विरगंंज । मुकेश खेतान । ग्रीन सिटी सामुदायिक सेवा केन्द्र र लायन्स क्लब द्वारा जरूरत मन्द बिरामी हरुका लागि निशुल्क अक्सिजन सेवाको शुरुवात भएको छ।
“होम आइसोलेशनमा बस्नु भएका कोभिड र मुटु रोगका विरामी हरुले सहज रूपले अक्सिजन सिलिन्डर न पाए पछि समस्या भोग्नु परिरहेको समाचार जानकारी पाउनु बितिकै हामीले लायन्स क्लबका साथ सयुक्तरुपमा निःशुल्क अक्सिजन व्यवस्था मिलाएका छौं”, भन्ने जानकारी ग्रीन सिटी अध्यक्ष जय प्रकाशले दिनुभयो।
“वीरगन्जमा अस्थालिन औषधिको अभाव भएको समाचार प्रकाशमा आए लगत्तै हामीले यस औषधी लाई पनि निशुल्क रुपमा उपलब्ध गराई रहेका छौं” अध्यक्ष खेतानले जानकारी गराउनु भयो।
नगर क्षेत्रको विकास, प्रवर्दन र सरसफाईमा महत्वपूर्ण भूमिका खेल्दै आएको ग्रिन सिटि समुदाय सेवा केन्द्रले पछिल्लो समय नगरमा लागेको निषेधाज्ञासहितको लकडाउनमा सराहनीय कार्य गरेको छ ।
लकडाउनको समयमा केन्द्रले भारतबाट आवश्यक औषधि आपूर्ति गर्नका साथै नि:शुल्क एम्बुलेन्स समेतको व्यवस्थापन गरेको केन्द्रका अध्यक्ष प्रकाश खेतानले बताए । उनले केन्द्रको पहलमा चिकित्सकहरु सँगको नि:शुल्क परामर्श सेवापनि सुरु गरिएको जानकारी गराए ।