काठमाडौं । पछिल्लो २४ घण्टामा ८९९ कोरोना संक्रमित थपिएका छन् । सोमबार नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले ८९९ संक्रमित थपिएको जानकारी दिए । जसमा ३०३ महिला र ५९६ पुरुष रहेका छन् ।
योसँगै देशभर कोरोना संक्रमितको संख्या ३९ हजार ४६० पुगेको छ ।
यसैगरी हालसम्म २१ हजार ४१० जना डिस्चार्ज भएका छन् । डिस्चार्ज हुने दर ५४ प्रतिशत रहेको छ ।
पछिल्लो २४ घण्टामा देशभरका ३९ प्रयोगशालाबाट ११ हजार १२९ जनाको पीसीआर परीक्षण गरिएको छ । हालसम्म जम्मा ६ लाख ९३ हजार ३७२ जनाको पीसीआर परीक्षण गरिएको छ ।
देशभरका संस्थागत आइसोलेसन १० हजार जना र होम आइसोलेसनमा ६ हजार रहेका छन् । आजसम्म देशभर ७ हजार ३३७ जना क्वारेन्टिनमा रहेका छन् ।
बागमती प्रदेशमा १३ जना, प्रदेश ५ मा दुई जना र प्रदेश १ मा १ जना गरी १६ जना भेन्टिलेटरमा रहेका छन् । देशभर १३२ जना आईसीयूमा राखेर उपचार भइरहेको छ ।