बीरगन्ज। मंगलबार पर्सामा ४२ जना काेराेना संक्रमणमुक्त भएका छन् । विभन्न अस्पतालकाे आसाेलेसनमा उपचाररत रहेका संक्रमितहरूमध्ये ४२ जना उपचार पछि घर फर्किएका हुन् ।
यससँगै पर्सामा काेराेनामुक्त हुनेहरूकाे संख्या ७ सय ४७ पुगेकाे छ ।यसैबिच मंगलबारसम्म पर्सामा काेराेना संक्रमिहरूकाे संख्या २ हजार २ सय ११ पुगेकाे छ । हालसम्म पर्सामा १ हजार ७ सय १८ जना पुरूष र४ सय ९३ जना महिलामा काेराेना संक्रमण देखिएकाे हाे ।
यसैबिच काेभिडबाट मृत्यु हुनेहरूकाे संख्या ३९ पुगेकाे छ ।
यस्तै नारायणी कोभिड-१९ अस्पताल गण्डकमा ४० जना पुरुष र १४ महिला सहित ५४ जना, नारायणी कोभिड-१९ अस्पताल बीरगन्ज हेल्थ केयरमा २९ जना पुरुष र १६ जना महिला सहित ४५ जना आइसाेलेसनमा उपचाररत रहेकाे जिल्ला प्रशासन कार्यालय पर्साले जनाएकाे छ ।
विभिन्न स्थानमा सञ्चालित सामुदायिक आइसाेलेसनमा ३९९ जना रहेको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएकाे छ ।