• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • विश्व
    • बिशेष
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • प्रदेश
        • प्रदेश नं.१
        • मधेश
        • बागमती
        • गण्डकी
        • लुम्बिनी
        • कर्णाली
        • सुदूरपश्चिम
    • दैनिक पत्रिका
    होमपेज / Breaking News

    वीर अस्पतालमा कोभिड र ननकोभिड बिरामी एकै ठाउँमा

  • वीरगंज संजाल
  • १५ भाद्र २०७७, सोमबार २१:१३
  • ३३५७

    विरगंज । वीर अस्पतालमा कोभिड र ननकोभिड बिरामीलाई एकै ठाउँमा राखेर उपचार गरेको पाइएको छ।

    अस्पतालको युरो ट्रान्जिसनल वार्डमा कोभिड र ननकोभिड बिरामीलाई एकै ठाउँमा राखेर उपचार गरिएको पाइएको हो।

    यति मात्र होइन, कोभिड र ननकोभिड बिरामीलाई एउटै स्वास्थ्यकर्मीले उपचार गर्ने गरेको समेत पाइएको छ।

    कोभिड र ननकोभिडका बिरामीलाई एकै ठाउँमा राखेर उपचार गर्दा जोखिम बढेको भन्दै बिरामी र स्वास्थ्यकर्मी त्रसित भएका छन्। कोभिड र ननकोभिड बिरामीले प्रयोग गर्ने शौचालय समेत एउटै छ।

    ‘पिसाब सम्बन्धी समस्याको उपचार गर्न आएको तर यहाँ त अस्पतालले नै कोरोना सरिदिने भयो,’ वार्डमा उपचाररत एक बिरामीले भने, ‘यो अस्पतालको चरम लापरबाही हो।’ उनले अस्पतालको लापरबाहीका कारण आफूसहित अन्य बिरामी र बिरामीका आफन्त खतरामा रहेको जानकारी दिए।

    युरो ट्रान्जिसनल वार्डमा ननकोभिड बिरामी भए पनि बीचमा सानो ढोका मात्र राखेर कोभिडका बिरामी राखेको अस्पतालका एक कर्मचारी बताउँछन्। कोभिडका बिरामीलाई राखिएको कोठा साँघुरो र पुरानो छ।

    ती कर्मचारीका अनुसार उक्त वार्डमा ननकोभिडका ८ जना र कोभिडका ५ जना संक्रमित उपचाररत छन्। स्वास्थ्यखबरले उक्त वार्डमा पुगेर संक्रमित र ननकोभिड बिरामी राखिएको स्थानको भिडियो समेत खिचेको छ।

    तर, अस्पतालको कोभिड फोकल पर्सन डा अच्युत कार्कीले कोभिड र ननकोभिड बिरामीलाई एकै ठाउँ नराखिएको बताए। कोरोना संक्रमितलाई नभई कोरोनाका शंकास्पद बिरामीलाई त्यहाँ राखिएको उनले बताए। यद्यपि, दुवैको वार्ड छुट्टाछुट्टै रहेको भए पनि उनीहरुले प्रयोग गर्ने शौचालय भने एउटै रहेको उनले बताए।

    कोभिड र ननकोभिड बिरामीलाई एउटै स्वास्थ्यकर्मीले उपचार गर्नुपरेको भने उनी स्वीकार्छन्।

    अस्पतालको भौतिक संरचना कोरोनाको उपचारका लागि सही नभएकाले दुवैलाई व्यवस्थापन गर्न समस्या भएको उनले स्वीकार गरे।

    उनले भने, ‘दुवै बिरामीलाई एकै ठाउँमा राखेका छैनौं। शंकास्पद बिरामीलाई राखेको हो तापनि वार्ड फरक छ। तर उनीहरुले प्रयोग गर्ने शौचालय एउटै छ। एउटै स्वास्थ्यकर्मीले उनीहरुको उपचार गर्नुपर्छ। हाम्रो भौतिक संरचनाले पनि दिँदैन। त्यसैले दुवैलाई व्यवस्थापन गर्न समस्या भएको छ।’

    अस्पतालको व्यवस्थापकीय कमजोरी र लापरबाहीले जोखिम 
    अस्पताल प्रशासनको व्यवस्थापकीय कमजोरी र लापरबाहीले आफूहरु जोखिममा पर्दै गएको वीर अस्पतालका कर्मचारीहरुले बताएका छन्। कन्ट्याक्ट ट्रेसिङ र क्वारेन्टाइनको व्यवस्थापन राम्रो व्यवस्थापन नहुँदा स्वास्थ्यकर्मीहरु संक्रमित हुँदै गएको उनीहरु बताउँछन्।

    अस्पतालको लापरबाहीले कोरोना जोखिम बढदै गएको भन्दै एक कर्मचारी भन्छन्, ‘यहाँ क्वारेन्टाइन र आइसोलेसनको राम्रो व्यवस्था छैन। संक्रमित स्वास्थ्यकर्मीको प्राइमरी र सेकेन्डरी सम्पर्कमा आएकाहरुको राम्रोसँग कन्ट्याक्ट ट्रेसिङ पनि गरिएको छैन।

    अस्पतालका कर्मचारी युनियनले पटकपटक यस विषयमा आवाज उठाउँदा पनि सुनुवाइ नभएको उनी बताउँछन्।

    अस्पतालले सुन्धारास्थित एक होटलमा स्वास्थ्यकर्मीका लागि क्वारेन्टाइनको व्यवस्था गरेको थियो। तर उक्त क्वारेन्टाइन व्यवस्थित नभएको, खाना र बस्ने राम्रो व्यवस्था समेत नभएकोले स्वास्थ्यकर्मीहरु होम क्वारेन्टाइनमा बसेको उनले बताए।

    अस्पतालले पिपिई पजि आवश्यक मात्रामा उपलब्ध नगराएको, मास्क र ग्लोब्सको अभाव भएको र कोभिड भत्ता समेत नदिएको उनीहरुको गुनासो छ।

    उनले भने, ‘एउटा ग्लोब्स धोएर लगाउनुपर्छ। पिपिई समेत आवश्यक मात्रामा दिइएको छैन। कोभिड भत्ता छैन। यो विषयमा आवाज उठाउँदा उल्टै राजीनामा देऊ भन्छन्।’

    उनका अनुसार वीर अस्पतालका केही कर्मचारीहरुले राजीनामा दिने समेत तयारी गरेका छन्। उनी भन्छन्, ‘अस्पतालका निर्देशक, प्रशासन र कोभिड टिम कसैले पनि यो विषयमा वास्ता गरेको छैन। यस्तै भयो भने सयौंको संख्यामा स्वास्थ्यकर्मीहरु कोरोना पोजेटिभ हुन्छन्।’

    हालसम्म वीर अस्पतालको सिटी स्क्यान, एमआरआई, डेन्टल, इएनटी, प्याथोलोजी, कार्डियो, इमर्जेन्सी, एकाउन्ट शाखामा कोरोना देखिनुका साथै हाउस किपिङ र सरसफाइ कर्मचारीमा पनि कोरोना भेटिएको ती कर्मचारी बताउँछन्।

    न्याम्स अन्तर्गतका हालसम्म ४७ जना स्वास्थ्यकर्मी संक्रमित भएको अस्पतालका कोभिड फोकल पर्सन डा कार्कीले बताए। उनका अनुसार हाल ४० जना स्वास्थ्यकर्मी क्वारेन्टाइनमा छन्। वीर अस्पतालमा हाल ४४ जना कोरोना संक्रमितको उपचार भइरहेको उनले जानकारी दिए।

    कोरोना संक्रमितको उपचारका लागि हाल १ सय ११ शय्या तयारी अवस्थामा राखिएको उनले बताए। स्वास्थ्यकर्मीहरुले कन्ट्याक्ट ट्रेसिङ व्यवस्थित नभएको गुनासो गरे पनि उनी भने राम्रो गरेको दावी गर्छन्। उनले भने, ‘हामीले कन्ट्याक्ट ट्रेसिङ गरिरहेका छौं। सबैको सूची बनाएका छौं। सबैको एकै पटक गर्न पनि सम्भव छैन।’

    अस्पतालले भने सरकारले छुट्याएको बजेट अनुसार नै क्वारेन्टाइनको व्यवस्था गरेको बताउँदै आएको छ।

    सुरक्षित व्यवस्थापन मापदण्ड पूरा गर्न कर्मचारी युनियनको माग
    कोभिड–१९ को सुरक्षित व्यवस्थापनका मापदन्डहरु पूरा गर्न वीर अस्पतालका कर्मचारी युनियनले माग गरेका छन्।

    अस्पतालको व्यवस्थापकीय कमजोरी र लापरबाहीले संक्रमणको जोखिम बढ्दै गएको भन्दै युनियनले सोमबार एक विज्ञप्ति जारी गरी कोभिड–१९ को सुरक्षित व्यवस्थापनका मापदण्ड पूरा गर्न माग गरेको हो।

    उनीहरुले कोभिडको व्यवस्थापनमा खटिने सम्पूर्ण स्वास्थ्यकर्मी तथा अन्य कर्मचारीलाई ग्लोब्स, मास्क, पिपिई, फेस सिड एवं सेनिटाइजर नियमित उपलब्ध गराउन माग गरेका छन्।

    यस्तै, संक्रमित कर्मचारीका लागि उचित सुविधासम्पन्न आइसोलेसन तथा उपचारको व्यवस्था मिलाउनुका साथै कन्ट्याक्ट ट्रेसिङ गरी पिसिआर परीक्षणको व्यवस्था मिलाउन र आवश्यकता अनुसार कर्मचारीहरुका लागि व्यवस्थित क्वारेन्टाइनको व्यवस्थापन गर्नुपर्ने माग गरेका छन्।

    वीर अस्पतालका इन्टरनल विभागका एक चिकित्सकलाई साउन २२ गते पहिलो पटक कोरोना पुष्टि भएको थियो।

    कोभिड र ननकोभिड बिरामी दुवैको उपचार गर्नुपर्ने भएकाले पनि चुनौती धेरै भएको अस्पतालले जनाएको छ।

    कोरोना महामारी हुनुअघि वीर अस्पतालमा २५ सयदेखि ३ हजारसम्म बिरामी सेवा लिन पुग्ने गर्थे। हाल ३ सयदेखि ४ सयसम्म बिरामी मात्र अस्पताल आउने गरेको उनले जानकारी दिए।

    वीर अस्पतालमा हाल कर्मचारी र रेसिेडेन्ट गरी १६ सय कर्मचारी छन् भने सरकारी कर्मचारी १२ सय २८ जना छन्। रासस

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • पोखरिया ९ मा मधेशको पहिचान बोकेको ‘माटो पार्कको डॉ सि के राउत द्वारा शिलन्यास सम्पन्न
  • सहकारी सशक्तीकरणका लागि १ दिने कार्यशाला सम्पन्न : नियम, पुँजी र कार्यान्वयनबारे ७० जनाको सहभागिता
  • परिवर्तन फाउन्डेशन र राकेश मितवाको संकल्प, घर पाएपछि किसानको अनुहारमा मुस्कान
  • गीत बजाएको आरोपमा १४ जना पक्राउ
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    पोखरिया ९ मा मधेशको पहिचान बोकेको ‘माटो पार्कको डॉ सि के राउत द्वारा शिलन्यास सम्पन्न

    सहकारी सशक्तीकरणका लागि १ दिने कार्यशाला सम्पन्न : नियम, पुँजी र कार्यान्वयनबारे ७० जनाको सहभागिता

    परिवर्तन फाउन्डेशन र राकेश मितवाको संकल्प, घर पाएपछि किसानको अनुहारमा मुस्कान

    गीत बजाएको आरोपमा १४ जना पक्राउ

    सरकारको नीति तथा कार्यक्रम अपाङ्ग, अदुरदर्शी र अवैज्ञानिक छः माओवादी नेता बिडारी

    कर्णालीमा बेपत्ता व्यक्तिको खोजी गर्न सशस्त्र प्रहरीको गोताखोर परिचालन

    बाजुरामा बढ्दो कुपोषण, २ महिने शिशुको मृत्यु

    बेल जुस उत्पादन गर्दै सामुदायिक वन

    उपल्लो मुस्ताङको चराङ र लोमान्थाङमा राष्ट्रिय परिचयपत्र वितरण

    नेपाल–भारत सीमा क्षेत्रमा १३ हजार सशस्त्र प्रहरी परिचालन,मधेसका मदरसा र मस्जिदमा निगरानी

    पोखरिया ९ मा मधेशको पहिचान बोकेको ‘माटो पार्कको डॉ सि के राउत द्वारा शिलन्यास सम्पन्न

    सहकारी सशक्तीकरणका लागि १ दिने कार्यशाला सम्पन्न : नियम, पुँजी र कार्यान्वयनबारे ७० जनाको सहभागिता

    परिवर्तन फाउन्डेशन र राकेश मितवाको संकल्प, घर पाएपछि किसानको अनुहारमा मुस्कान

    गीत बजाएको आरोपमा १४ जना पक्राउ

    सरकारको नीति तथा कार्यक्रम अपाङ्ग, अदुरदर्शी र अवैज्ञानिक छः माओवादी नेता बिडारी

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    पोखरिया ९ मा मधेशको पहिचान बोकेको ‘माटो पार्कको डॉ सि के राउत द्वारा शिलन्यास सम्पन्न

    News

    सहकारी सशक्तीकरणका लागि १ दिने कार्यशाला सम्पन्न : नियम, पुँजी र कार्यान्वयनबारे ७० जनाको सहभागिता

    News

    परिवर्तन फाउन्डेशन र राकेश मितवाको संकल्प, घर पाएपछि किसानको अनुहारमा मुस्कान

    News

    गीत बजाएको आरोपमा १४ जना पक्राउ

    News

    सरकारको नीति तथा कार्यक्रम अपाङ्ग, अदुरदर्शी र अवैज्ञानिक छः माओवादी नेता बिडारी

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑