सिरहा । सिरहामा १२ दिनका लागि आजबाट लागुहुने गरी निषेधाज्ञा जारी गरिएको छ । जिल्ला प्रशासन कार्यालय सिरहामा आज बसेको बैठकको निर्णयले भदौ २७ गते १२ बजे राति सम्मका लागी जिल्लाभरीको सम्पुर्ण स्थानीय तहलाई निषेधाज्ञा जारी गरेको हो ।
जिल्लामा कोरोना संक्रमितको संख्या दिनप्रतिदिन बढदै गईरहेको र अहिले सम्म जिल्लामा ७ जना कोरोना संक्रमनबाट मृत्युु भएकाकोले आज राति१२ बजेदेखि निषेधाज्ञा जारि गरेको सिरहाका प्रमुख जिल्ला अधिकारी प्रदीपराज कँडेलले जानकारी दिए ।
कोभिड–१९ जिल्ला बिपत व्यवस्थापन समितिको आज बसेको वैठकबाट सिरहामा पहिलोपल्ट निषेधाज्ञा जारि गर्ने निर्णय गरेको प्रमुख जिल्लाकँडेलले जानकारी दिए ।
निषेधाज्ञा अवधिमा सार्वजनिक भेला हुने खालका कार्यक्रमहरु गर्न नगराउनका साथै सार्वजनिक सवारी साधन समेत नचलाउन अनुरोध गरिएको छ । सामाजिक दुरी कायम गरी उपभोक्तालाई अति आव्शयक सामग्री खरीद गर्न का लागि समय सीमा निर्धारण गरिएको कार्यालयले जनाएको छ ।
यस अवधिमा अत्यावश्यक सामग्री खरिदका लागि बिहान ५बजे देखि बिहान ९ बजेसम्म पसलहरु खोल्न दिने भएको छ । बैक तथा बितिय सस्थाहरु बिहान ११ बजे देखि दिउँसो १बजे सम्मकोलागी निर्णय गरिएको सिरहाका प्रमुख जिल्ला अधिकारी प्रदीपराज कँडेलले जानकारी दिए । यस अघि सिरहामा साउन ३२ गते देखि भदौ १५ गतेका लागि लकडाउन गरिएको थियो ।