• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    कुन बार जन्मिने मानिसको स्वभाव कस्तो हुन्छ ?

  • वीरगंज संजाल
  • १५ भाद्र २०७७, सोमबार ०५:३२
  • ११५७३

    एजेन्सी । मानिसको कर्म भाग्य र स्वभाव जन्मबारले निर्धारण गर्ने ज्योतिष शास्त्रमा उल्लेख गरिएको छ । वैदिक सनातन धर्म अनुसार पनि मानिसको साल, महिना, गते, जन्म समय, तिथी, बार, योग, करण र जन्म स्थान अनुसार उसको ग्रह दशा, भविष्य र भाग्यको निर्धारण हुने बताइन्छ । मानिसको आचरण र भाग्य पनि कस्तो हुन्छ त भन्ने कुरा जन्मबार बाट थाहा पाउन सकिने कुरा ज्योतिष विज्ञानले मान्दछ । यसर्थ जन्मबार अनुसार मानिसको स्वभाव कस्तो हुन्छ भनेर यहाँ उल्लेख गरिएको छ ।

    आइतबार जन्मिने मानिसको स्वभाव

    १. आइतबार जन्मेका व्यक्ति सकारात्मक सोच तथा प्रशस्त कन्फिडेन्ट पावरका मालिक हुन्छन् । आफन्त तथा साथीभाईसँग राम्रो सम्बन्ध स्थापित गर्दछन् ।

    २. आइतबार जन्मिएका मानिस निकै संवेदनशील हुने भएका कारण गोप्यतामा निकै सजक हुन्छन् अर्थात् आफ्नो वा अरुको कुरा हतपत अरुलाई खुलाउँदैनन् ।

    ३. आइतबार सूर्यको वार भएको कारणले राजनीति,लेखन अथवा वकालतको क्षेत्रमा लागेका हुन्छन् र चिन्तन शक्ति निकै धेरै हुन्छ ।

    ४. आइतबार जन्मिएका मानिस सहयोग गर्न सधैँ तत्पर त हुन्छन् तर पनि उनीहरु चाडैँ रिसाउने तथा घमण्डी स्वभावका हुन्छन् ।

    ५. आइतबार जम्मिएका मानिस धनवान हुन्छन् ।

    ६. आइतबार जन्मेका व्यक्तिहरु धेरै जसो प्रेम विवाह गर्ने गर्दछन् ।

    सोमबार जन्मिने मानिसको स्वभाव

    १. सोमबार जन्मेका व्यक्तिहरुको स्मरण शक्ति निकै तेज हुन्छ निकै चञ्चल स्वभावका हुन्छन् । उनीहरु मृदुभाषी हुन्छन् तर पनि उनीहरु मुढी स्वभावका हुन्छन् ।

    २. सोमबार जन्मिएका मानिस संवेदनशील हुन्छन् तर, चाडैँ नर्भस पनि हुन्छन् ।

    ३. सोमबार चन्द्रमाको वार भएको र चन्द्रमा मनको कारक भएको कारणले जीवनका अस्थिरता वा उतारचडाव आईरहन्छ ।

    ४. सोमबार जन्मिएका मानिस पढाईमा तिक्ष्ण हुन्छन् र आफ्नो करियरमा निकै माथि पुग्न सफल हुन्छन् ।

    ५. सोमबार जन्मने महिलाहरु भविष्यमा निकै माया र केयर गर्ने श्रीमतीको रुपमा परिचित हुन्छिन् ।

    ६. सोमबार जन्मेका पुरुषहरु निकै माया गर्ने स्वभावका हुन्छन् तर अलि लोभी हुने भएका कारण उनीहरुले प्रायजसो आफ्नी श्रीमतीको गाली सुन्नुपर्ने हुन्छ ।

    ७. सोमबार जन्मिएका मानिस सौन्दर्यमा निकै ध्यान दिन्छन् । सुन्दरताले धेरै जसोलाई आकर्षित पनि गरेको हुन्छ ।

    मंगलबार जन्मिने मानिसको स्वभाव

    १. मंगलबार मंगल ग्रहको बार भएको कारणले यस दिन जन्मने व्यक्तिहरु निकै बहादुर, स्मार्ट, एक्टिभ, सहयोगी, घमण्डी र गम्भीर हुन्छन् ।

    २. आँटी, शाहसी र पराक्रमी भएको कारणले फौजी क्षेत्रमा आफूलाई स्थापित गर्दछन् ।

    ३. मंगलबार जन्मने व्यक्तिहरु गलत कुराहरु सहन नसक्ने भएका कारण उनीहरुलाई रिस पनि धेरै नै उठ्ने गर्दछ ।

    ४. उनीहरुलाई विलासिताको जीवन बाच्न मनपर्ने हुँदा यी व्यक्तिहरुसँग निकै धेरै लुगा, गाडी, घरलगायत विलासिताका सबै सामग्रीहरु हुने गर्दछ ।

    ५. यस्ता व्यक्तिहरु इमान्दार हुने गर्दछन् र साँचो कुरा बोल्ने गर्दछन् जसकारण आफ्नो बलबुतामा नै सफलता हासिल गर्ने गर्दछन् ।

    ६. घरजग्गा, भौतिक सम्पत्ती तथा प्राकृतिक स्रोत साधनको उपयोग मार्फत आफूलाई अब्बल सावित गर्दछन् ।

    बुधबार जन्मिने मानिसको स्वभाव

    १. बुधबार जन्मेका व्यक्तिहरु शान्त, विदुषी र बिजनेश माइन्डका हुने गर्दछन् ।

    २. बुधबार बुधग्रहको बार भएको र बुध विद्या र वुद्धिको कारक भएको कारणले वौद्धिक उपव्यवसायमा आफूलाई स्थापित गर्दछन् भने तार्किक पनि हुन्छन् । योजनाहरुको कुनै स्थान नभए पनि निकै सुव्यवस्थित तरिकाले काम गर्न चाहन्छन् ।

    ३. बुधबार जन्मिएका मानिस सफा, स्वच्छ विचारधारा, विश्वासिला र सन्तुष्ट स्वभावका हुन्छन् ।

    ४. बुधबार जन्मिएका मानिस नयाँ–नयाँ कुराहरु जान्न निकै उत्सुक हुन्छन् जसको कारणले, विज्ञान, गणित तथा व्यवस्थापनमा रुची राख्दछन् ।

    ५. बुधबार जन्मिएका व्यक्ति अरुलाई धोका नदिने र आफूपनि धोका नपचाउने खालका हुन्छन् ।

    ६. सकारात्मक सोचसँगै जीवनमा अघि बढ्ने स्वभाव, हतपत नरिसाउने तर रिसाएमा फर्किन समय लाग्ने स्वभाव यो बार जन्मिएको मानिसमा पाइन्छ ।

    बिहीबार जन्मिने मानिसको स्वभाव

    १. बिहीबार जन्मेका व्यक्ति निकै मेधावी, शान्त र निकै समझदार हुने गर्दछन् ।

    २. बिहीबार बृहस्पतीको बार भएको कारणले यो वार जन्मिएका मानिसहरु आदर्श तथा नीतिवान हुन्छन् ।

    ३. बिहीबार जन्मिएका मानिसहरुमा नेतृत्व गर्ने गुण हुन्छ त्यसकारण न्याय, राजनीति ताथ समाजसेवामा काम गर्दछन् ।

    ४. बिहीबार जन्मिएका मानिसहरु मिहेनति हुन्छन् जसको कारण शिक्षा क्षेत्र, बैंक तथा वित्तिय क्षेत्रमा तथा वौद्धिक पेशा व्यवसायमा आफूलाई शानदार तरिकाले स्थापित गराउँदछन् ।

    ५. बिहीबार जन्मिएका मानिसका धेरै साथी हुन्छन् तर साँचो मित्र निकै कम हुन्छन् ।

    ६. बिहीबार जन्मेका व्यक्ति आकर्षक र अन्टेन्सन प्रिय हुने भएका कारण धेरैजसो यिनिहरु प्रेम विवाह गर्छन् । उनीहरुको वैवाहिक जीवन सुखमय हुने गर्दछ ।

    शुक्रबार जन्मिने मानिसको स्वभाव

    १. शुक्रबार जन्मेका व्यक्तिको मन, दिमाग र शरीर निकै राम्रो हुने गर्दछ ।

    २. शुक्रबार शुक्र ग्रहको बार भएको कारणले यिनीहरु रचनात्मक क्षेध जस्तै–लेखन, संगीत, फिल्मी क्षेत्र, मिडिया, खेलजस्ता कुराहरुले आकर्षित गर्ने गर्दछ ।

    ३. यिनीहरु मलिन स्वरले बोल्ने र मिठो मुस्कानका धनी हुने गर्दछन् ।

    ४. यिनीहरु आफ्नो सम्बन्धमा निकै सजक हुन्छन् तर कहिलेकाँही यहि सजकता नै सम्बन्धमा भारी पर्ने गर्दछ ।

    ५. शुक्रबार जन्मिएका मानिसको साथी धेरै भएपनि असल साथी कम हुने गर्दछन् ।

    ६. शुक्रबार जन्मिएकाहरुको सम्पत्ती अधिक हुने गरेपनि वचत कम हुन्छ । यिनीहरु खर्चालु स्वभावका हुन्छन् । यिनीहरुको प्रेम सम्बन्ध धेरै जनासँग हुन्छन् ।

    शनिबार जन्मिने मानिसको स्वभाव

    १. शनिबार जन्मेका व्यक्ति निकै गम्भीर र जिम्मेवार हुने गर्दछन् । मेधावी, वुद्धिमानी स्वभावका हुन्छन् ।

    २. शनिबार जन्मिएका मानिस हाइ प्रोफाइलका समान मन पराउने स्वभावका हुन्छन् । उनीहरुको संगत पनि हाइ प्रोफाइलका व्यक्तिसँग हुने गर्दछ ।

    ३. शनिबार जन्मिएका मानिसहरु काममा निपूर्ण हुन्छन् । यिनीहरको वैवाहिक जीवन सुखमय हुन्छ किनभने यिनीहरु आफ्नो पार्टनरलाई निकै केयर गर्छन् । शनिबार जन्मिएका मानिस सफल हुन्छन् ।

    ४. शनिबार जन्मिएका मानिसहरु खर्चालु हुन्छन् । यिनीहरु विलासी जिवन मनपराउने खालका हुन्छन् ।

    ५. शनिबार जन्मिएका व्यक्तिहरु गित संगितमा बढी रुचि राख्ने हुन्छन् ।

    ६. आफ्नो दैनिक काममा निपूर्ण हुने गरेरै होला शनिबार जन्मिएका मानिसहरु अलि जिद्धी स्वभावका हुन्छन् । आफूले भनेको जस्तै हुनुपर्छ भन्ने बिचार राख्दछन् ।

     

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा
  • महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज
  • देशभर बर्षा र बाढीको चेतावनी
  • आज राष्ट्रीय धान दिवस
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा

    महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज

    देशभर बर्षा र बाढीको चेतावनी

    आज राष्ट्रीय धान दिवस

    आज आइतबारको राशिफल

    पर्सा बार एशाेसिएशनकाे अध्यक्षमा रामनारायण कुर्मी दाेब्बर मतले विजयी

    बलात्कार मुद्दामा आजीवन कारावासको सजाय पाएका भारतीय बाबाको नाममा बजेट विनियोजन

    मेलम्चीमा बस दुर्घटना, चालकसहित आठ जना घाइते

    राजनीतिमा विद्या भण्डारीको ‘कमब्याक’, भनिन्- सदस्यता नवीकरण गरेँ

    एसईईको नतिजा सार्वजनिक, यसरी हेर्नुहाेस् नतिजा

    ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा

    महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज

    देशभर बर्षा र बाढीको चेतावनी

    आज राष्ट्रीय धान दिवस

    आज आइतबारको राशिफल

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा

    News

    महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज

    News

    देशभर बर्षा र बाढीको चेतावनी

    News

    आज राष्ट्रीय धान दिवस

    News

    आज आइतबारको राशिफल

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑