• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    अस्पतालको गेटबाटै फर्काइन्छ बिरामी, भर्ना भए पनि उपचारविनै मृत्यु

  • वीरगंज संजाल
  • १४ भाद्र २०७७, आईतवार १४:३५
  • ३४९३

    विराटनगर । मोरङको पथरीशनिश्चरे नगरपालिका २ की ६२ वर्षीया सानकुमारी राईलाई बल्लतल्ल अस्पताल भर्ना गराइयो । आफन्तले जसोतसो अस्पताल त पुर्‍याए तर, उपचार नपाएपछि उनको मृत्यु भयो ।

    राईमा कोरोना र त्यसको केही लक्षण थिएन । तैपनि कोरोनाका बिरामी राखिने अस्पतालको आइसोलेसन वार्डमा अन्तिम श्वास फेर्नु पर्‍यो । प्रदेश १ का ‘गनिएका र आफूलाई अब्बल’ दाबी गर्ने पाँचवटा अस्पताल पुग्दा र उपचारको समय हुँदासमेत भर्ना नै हुन पाइनन् । अन्तत प्रदेशकै राजधानी विराटनगरको कोसी अस्पतालमा राईको मृत्यु भयो ।

    पिसाब रोकिएर राईलाई बुधबार साँझ निकै अफ्ठ्यारो महसुस भयो । परिवारले हतार-हतार साँझ ८ बजेतिर पथरीको मोरङ डाइग्‍नोस्टिक सेन्टरतर्फ लगे । तर, त्यहाँ उपचार सम्भव हुने देखिएन । चिकित्सकले ठूलो अस्पताल लैजान सुझाव दिए । बिर्तामोडको बीएन्डसी अस्पताल ‘रिफर’ गरिदिए । एम्बुलेन्समा चढाएर बिर्तामोड लगियो । तर, त्यहाँको अस्पतालले ‘भर्ना लिन्‍नौं अन्तै लैजानुस्’ भनिदियो । परिवार बिलखबन्दमा परे । ‘यति ठूलो अस्पतालले त भर्ना लिएन अब कता लैजानु ?’

    एम्बुलेन्स बिर्तामोडबाट फेरि पश्चिमतर्फ हुइँकियो । पथरी-बिर्तामोड-इटहरी र त्यसपछि विराटनगर धाउँदा राति करिब दुई सय किलोमिटर यात्रा गर्नुपर्‍यो । इटहरीबाट एम्बुलेन्स दक्षिण प्रदेश १ को राजधानी विराटनगरतर्फ मोडियो । मध्यराति अर्को ठूलो अस्पताल विराट मेडिकल कलेजको गेटमा पुगेको एम्बुलेन्स भित्र छिर्न पाएन । विराटले पनि भर्ना लिएन । यो अस्पताल विराटनगरबाट माथि धरान-विराटनगर राजामार्गमै टाँसिएको छ ।

    छोरी मेनुका राईले भनिन्, “पिसाब रोकिएको पीडाले आमा एम्बुलेन्समै हर्याक-हर्याक हुन थाल्नुभयो । त्यसपछि मैले चालकलाई हिँड अर्को अस्पताल जाउँ भनें ।” परिवारले विराटनगरकै विराट नर्सिङ होममा बिरामी पुर्‍याए । त्यहाँ पनि भर्ना हुन दिएनन् । फेरि गोल्डेन अस्पताल लगियो । गेटपालेले आकस्मिक कक्षमा प्रवेश निषेध गरे । ‘यहाँ हुँदैन अन्तै जानुहोस्’ भनिदिए ।

    बिहान ४ बजेतिर राईलाई बल्ल सरकारी स्वामित्वको कोसी अस्पताल लगियो । कोसीले पनि भर्ना गर्न मानेन । “बिरामीलाई तलमाथि भए हामी जिम्मेवार हुन्छौ भन्यौं,” छोरी मेनुकाले भनिन्, “त्यसपछि बल्ल आइसोलेसनमा छिराए तर आमा आधाघण्टामै बित्नुभयो ।” उपचार पाइने आशमा रातभर अस्पतालका गेट-गेट चहार्दा-चहार्दै सानकुमारी सदाका लागि बिदा भइन् ।

    उदयपुर बेलका नगरपालिका १ का २३ वर्षीय पदम राईको त एम्बुलेन्समै ज्यान गयो । श्रीमती र बहिनीले रातभर अस्पताल-अस्पताल दौडाए । भर्ना गर्ने प्रयास गरे । तर न कुनै अस्पतालले भर्ना लिए न डाक्टरले नै हेरे । ‘कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएको’ अस्पतालले दाबी गर्दै फर्काएका थिए । तर, उपचार गर्न प्रदेशको राजधानी आउँदासमेत उपचार पाएनन् । रातभर दौडिएर बिहानीपख कोसी अस्पतालको आकस्मिक कक्षअगाडि एम्बुलेन्स अडिएको थियो । त्यहीं उनको सास पनि रोकियो । कोसीले ‘आइसोलेसनमा भर्ना गर्न लाग्दालाग्दै मृत्यु भयो’ भन्दै हलुका प्रस्टीकरण दियो ।

    अस्पताल परिसर छिरेपछि त बाँचिएलका भन्ने लागे पनि पदमको धड्कन अडियो । शरीर एकाएक चिसो भयो । हातगोडा चलेनन् । उनी पनि उपचार नपाई बिते । तर, मृत्युपछि भने पीपीई लगाएका स्वास्थ्यकर्मी आए । एम्बुलेन्सबाट शव झिके । स्वाब लिए । परीक्षण गर्न पठाए । रिपोर्ट नेगेटिभ आयो । सँगै आएका श्रीमती र बहिनीको पनि स्वाब लिइयो । तर कसैमा कोरोना देखिएन । “कोरोना रहेनछ लास घर लैजानुस भन्दै पठाए,” श्रीमतीले भनिन्, “भर्ना गरेर उपचार गरिदिएको भए त मेरा श्रीमान बाँच्‍ने थिए होला । के भएर मरे, मरे पत्तै भएन ।” कोसी अस्पतालको आइसोलेसन वार्डका संयोजक डा. लक्ष्मीनारायण यादव कोरोनाका कारण मिल्दोजुल्दो लक्षण भएका बिरामीलाई तुरुन्त भर्ना गर्न कठिन हुने बताउँछन् । उनी भन्छन्, “आइसोलेसनमा भर्ना गरेर तुरुन्त कोरोना परीक्षण गर्न पठाउँछौं । नेगेटिभ रिपोर्ट आउनेको उपचार सुरु भइहाल्छ । पोजेटिभ हुनेलाई अन्यत्र रेफर गर्छौं ।”

    भदौ ६ गते सुनसरीको कोसी गाउँपालिका २ का अध्यक्ष हीरालाल यादवको अवस्था पनि उस्तै रह्‍यो । उनले पनि उपचार पाएनन् । घरमै हृदयाघात भएपछि परिवारले बीपी प्रतिष्ठान धरान लगे । भर्ना लिइएन । त्यहाँबाट बिर्तामोडको बीएन्डसी लगियो । त्यहाँ पनि उपचार भएन । अन्ततः अस्पताल डुलाउँदा-डुलाउँदै उनको पनि ज्यान गयो । अस्पतालले भर्ना लिएको र समयमै उपचार पाएको भए यादव बच्‍ने थिए भन्दै परिवारले गुनासो गरेका छन् ।

    प्रदेश १ का ठूला अस्पतालले कोरोनाको बाहना बनाएर अन्य रोगीलाई भर्ना नगर्दा अकालमै ज्यान जाने क्रम बढ्दो छ । पहिले कोरोना परीक्षण गराउनुपर्ने भन्‍ने सर्तले अरु रोग लागेकाले उपचारै नपाउने खतरनाक अवस्था बढ्दै गएको छ । यसबारे सरकारले गरेका प्रयाससमेत विफल बनेका छन् । प्रदेश १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेले अस्पतालहरूलाई बिरामी भर्ना गर्न निर्देशन दिए पनि त्यसको पालना हुन सकेको छैन । निजी अस्पतालले कोरोना बहाना बनाएर बिरामी फर्काउने क्रमले मृत्यु हुनेको संख्यासमेत थपिँदो छ ।

    विराटनगरको नोबेल अस्पतालले बन्द इमरजेन्सी सेवा नियमित भएको जनाए पनि कठिन अवस्थाका अन्य रोगीलाई भर्ना हुन त्यहाँ पनि गाह्रो हुने गरेको छ । अस्पतालका प्रबन्धक नारायण दाहालले “बिरामीको अवस्था हेरेर भर्ना लिने र उपचारको व्यवस्था गर्दै आएको” बताएका छन् । तर, नोबेलले पनि बिरामीलाई फर्काउने गरेको छ । दाहाल भन्छन्, “अस्पताल पुगेका बिरामीले उपचार पाउनु उसको अधिकार हो ।”

    तस्बिरः  मृत्युपछि कोरोना पुष्टि भएका एकजना संक्रमितको शव व्यवस्थापन गर्न लैजाँदै नेपाली सेना ।रासस

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • क्यानडामा कपिल शर्माको क्याफेमा गोली प्रहार, प्रहरीले के भन्यो?
  • ट्रम्पको जन्मसिद्ध नागरिकता खारेज गर्ने आदेशमा संघीय अदालतको रोक
  • क्यानडालाई ३५ प्रतिशत भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा
  • हिन्दी फिल्म ‘उदयपुर फाइल्स’लाई नेपालमा रिलिज नगर्न मुस्लिम समुदायको आग्रह
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    क्यानडामा कपिल शर्माको क्याफेमा गोली प्रहार, प्रहरीले के भन्यो?

    ट्रम्पको जन्मसिद्ध नागरिकता खारेज गर्ने आदेशमा संघीय अदालतको रोक

    क्यानडालाई ३५ प्रतिशत भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा

    हिन्दी फिल्म ‘उदयपुर फाइल्स’लाई नेपालमा रिलिज नगर्न मुस्लिम समुदायको आग्रह

    जनमतले सोध्यो दुई केन्द्रीय नेतालाई स्पष्टीकरण

    २० वर्ष पुगेपछि विवाह गरेर सन्तान जन्माउन प्रेरित गर्नुपर्छ : प्रधानमन्त्री

    जनसंख्या संकट रोक्न नीति सुधार र प्रोत्साहनको तयारी

    विदेश भ्रमणमा जाने नेपालीले लैजान पाउने सीमा ३ हजार डलर

    फाइनान्स कम्पनीहरूलाई निक्षेपमा लगाइएको सीमा हट्यो

    ‘शार्क ट्यांक नेपाल’मा एउटै स्टार्टअपसँग ६ करोडको डिल

    क्यानडामा कपिल शर्माको क्याफेमा गोली प्रहार, प्रहरीले के भन्यो?

    ट्रम्पको जन्मसिद्ध नागरिकता खारेज गर्ने आदेशमा संघीय अदालतको रोक

    क्यानडालाई ३५ प्रतिशत भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा

    हिन्दी फिल्म ‘उदयपुर फाइल्स’लाई नेपालमा रिलिज नगर्न मुस्लिम समुदायको आग्रह

    जनमतले सोध्यो दुई केन्द्रीय नेतालाई स्पष्टीकरण

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    क्यानडामा कपिल शर्माको क्याफेमा गोली प्रहार, प्रहरीले के भन्यो?

    News

    ट्रम्पको जन्मसिद्ध नागरिकता खारेज गर्ने आदेशमा संघीय अदालतको रोक

    News

    क्यानडालाई ३५ प्रतिशत भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा

    News

    हिन्दी फिल्म ‘उदयपुर फाइल्स’लाई नेपालमा रिलिज नगर्न मुस्लिम समुदायको आग्रह

    News

    जनमतले सोध्यो दुई केन्द्रीय नेतालाई स्पष्टीकरण

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑