प्रधानमन्त्रीले तेजाब ओसार, पसार, बिक्रीमा कडाइ गर्ने आश्वासन पनि दिएको थापाको भनाइ थियो । त्यस्तै नेपालमा हालसम्म रहेका तेजाबपीडितहरूसँग भेटेर छलफल गर्ने र उनीहरूको सुझावको आधारमा विद्यमान कानुन हेरफेर गर्नेसम्मको आश्वासन दिएको थापाले जानकारी दिए ।
“नेपालमा हालसम्म दुई दर्जनजति त्यस्ता केस रहेछन् । ती घटनाका पीडित सबैसँग छलफल गरेर विद्यमान कानुन हेरफेरको प्रक्रिया बढाउने पनि बताउनुभएको छ,” थापाले भने