नेपालमा अक्फोर्ड ग्रुपले विकास गरेको खोप, रुसको र चीनमा विकास भएकोलगायतका खोपहरु नेपालमा ‘क्लिनिकल ट्रायल गर्ने विषयमा छलफलमै रहेको परिषदका सदस्य सचिव डा. प्रदिप ज्ञवालीले बताए ।
उक्त खोपको ‘क्लनिक ट्रायल’ गर्नुभन्दा अघि अनुसन्धान परिषद्को आचारसंहिता बोर्ड अर्थात ‘इथिकल रिभ्यु बोर्ड’को अनिवार्य अनुमति लिनुपर्ने परिषदले जनाएको छ ।
परिषदका सदस्य सचिव डा. ज्ञवालीका अनुसार उक्त भ्याक्सिनको क्लनिक ट्रायल (परीक्षण) लागि परिषदले स्वास्थ्य मन्त्रालय, पराष्ट्र मन्त्रालय, औषधी व्यवस्था विभाग तथा स्वास्थ्य अनुसन्धान विज्ञ, संस्थासँग समन्वय गरी आवश्यक तयारी र योजनामा गरिरहेको छ ।
अहिले समुदाय तहमा भ्याक्सिन प्रयोग विषयमा निर्णय गर्ने बेला नइसकेको उनले बताए ।