• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • विश्व
    • बिशेष
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • प्रदेश
        • प्रदेश नं.१
        • मधेश
        • बागमती
        • गण्डकी
        • लुम्बिनी
        • कर्णाली
        • सुदूरपश्चिम
    • दैनिक पत्रिका
    होमपेज / देश

    विश्वमा नै लोपोन्मुख ८ प्रकारका कछुवा झापामा

  • वीरगंज संजाल
  • १५ भाद्र २०७७, सोमबार १३:०२
  • ५९३३

    झापा । विश्वमा नै लोप हुन अवस्थामा पुगेको कछुवाको झापामा संरक्षण गरिंदै आएको छ ।जिल्लाको अर्जुनधारा नगरपालिकामा रहेको सुखानी सहिद स्मृति प्रतिष्ठानले विगत आठ वर्षदेखि कछुवा संरक्षण गर्दै आएको हो ।

    उभयचर तथा सरिसृप संरक्षण समाज नेपाल (आर्काे) को सहकार्यमा सुखानी सहिद स्मृति प्रतिष्ठानले सन् २०१२ बाट विश्वमा लोपोन्मुख अवस्थामा पुगेका विभिन्न आठ प्रजातिका कछुवा संरक्षण गरेर राखेको छ ।

    प्रतिष्ठानले सञ्चालन गरेको ‘कछुवा उद्धार तथा संरक्षण केन्द्र’ मा अहिले ४० भन्दा बढी कछुवालाई संरक्षण गरेर राखिएको छ ।

    समुदायमा आधारित भएर सञ्चालनमा ल्याइएको कछुवा संरक्षण केन्द्र सुखानी सहिद स्मृति प्रतिष्ठानको तीन विगाह क्षेत्रफलमा फैलिएको छ ।

    यहाँ विश्वमै दुर्लभ मानिएका कछुवासमेत संरक्षण गरेर राखिएको टीआरसीसी टटल्स क्लवका कार्यक्रम निर्देशक सविन अधिकारीले बताउनुभयो ।

    कछुवा उद्धार तथा संरक्षण केन्द्रमा संरक्षण गरेर राखिएका कछुवामध्ये झापाको टाङटिङ, बिरिङ खोलामा मात्र पाइने लोपोन्मुख ध्वाँसे–कडे–पाते कछुवासहित ८ प्रजातिका कछुवा छन् ।

    कछुवा संरक्षणका लागि प्रतिष्ठानले साना ठूला पोखरी, खुला ठाउँ, सुरक्षित घेराबारा, बोटबिरुवा रोपेको छ ।जसमा झापाका विभिन्न ठाउँबाट उद्धार गरेर ल्याइएका कछुवा छाडिएको छ ।

    कछुवा संरक्षण तथा प्रजनन केन्द्र सञ्चालनमा आएदेखि जिल्लाको मेची बहुमुखी क्याम्पस, विराटनगर, चितवन, काठमाडौं, धनगढीलगायतका स्थानबाट विद्यार्थी अध्ययनका लागि आउने गरेका छन् ।

    अहिलेपनि दुई जना विद्यार्थीले कछुवाकै विषयमा शोधपत्र पनि तयार पारिरहेका छन् ।

    जिल्लामै पहिलो पटक सञ्चालनमा आएको कछुवा संरक्षण केन्द्रमा राखिएका कछुवाको प्रजननसमेत भएको छ लकडाउनको समयमा मानिसको आवागमन कम भएका कारण कछुवाको प्रजननमा सहयोग पुगेको बताइन्छ ।

    अहिले यहाँ राखिएका कछुवाका चारवटा बच्चा जन्मिएका छन् । जसलाई प्रतिष्ठानका पदाधिकारीले प्रत्यक्ष निगरानी गरेर हेरचाह गरिरहेका छन् ।

    उभयचर प्राणीमा पर्ने कछुवा विश्वमै मेरुदण्डीय जीवहरुमध्ये अति संकटापन्न अवस्थामा छ ।यस्तो अवस्थामा केन्द्रले नेपालमा पाइने मात्र नभइ विश्वमा पाइने कछुवाको पनि संरक्षण गरेको छ ।

    प्रकृतिको पुरानो जीवधारी कछुवा सरिसृप वर्गमा सर्वाधिक बुद्धिमान प्राणी मानिन्छ ।पर्यावरण सन्तुलन राख्नसमेत कछुवाको महत्वपूर्ण भूमिका रहने भन्दै अर्जुनधारा नगरपालिकाले कछुवा संरक्षित नगर घोषणाको तयारी गरेको छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • पोखरिया ९ मा मधेशको पहिचान बोकेको ‘माटो पार्कको डॉ सि के राउत द्वारा शिलन्यास सम्पन्न
  • सहकारी सशक्तीकरणका लागि १ दिने कार्यशाला सम्पन्न : नियम, पुँजी र कार्यान्वयनबारे ७० जनाको सहभागिता
  • परिवर्तन फाउन्डेशन र राकेश मितवाको संकल्प, घर पाएपछि किसानको अनुहारमा मुस्कान
  • गीत बजाएको आरोपमा १४ जना पक्राउ
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    पोखरिया ९ मा मधेशको पहिचान बोकेको ‘माटो पार्कको डॉ सि के राउत द्वारा शिलन्यास सम्पन्न

    सहकारी सशक्तीकरणका लागि १ दिने कार्यशाला सम्पन्न : नियम, पुँजी र कार्यान्वयनबारे ७० जनाको सहभागिता

    परिवर्तन फाउन्डेशन र राकेश मितवाको संकल्प, घर पाएपछि किसानको अनुहारमा मुस्कान

    गीत बजाएको आरोपमा १४ जना पक्राउ

    सरकारको नीति तथा कार्यक्रम अपाङ्ग, अदुरदर्शी र अवैज्ञानिक छः माओवादी नेता बिडारी

    कर्णालीमा बेपत्ता व्यक्तिको खोजी गर्न सशस्त्र प्रहरीको गोताखोर परिचालन

    बाजुरामा बढ्दो कुपोषण, २ महिने शिशुको मृत्यु

    बेल जुस उत्पादन गर्दै सामुदायिक वन

    उपल्लो मुस्ताङको चराङ र लोमान्थाङमा राष्ट्रिय परिचयपत्र वितरण

    नेपाल–भारत सीमा क्षेत्रमा १३ हजार सशस्त्र प्रहरी परिचालन,मधेसका मदरसा र मस्जिदमा निगरानी

    पोखरिया ९ मा मधेशको पहिचान बोकेको ‘माटो पार्कको डॉ सि के राउत द्वारा शिलन्यास सम्पन्न

    सहकारी सशक्तीकरणका लागि १ दिने कार्यशाला सम्पन्न : नियम, पुँजी र कार्यान्वयनबारे ७० जनाको सहभागिता

    परिवर्तन फाउन्डेशन र राकेश मितवाको संकल्प, घर पाएपछि किसानको अनुहारमा मुस्कान

    गीत बजाएको आरोपमा १४ जना पक्राउ

    सरकारको नीति तथा कार्यक्रम अपाङ्ग, अदुरदर्शी र अवैज्ञानिक छः माओवादी नेता बिडारी

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    पोखरिया ९ मा मधेशको पहिचान बोकेको ‘माटो पार्कको डॉ सि के राउत द्वारा शिलन्यास सम्पन्न

    News

    सहकारी सशक्तीकरणका लागि १ दिने कार्यशाला सम्पन्न : नियम, पुँजी र कार्यान्वयनबारे ७० जनाको सहभागिता

    News

    परिवर्तन फाउन्डेशन र राकेश मितवाको संकल्प, घर पाएपछि किसानको अनुहारमा मुस्कान

    News

    गीत बजाएको आरोपमा १४ जना पक्राउ

    News

    सरकारको नीति तथा कार्यक्रम अपाङ्ग, अदुरदर्शी र अवैज्ञानिक छः माओवादी नेता बिडारी

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑