको ठूलो भूमिका रहेको हुन्छ । यसअनुसार, मानवसहित प्रत्येक प्राणी, वनस्पति तथा अन्य जैविक पदार्थहरुको बढ्ने आफ्नै समयावधिहरु हुन्छन् । तीमध्ये, भ्रूण, भरखरै जन्मेको अवस्था, बाल्यकाल, युवाकाल, वयस्ककाल र बृद्धकालहरु पर्दछन् ।

    फेरि बढ्ने यो क्रम पनि भिन्नाभिन्नै प्राणी एवं जीवित वस्तुहरुमा भिन्नाभिन्नै हुने गर्छ । उदाहरणको लागि, केही जातिका चराहरु जन्मनेबित्तिकै उड्न सक्ने हुन्छ । गिनीपिग नाम गरेको प्राणी जन्मेको तीन दिनमै आफ्नो हेरचाह आफैं गर्न सक्षम हुन्छ । तर मान्छेमा तुरुन्तै त्यस्तो हुँदैन । मान्छेले आफैं चलखेल गर्न तथा आफ्नो हेरचाह आफैं गर्न निश्चित समय लाग्ने हुन्छ ।

    भरखरै जन्मेको बच्चामा एउटा मान्छेमा हुनुपर्ने मस्तिष्क, मेरुदण्ड लगायत शरीरमा हुने सम्पूर्ण स्नायुतन्त्रहरु हुने गर्छन् । शरीरका अन्य अंगहरुको बृद्धिका साथसाथै यी स्नायुतन्त्रहरुमा पनि हुने बृद्धिले मान्छेलाई आफ्नो गतिविधिहरु नियन्त्रण गर्न, सिक्न र आफ्ना समाजका अन्य मान्छेहरुजस्तै व्यवहार गर्न सक्षम बनाउँछ ।

    फेरि प्रत्येक मान्छेको बृद्धि एकै किसिमले हुने गर्छ । तर बढाइको यो क्रम र शैली केटा र केटीमा चाहिँ अलि भिन्नता हुन्छ ।

    Baby vector created by macrovector – www.freepik.com

    मान्छे बढ्दा उचाइमात्र हैन, चौडाइतिर पनि बढ्ने हुन्छ । शुरुमा मान्छेको उचाइ केही समय बढ्छ, त्यसपछि चौडाइ । यो क्रम जारी रहन्छ । धेरै मान्छेहरुमा करीब ११ देखि १२ वर्षको उमेरमा चौडाइ बढी बढ्ने हुन्छ । यस अवस्थामा मान्छे केही मोटो तथा भ्यात्ले पनि देखिन्छ । तर त्यसपछि पुनः शरीरको उचाइ बढ्न थाल्छ र त्यो भ्यात्लेपन हराएर जान्छ ।


    जन्मेको शुरुका हप्ताहरुमा मान्छेको शारीरिक बृद्धिदर अन्य समयहरुको तुलनामा अति तीब्र रुपमा भइरहेको हुन्छ । जन्मेको पहिलो वर्षसम्ममा आइपुग्दा त्यो तीब्रतामा कमी आइसकेको हुन्छ । त्यसो त बाल्यकालभरिनै मान्छेमा बढ्ने क्रम ठीक्क दरमा जारी रहेको हुन्छ । त्यसपछि फेरि बढ्नेक्रममा तीब्रता आउन थाल्छ ।

    जब केटी मान्छे ११ देखि १३ वर्षको उमेरमा आइपुगेको हुन्छ, त्यसबेला उनीहरुको शारीरिक बृद्धिमा अति तीब्रता आउँछ । त्यसैगरी, केटाहरुमा चाहिँ १२ देखि १४ वर्षको उमेरमा यो तीब्रता आउँछ । बढाइको एउटा निश्चित सीमासम्म शारीरिक बृद्धिको यो क्रम अति तीब्र रुपमा चल्छ । र, त्यसपछि फेरि यो तीब्रतामा  विस्तारै कमी आउँदै जान्छ तर शरीर बढ्ने क्रम चाहिँ जारी रहन्छ । एउटा निश्चित सीमासम्म नपुगेसम्म शारीरिक बृद्धिको यो क्रम जारी रहन्छ ।

    मान्छे बढ्दा उचाइमात्र हैन, चौडाइतिर पनि बढ्ने हुन्छ । शुरुमा मान्छेको उचाइ केही समय बढ्छ, त्यसपछि चौडाइ । यो क्रम जारी रहन्छ । धेरै मान्छेहरुमा करीब ११ देखि १२ वर्षको उमेरमा चौडाइ बढी बढ्ने हुन्छ । यस अवस्थामा मान्छे केही मोटो तथा भ्यात्ले पनि देखिन्छ । तर त्यसपछि पुनः शरीरको उचाइ बढ्न थाल्छ र त्यो भ्यात्लेपन हराएर जान्छ ।

    त्यसो त मान्छेमा आमाको गर्भमा छँदा अर्थात् भ्रूण अवस्थादेखि नै बृद्धिको प्रक्रिया चलिरहेको हुन्छ । बृद्धिको यो प्रक्रियाबाट नै मान्छेको आकार र उचाइ  बढ्ने हैन, उसले वयस्कता पनि प्राप्त गर्दछ । मान्छेको शारीरिक बृद्धि र वयस्कताको बृद्धि उसको शरीर बृद्धि गराउने विभिन्न हरमोनहरु उत्पादन गर्ने आन्तरिक प्रणालीमा मात्र हैन, उसको खानपिन तथा उसले प्राप्त गर्ने भिटामीन एवं पोषण तत्वहरुमा पनि निर्भर गर्दछ ।

    मानव बृद्धिको प्राथमिक चरण भनेको भ्रूणावस्था हो । डिम्ब र शुक्रकीटको मिलनबाट हुने विकासको क्रममा भ्रूण बढ्दै गएर ४५ ग्राम देखि ३५०० ग्राम सम्मको हुन सक्छ । यस चरणमा भ्रूणको बृद्धि इन्सुलिन र थाइरोक्सिन (Thyroxine) नामक हरमोनहरुमा आश्रित रहेको हुन्छ ।

    बच्चा जन्मेपछि शारीरिक बृद्धिको प्रक्रिया अझ तीब्र हुन थाल्छ । यस अवस्थामा मान्छेको टाउकोको तुलनामा उसको शरीरका हिस्साहरु अति तीब्र गतिमा बढ्छ । यसो हुनुको खास कारण चाहिँ मानव मस्तिष्कका अधिकांश भागहरु बच्चा जन्मनुभन्दा पहिले नै आमाको गर्भभित्रै विकास भइसकेको हुन्छ । तर मान्छे जन्मेपछि पनि मस्तिष्कका कोषहरु परिपक्व रुपमा विकास भइसकेको हुँदैन । त्यसले जन्मपछि पनि मस्तिष्कका कोषहरुको   विकास भइरहेको हुन्छ, जसको गति थाइरोक्सिन हर्मोनमा निर्भर गर्दछ । त्यसैगरी, मस्तिष्कको अलावा जन्मनुअगावै विकास भइसकेको शरीरका मुटु, कलेजो, फोक्सो, प्रतिरक्षा प्रणाली, प्रजनन प्रणाली लगायतका अन्य महत्वपूर्ण अंगहरुको पनि विकास हुने तथा परिपक्व बन्ने कार्य जारी रहेको हुन्छ ।

    देखिने गरी करीब १५ वर्षको उमेरसम्म हाम्रो शरीरको आकार तीब्र गतिमा बढिरहेको हुन्छ । यसो हुनुको कारण चाहिँ शरीर बृद्धि गराउने हर्मोनहरुको अधिक कृयाशीलता नै हो । यस अवस्थामा विशेष गरी हाम्रो शरीरको हड्डी विकास हुने एवं बलियो हुने प्रक्रिया चल्छ । यो क्रम करीब २५ वर्षको उमेरसम्म जारी रहन्छ । त्यसबाहेक, कलेजो तथा हड्डी जस्ता कतिपय अंगहरु त जीवनपर्यन्त, चोटपटक लाग्दा वा अन्य त्यस्तै अवस्थामा पुनःनिर्माण हुने वा बढ्ने कार्य जारी रहन सक्छ ।

    हामी बढ्न चाहिँ किन रोकिन्छ?

    निश्चित समयावधिपछि अर्थात् करीब २०–२२ वर्षको उमेर पुगेपछि सुस्त हुँदै गएर करिब २५ वर्षको उमेर पुग्दा हाम्रो शारीरिक बृद्धिदर ठप्पै रोकिन्छ । जन्मँदा ५०–६० सेन्टिमिटरको हुने बच्चा बढेर १.७ मिटरसम्मको हुन्छ । त्यसपछि चाहिँ बढ्दैन । यस्तो किन हुन्छ ? मान्छे बढ्ने र शरीर ठूलो हुने क्रम किन र कसरी रोकिन्छ ?


    मान्छेको शरीरको यो बृद्धिक्रमलाई इन्डोक्राइन (Endocrine)  नाम गरेको ग्रन्थीहरुको समूहले नियन्त्रण गरिरहेको हुन्छ । यी इन्डोक्राइन ग्रन्थीहरुमा, घाँटीनेर हुने थायरोइड (Thyroid), मस्तिष्कमा हुने पिट्यूटरी (Pituitary) ,  छातीमा हुने थायमस (Thymus) र यौनग्रन्थीहरु (Sex glands) पर्दछन् । यीमध्ये पिट्यूटरी ग्रन्थीले हाम्रो शरीरको हाडको बृद्धिलाई नियन्त्रण गरिरहेको हुन्छ । यो ग्रन्थी बढी नै क्रियाशील भयो भने, हाम्रा हात खुट्टाहरु अति नै लामा र ठूला हुन्छन् । त्यसको विपरीत यो ग्रन्थी आवश्यक रुपमा सक्रिय भएन भने, हाम्रा हाडहरुको राम्ररी विकास हुन पाउँदैन ।


    मान्छेको शरीरको यो बृद्धिक्रमलाई इन्डोक्राइन (Endocrine)  नाम गरेको ग्रन्थीहरुको समूहले नियन्त्रण गरिरहेको हुन्छ । यी इन्डोक्राइन ग्रन्थीहरुमा, घाँटीनेर हुने थायरोइड (Thyroid), मस्तिष्कमा हुने पिट्यूटरी (Pituitary) ,  छातीमा हुने थायमस (Thymus) र यौनग्रन्थीहरु (Sex glands) पर्दछन् । यीमध्ये पिट्यूटरी ग्रन्थीले हाम्रो शरीरको हाडको बृद्धिलाई नियन्त्रण गरिरहेको हुन्छ । यो ग्रन्थी बढी नै क्रियाशील भयो भने, हाम्रा हात खुट्टाहरु अति नै लामा र ठूला हुन्छन् । त्यसको विपरीत यो ग्रन्थी आवश्यक रुपमा सक्रिय भएन भने, हाम्रा हाडहरुको राम्ररी विकास हुन पाउँदैन । बच्चा जन्मँदा उसको थायमस ग्रन्थी ठूलो रहेको हुन्छ । बच्चाको शारीरिक बृद्धिसँग यो ग्रन्थीमा पनि बृद्धि हुँदै जान्छ । तर जब बच्चा १३–१४ वर्षको उमेरमा पुग्छ, अनि चाहिँ यो थायमस ग्रन्थी खुम्चिन थाल्छ । वास्तवमा, थायमस ग्रन्थी र यौनग्रन्थीको बीचमा अनौठो तादम्यता रहेको हुन्छ, जबसम्म शरीरमा थायमस ग्रन्थीमा बृद्धि हुन्छ, मान्छेको यौनग्रन्थी सानो रहन्छ । तर जसै यौनग्रन्थी बढ्न थाल्छ, थायमस ग्रन्थीको क्रियाशीलता घट्न थाल्छ र एउटा निश्चित सीमामा आइपुगेपछि त्यसले काम गर्न छाड्छ । यसरी यौनग्रन्थी क्रियाशील हुन थालेपछि र यौनजन्य रुपमा मान्छे परिपक्व भएपछि अर्थात् करीब २२ वर्षको उमेर भएपछि मान्छे बढ्ने क्रममा अति सुस्तता आउनुको खास कारण पनि थायमस ग्रन्थीको क्रियाशीलता रोकिनु नै हो ।

    कुनै पनि कारण ग्रन्थीहरुबीचको यो सन्तुलन खलबलिँदा हाम्रो शारीरिक बृद्धिको प्रक्रिया पनि खलबलिन पुग्छ । कुनै कुनै मान्छेमा सानै उमेरमा यौनग्रन्थी बढी क्रियाशील हुन जान्छ र उसको थायमस ग्रन्थीको क्रियाकलापमा समयभन्दा पहिले नै शिथिलता आउन थाल्छ । यसले गर्दा मान्छे आफ्नो औसत उचाइभन्दा निकै पुड्को हुन जान्छ । हाम्रा खुट्टाहरु पछिल्ला चरणमा मात्र बढ्ने तर शरीरका अन्य अंगहरुभन्दा बढी बढ्ने हुन्छ । तर शरीर बृद्धिको क्रममा आउने उपरोक्त गडबडीले खुट्टाहरु पनि छोटो हुन जान्छ र मान्छे पुड्को हुन जान्छ ।


    बच्चा जन्मँदा उसको थायमस ग्रन्थी ठूलो रहेको हुन्छ । बच्चाको शारीरिक बृद्धिसँग यो ग्रन्थीमा पनि बृद्धि हुँदै जान्छ । तर जब बच्चा १३–१४ वर्षको उमेरमा पुग्छ, अनि चाहिँ यो थायमस ग्रन्थी खुम्चिन थाल्छ । वास्तवमा, थायमस ग्रन्थी र यौनग्रन्थीको बीचमा अनौठो तादम्यता रहेको हुन्छ, जबसम्म शरीरमा थायमस ग्रन्थीमा बृद्धि हुन्छ, मान्छेको यौनग्रन्थी सानो रहन्छ । तर जसै यौनग्रन्थी बढ्न थाल्छ, थायमस ग्रन्थीको क्रियाशीलता घट्न थाल्छ र एउटा निश्चित सीमामा आइपुगेपछि त्यसले काम गर्न छाड्छ ।


    त्यसको विपरीत, यदि मान्छेमा यौनग्रन्थी समयभन्दा ढिलो क्रियाशील भयो भने, थायमस ग्रन्थीको क्रियाशीलता जारी रहन्छ र मान्छे बढ्ने क्रम पनि जारी रहन्छ । यस्ता मान्छेहरु औसत मान्छेहरुभन्दा अग्ला हुन जान्छन् ।

    वास्तवमा, हाम्रो शरीरको बृद्धिदर २०–२२ वर्षको उमेर पुग्दा पूरै रोकिएको हुँदैन, त्यो अति सुस्त रुपमा चलिनै रहेको हुन्छ । २०–२२ वर्षको उमेरमा आइपुग्दा शरीर बृद्धिको तीब्रता देखिने गरी ठप्प हुन्छ र तर हाम्रो शरीरको बृद्धि २५ वर्षको उमेरसम्म अलिअलि भइरहेको हुन्छ र यो क्रम घट्दो रुपमा त्यसपछि ३५–४० वर्षको उमेरसम्म जारी नै रहेको हुन्छ । त्यसपछि चाहिँ प्रत्येक १० वर्षको समयावधिमा मान्छेको शरीर १२ सेन्टीमिटरको दरले खुम्चिन थाल्छ । यसो हुनुको कारण चाहिँ हाम्रा मेरुदण्ड एवं हाडका अन्य जोर्नीहरुको बीचमा हुने चिल्लो पदार्थ सुक्दै जानु नै हो ।

    Title Photo:People vector created by vectorpouch – www.freepik.com

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • वीरगन्ज महानगरपालिकामा साउन १३ गतेदेखि वर्षे विदा
  • ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित
  • अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न
  • संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    वीरगन्ज महानगरपालिकामा साउन १३ गतेदेखि वर्षे विदा

    ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    वीरगन्ज महानगरपालिकामा साउन १३ गतेदेखि वर्षे विदा

    News

    ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित

    News

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    News

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑