बिरगंज | पर्सा को पोखरिया नगरपालीकामा आज कोरोना भाईरसको माहामारी फैलनबाट बाँच्नको लागि नेपाल रेडक्रस सोसाईटी पर्साको शाखा कार्यायल पोखरियाको आयोजनामा जनचेतना मुलक कार्यक्रम सम्पन भएको छ ।
पर्सा जिल्लाको महानगरपालीका बिरगंज बाहेकको नगरपालीका र गाउपालीकाबाट निषेधाज्ञा हटाइए पछि पोखरिया नगरपालीकाले बजार नियमितरुपमा जोड विजोड संख्या मिलाई सङ्क्रम बाट बाँच्नको लागि गर्नु पर्ने नियमको अनुसार खोलने निर्णय गरे पछि जोखम नियुनिकरण गर्न को लागी सो कार्यक्रम गरिएको छ ।
बजार खुले पछि ग्रामिण भेग बाट जोडिएको पोखरिया बाजारमा गाउ गाउ बाट समान किन मेल गर्न आउने मानिसहरुको भीड बढेपछि कोरोना सर्ने सम्भावना भएकोले पोखरिया नगरपालीका को वडा नम्बर ४ मा
पर्ने पोखरिया बजारमा रहेको सार्वजनिक ठाउहरुमा पर्चा ,पम्पलेट ,बोर्ड बाईनर ,लगाएको नेपाल रेडक्रस सोसाईटि पर्साका शाखा कार्यलय पोखरियाको सभापती भगवान प्रसाद कुर्मी ले जानकारी गराएका हुन ।
सो कार्यक्रमा पोखरिया नगरपालीका को उप प्रमुख सलमा खातुन ,ईलाका प्रहरी कार्यालय पोखरिया को प्रहरी निरिक्षक चन्द्र कुमार सिँह , ने क पा नेता प्रधुमन प्रसाद चौहान , नेता रामेशवर प्रसाद रौनियार ,सस्त्र प्रहरि बल पोखरिया को प्रहरी निरिक्षक हरित बढुवाल लगाएतका ब्यक्तिहरुको सहभागीता रहेको थियो ।