• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    सर्वसाधारणलाई हातमुख जोर्ने चिन्ता, वित्तिय संस्था ब्याज असुल्दै

  • वीरगंज संजाल
  • १४ भाद्र २०७७, आईतवार १३:३६
  • ४१२९

    कैलालीको घोडाघोडी नगरपालिका ११ का पण्डितराम कठरियालाई सहकारीको ब्याज कसरी तिर्ने भन्ने चिन्ता छ। उनले लिएको ऋणको ब्याज असुल्न दैनिकजसो सहकारी संस्थाका कर्मचारी गाउँमा पुग्न लागेपछि उनलाइ यो चिन्ता बढेको हो।

    साना किसान बहुउद्देश्यीय सहकारी संस्था पहलमानपुर शाखाबाट उनले कृषिका लागि डेढ लाख रुपैयाँ ऋण निकालेका थिए। दैनिक ज्यालादारीमा काम गर्दै आइरहेका उनी अहिले आम्दानीको स्रोत पनि नभएको बताउँछन्।

    ‘दुई महिना सरकारले लकडाउन गरयो, अहिले निषेधाज्ञा छ’ उनले भने, ‘मजदूरी पनि गर्न पाएको छैन । अन्न बेचुँ भने त्यो पनि अहिले उब्जनी भएको छैन।’ उनले घरमै खानेकुरा अभाव भइरहेका बेला सहकारीले ब्याज असुल गरिरहेको बताए। उनीबाट अहिले सहकारीले मासिक १० हजार रुपैयाँका दरले ब्याज तिनुपर्ने दबाब दिइरहेको छ। उनले भने, ‘गाउँमै सहकारीले ब्याज असुलका लागि भेला गरिरहेको छ। कसरी तिर्ने भन्ने चिन्ता छ ।’

    सरकारले लकडाउन जारी गरेपछि घरधनीलाई भाडा मिनाह गर्न आग्रह गरेको थियो। सोही अनुसार घरधनीले पनि मिनाहा गर्ने प्रतिक्रिया दिएका थिए। एक घरधनीले भने, ‘घरभाडा त मिनाहा गर्ने भनेका थियौं तर, बैंकले हामीलाई कुनै राहत दिएन। जसका कारण मैले पनि घरभाडा मिनाहा गर्न सक्दिनँ। ’

    धनगढीका एक व्यापारीले बैंकले ब्याजमा केही छुट दिए घरभाडा मिनाहा गर्न तयार रहेको बताए। कैलाली उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष पुष्कर ओझाले व्यापार व्यवसाय पूर्ण रुपमा बन्द भएको अवस्थामा बैंकहरुले ब्याज असुल गरिरहेको बताए।

    ओझाले लकडाउनमा पनि बैंकले जानकारीनै नदिई खाताबाट पैसा तानेको बताए । उनले भने, ‘लकडाउनमा पनि बैंकले ब्याज असुल गरेकै थियो। लकडाउन खुकुलो भएसँग झन् बैंकलाई ब्याज असुल गर्न छुट भयो। अहिले निषेधाज्ञामा पनि बैंकहरुले ब्याज तिर्न ताकेता गरिरहेका छन्।’ उनले बैंकका कारण घरधनीले पनि घरभाडा मिनाहा नगरेको गुनासो गरे।

    उनले लकडाउन र निषेधाज्ञाका कारण व्यापार व्यवसाय धरासायी भएकाले सरकारलाई सावाँ र व्याजमा छुट गर्नुका साथै व्यापार सञ्चालन गर्न अनुदान दिनुपर्ने बताए।‘यो अवस्थामा व्यवसायीले कसरी बैंकलाई सावा व्याज तिर्न सक्छन्’, उनले प्रश्न गरे ।

    सहकारी र निजी बैंकबाट ऋण लग्दै किसान
    घोडाघोडी नगरपालिकामा अहिलेसम्म राष्ट्रिय वाणिज्य बैंकको शाखा छैन । त्यहाका किसान तथा व्यापारी पैसा आवश्यक परे निजी नीजि बैंक तथा सहकारीमा पुग्छन।

    स्थानीय पण्डितराम कठरियाले भने, ‘यहाँका सहकारीले राष्ट्र बैंकसँग झण्डै आठ प्रतिशतमा ऋण लग्छ तर, हामीबाट १५ प्रतिशत ब्याजमा ऋण दिन्छ ।’ वाणिज्य बैंकको शाखा घोडाघोडीमा भएको भए किसान तथा व्यापारीहरुलाई राहत हुने उनको भनाइ छ।

    कैलालीमा वाणिज्य बैंक अहिले सात वटा स्थानीय तहमा पुगेको छ। कैलालीको धनगढी उपमहानगरपालिका, गोदावरी, गौरिगंगा, भजनी, लम्की, टीकापुर नगरपालिका र कैलारी गाउँपालिकामा राष्ट्रिय वाणिज्य बैंकका शाखा छन्

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट
  • नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण
  • कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न
  • बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल

    लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    News

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    News

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    News

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    News

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑