• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • विश्व
    • बिशेष
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • प्रदेश
        • प्रदेश नं.१
        • मधेश
        • बागमती
        • गण्डकी
        • लुम्बिनी
        • कर्णाली
        • सुदूरपश्चिम
    • दैनिक पत्रिका
    होमपेज / Breaking News

    १४ दिनमा संक्रमितलाई बिना परीक्षण घर फिर्ता गर्नु कति उचित ?

  • वीरगंज संजाल
  • १७ भाद्र २०७७, बुधबार १५:५२
  • २४०९

    विरगंज ।कोरोनाभाइरस अर्थात् ‘कोभिड–१९’ संक्रमण भएर तोकिएका अस्पतालको आइसोलेसनमा लक्षण नभएका विरामीलाई १४ दिनपछि परीक्षण बिना घर पठाउने सरकारको नीतिप्रति विज्ञहरुले प्रश्न उठाउन थालेका छन् ।पछिल्लो समय कोरोनाभाइरस संक्रमितको संख्या धमाधम बढ्न थालेसँगै अस्पतालहरूमा बिरामीको चाप पनि बढेको छ । बिरामीको चाप थाम्न नसकेपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गतको स्वास्थ्य आपतकालीन कार्यसञ्चालन केन्द्रले आइसोलेशनमा रहेका बिरामीलाई १० दिनमा दोस्रो परीक्षण गर्ने र परीक्षण रिपोर्ट पोजेटिभ आएमा थप ४ दिन आइसोलेसनमा राखेर बिना परीक्षण घर पठाउन अस्पतालहरूलाई निर्देशन दिएको हो ।

    तर कोरोनाभाइरस संक्रमण पूर्ण रुपमा निको भए वा नभएको भन्ने थाहा नपाइकन घर पठाउँदा जोखिम बढ्न सक्ने जनस्वास्थ्य विज्ञहरू बताउँछन् ।

    ‘अमेरिका, बेलायत आदि राष्ट्रले अस्पतालहरूलाई १० दिनमा बिरामीको कोरोना परीक्षण गर्ने र रिपोट पोजेटिभ आएपछि अस्पतालबाट डिस्चार्ज गर्न निर्देशन दिनु स्वाभाविक भए पनि नेपालको सन्दर्भमा यस्तो अभ्यास जोखिमपूर्ण हुन सक्छ’ जनस्वास्थ्यविद् एवं इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका पूर्वनिर्देशक डा. बाबुराम मरासिनी बताउँछन् ।

    ‘विदेशमा त्यसरी घर पठाइएका व्यक्तिले मापदण्ड पु¥याएर होम आइसोलेशनमा बस्नुपर्ने व्यवस्था गरिन्छ तर नेपालको सन्दर्भमा भने सबै मापदण्ड पु¥याएर त्यसरी घरमा बस्न सबैलाई सम्भव नहुने’ उनको भनाइ छ । अस्पताल बसेको १० दिनपछि परीक्षण गर्दा  रिपोट पोजेटिभ आए घरमा फर्किसकेपछि पनि होम आइसोलेशनमा बस्नेहरू चिकित्सकको सम्पर्क र निगरानीमा बस्छन् ।

    ‘अमेरिकाको सीडीसीले देशको परिवेशअनुसार कोरोना परीक्षणको गाइडलाइन परिवर्तन गरे पनि नेपालको सन्दर्भमा त्यस्तो नीति जनस्वास्थ्यको दृष्टिकोणले जोखिमपूर्ण हुन सक्ने’ अर्का जनस्वास्थ्यविद् डा. रविन्द्र पाण्डे पनि बताउँछन् ।

    संक्रामक रोग विशेषज्ञ डा. प्रभाव अधिकारी ‘१० दिनमा परीक्षण गर्दा पोजेटिभ नतिजा आएका सामान्य अवस्थाका मानिसबाट अन्यलाई कोरोना संक्रमण नसर्ने अनुसन्धानहरूले देखाएको हुँदा खासै आत्तिन नपर्ने’ बताउँछन् । जनस्वास्थ्यविद् मरासिनी र पाण्डे पनि दोस्रो परीक्षणमा पोजेटिभ रिर्पोट आएकाहरू घरमा गएर होमआइसोशनको मापदण्ड पूरा गरेर बसेको खण्डमा उनीहरुबाट अन्यलाई कुनै खतरा नहुने तथ्यमा सहमत छन् तर नेपालको सन्दर्भमा त्यसले समस्या सिर्जना हुनसक्ने उनीहरूको तर्क छ ।

    ‘नेपालको सन्दर्भमा संक्रमितलाई हेर्ने दृष्टिकोण र व्यवहारसमेत नकारात्मक रहेको’ उनले बताए । ‘कोरोनाभाइरस संक्रमण निको भएर समुदायमा फर्किएका व्यक्तिलाई घृणाको भावले हेर्ने सामाजिक दृष्टिकोण कायम रहेको अवस्थामा १० दिनमा पोजेटिभ रिजल्ट आएर १४ औं दिनमा परीक्षणबिना नै घर पठाउँदा उनीहरूलाई त्यस्तो समाजमा अप्ठ्यारो परिस्थितिको सामना गर्नुपर्ने अवस्था सिर्जना हुन सक्ने’ डा. पाण्डे बताउँछन् ।

    तर संक्रामक रोग विशेषज्ञ डा. प्रभाव अधिकारी ‘१० दिनमा परीक्षण गर्दा पोजेटिभ नतिजा आएका सामान्य अवस्थाका मानिसबाट अन्यलाई कोरोना संक्रमण नसर्ने अनुसन्धानहरूले देखाएको हुँदा खासै आत्तिन नपर्ने’ बताउँछन् । जनस्वास्थ्यविद् मरासिनी र पाण्डे पनि दोस्रो परीक्षणमा पोजेटिभ रिर्पोट आएकाहरू घरमा गएर होमआइसोशनको मापदण्ड पूरा गरेर बसेको खण्डमा उनीहरुबाट अन्यलाई कुनै खतरा नहुने तथ्यमा सहमत छन् तर नेपालको सन्दर्भमा त्यसले समस्या सिर्जना हुनसक्ने उनीहरूको तर्क छ ।

    ‘कोरोना संक्रमित व्यक्तिले लक्षणपूर्वको अवस्थामा संक्रमण सार्ने दर धेरै हुने हुँदा उक्त संक्रमित लक्षणबिहीन हो कि लक्षण देखिने पूर्व अवस्थाको हो भनेर बिना परीक्षण थाहा नहुने’ डा. पाण्डे बताउछन् । ‘त्यसैले यो मापदण्ड जनस्वास्थ्यको दृष्टिकोणले अव्यवहारिक हुनुका साथै संक्रमणलाई थप टेवा दिने खालको भएको’ उनको भनाइ छ ।

    ‘१० दिनमा परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आए थप ४ दिनसम्म आइसोलेसनमा बस्दा सामान्य लक्षण देखिएकालाई पुनः जाँच गरेरमात्रै घर पठाउनुपर्ने’ डा. पाण्डे बताउँछन् । ‘यसरी घर पठाइएकामध्येमै पनि कतिपयमा संक्रमणको अवस्था देखिएर उनीहरुबाट २८÷३० दिनपछि पनि अन्यलाई कोरोनाभाइरस संक्रमण फैलिएको उदाहरण कयौँ मुलुकमा पाइएको’ उनको भनाइ छ ।

    ‘लक्षणविहीन संक्रमितलाई १० दिनपछि कोरोना परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएमा थप ४ दिनको आइसोलेसनपछि पुनः होम आइसोलेशनमा बस्ने शर्तमा मात्र अस्पतालबाट घर पठाउनु उचित हुने’ उनले बताए ।

    डा. मरासिनी भने ‘दोस्रो परीक्षणको रिर्पोट पोजेटिभ आएका लक्षणबिहीन र अलिअलि लक्षण भएकालाई एउटै खालको व्यवहार गर्न नहुने’ बताउँछन् ।

    तर वालस्ट्रिट जर्नलमा प्रकाशित एक रिपोर्टअनुसार, कोरोनाभाइरसको संक्रमणबाट निको भएका व्यक्तिहरु पनि चिकित्सकको सम्पर्क र निगरानीमा बस्नुपर्ने कुरा विज्ञहरुले जनाएका छन् । सो रिपोर्टका अनुसार, कोरोनाभाइरसविरुद्धका इम्युनिटीबारे अझै पूर्णतः जानकारी हासिल भइनसकेका तथा एक पटक संक्रमणबाट निको भइसकेका मानिसमा रोग प्रतिरोधी क्षमता विकसित भइसकेको छ भनेर ढुक्क हुनु नहुने बताइएको छ ।

    १४ दिन अस्पताल बसेर पुनः परीक्षण नगरीकन समुदायमा फर्किदा नकारात्मक सन्देश जानसक्ने भएकाले जनचेतना फैलाउन पनि आवश्यक रहेको विज्ञहरूको भनाइ छ । विगतमा दैलेख जिल्लामा जस्तै क्वारेन्टिनमा राखेर कोरोना परीक्षण नगरीकन घर पठाउँदा घर तथा समुदायमा संक्रमण फैलिएको थियो । ‘अस्पतालबाट १४ दिनपछि घर फर्किएकाहरूलाई सहजरुपमा सावधानी अपनाएर बस्ने वातावरण सिर्जना गर्नका लागि यसबारेमा मानिसहरूलाई राम्ररी बुझाउन जरुरी रहेको’ डा. पाण्डे र डा. अधिकारी बताउँछन् ।

    ‘अस्पतालमा १४ दिनसम्म राखेर घरमा पठाउँदा त्यस्ता व्यक्तिलाई निगरानीमै राख्नुपर्ने’ डा. मरासिनीको भनाइ छ । ‘होम आइसोलेशनमा बस्नेलाई निगरानीमा राख्न स्वास्थ्यकर्मी र तीन तहका सरकारबीच समन्वय हुनुपर्ने’ उनले बताए ।

     

    सरकारले भने विश्व स्वास्थ्य संगठनले १० दिनपछि कुनै पनि संक्रमित व्यक्तिबाट अर्को व्यक्तिमा संक्रमण हुदैन भन्ने तथ्यहरु पेश गरेर निर्देशिका बनाएपछि सोही अनुसार निर्णय गरिएको बताएको छ । यता, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले डब्लूएचओको निर्देशिकालाई आधार बनाएर मन्त्रालयले आफ्नो निर्देशिकाहरु परिमार्जन गरेको बताउँदै।  लक्षण नभएका व्यक्तिको हकमा १४ दिनपछि परीक्षण नगरी घर पठाउँदा कुनै समस्या नहुने उनले बताए ।

    ‘कुनै पनि संक्रमितले १० दिनको अवधिभित्र मात्र अन्य व्यक्तिमा कोरोना संक्रमण फैलाउन सक्ने र त्यसपछि अरुमा भाइरस सर्न नसक्ने विभिन्न अध्ययनहरूले देखाएको’ उनको भनाइ छ ।

    ‘१० दिनमा परीक्षण रिपोर्ट नेगेटिभ आएमा तत्कालै घर पठाउदा हुने भए पनि स्वास्थ्य मन्त्रालयले थप ४ दिनसम्म अस्पतालमा राखेर घर पठाउने निर्णय गरेको’ उनी बताउँछन् । अस्पतालले त्यस्ता व्यक्तिलाई १४ दिनभन्दा बढी राखेमा मन्त्रालयले खर्च नव्यहोर्ने निर्णय भएको पनि उनले जानकारी दिए । सामान्य अवस्थाका बिरामीको हकमा १४ दिनभन्दा बढी समय संक्रमितलाई राखेमा अस्पताल आफैले खर्च बेहोर्नुपर्ने मन्त्रालयले जनाएको छ ।

    वालस्ट्रिट जर्नलमा प्रकाशित एक रिपोर्टअनुसार,

    कोरोनाभाइरसको संक्रमणबाट निको भएका व्यक्तिहरु पनि चिकित्सकको सम्पर्क र निगरानीमा बस्नुपर्ने कुरा विज्ञहरुले जनाएका छन् ।

    सो रिपोर्टका अनुसार, कोरोनाभाइरसविरुद्धका इम्युनिटीबारे अझै पूर्णतः जानकारी हासिल भइनसकेका तथा एक पटक संक्रमणबाट निको भइसकेका मानिसमा रोग प्रतिरोधी क्षमता विकसित भइसकेको छ भनेर ढुक्क हुनु नहुने बताइएको छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • पोखरिया ९ मा मधेशको पहिचान बोकेको ‘माटो पार्कको डॉ सि के राउत द्वारा शिलन्यास सम्पन्न
  • सहकारी सशक्तीकरणका लागि १ दिने कार्यशाला सम्पन्न : नियम, पुँजी र कार्यान्वयनबारे ७० जनाको सहभागिता
  • परिवर्तन फाउन्डेशन र राकेश मितवाको संकल्प, घर पाएपछि किसानको अनुहारमा मुस्कान
  • गीत बजाएको आरोपमा १४ जना पक्राउ
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    पोखरिया ९ मा मधेशको पहिचान बोकेको ‘माटो पार्कको डॉ सि के राउत द्वारा शिलन्यास सम्पन्न

    सहकारी सशक्तीकरणका लागि १ दिने कार्यशाला सम्पन्न : नियम, पुँजी र कार्यान्वयनबारे ७० जनाको सहभागिता

    परिवर्तन फाउन्डेशन र राकेश मितवाको संकल्प, घर पाएपछि किसानको अनुहारमा मुस्कान

    गीत बजाएको आरोपमा १४ जना पक्राउ

    सरकारको नीति तथा कार्यक्रम अपाङ्ग, अदुरदर्शी र अवैज्ञानिक छः माओवादी नेता बिडारी

    कर्णालीमा बेपत्ता व्यक्तिको खोजी गर्न सशस्त्र प्रहरीको गोताखोर परिचालन

    बाजुरामा बढ्दो कुपोषण, २ महिने शिशुको मृत्यु

    बेल जुस उत्पादन गर्दै सामुदायिक वन

    उपल्लो मुस्ताङको चराङ र लोमान्थाङमा राष्ट्रिय परिचयपत्र वितरण

    नेपाल–भारत सीमा क्षेत्रमा १३ हजार सशस्त्र प्रहरी परिचालन,मधेसका मदरसा र मस्जिदमा निगरानी

    पोखरिया ९ मा मधेशको पहिचान बोकेको ‘माटो पार्कको डॉ सि के राउत द्वारा शिलन्यास सम्पन्न

    सहकारी सशक्तीकरणका लागि १ दिने कार्यशाला सम्पन्न : नियम, पुँजी र कार्यान्वयनबारे ७० जनाको सहभागिता

    परिवर्तन फाउन्डेशन र राकेश मितवाको संकल्प, घर पाएपछि किसानको अनुहारमा मुस्कान

    गीत बजाएको आरोपमा १४ जना पक्राउ

    सरकारको नीति तथा कार्यक्रम अपाङ्ग, अदुरदर्शी र अवैज्ञानिक छः माओवादी नेता बिडारी

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    पोखरिया ९ मा मधेशको पहिचान बोकेको ‘माटो पार्कको डॉ सि के राउत द्वारा शिलन्यास सम्पन्न

    News

    सहकारी सशक्तीकरणका लागि १ दिने कार्यशाला सम्पन्न : नियम, पुँजी र कार्यान्वयनबारे ७० जनाको सहभागिता

    News

    परिवर्तन फाउन्डेशन र राकेश मितवाको संकल्प, घर पाएपछि किसानको अनुहारमा मुस्कान

    News

    गीत बजाएको आरोपमा १४ जना पक्राउ

    News

    सरकारको नीति तथा कार्यक्रम अपाङ्ग, अदुरदर्शी र अवैज्ञानिक छः माओवादी नेता बिडारी

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑