• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / विश्व

    चिनियाँ कम्पनीले तोक्‍यो कोभिड-१९ खोपको मूल्य, ‘डिसेम्बरदेखि बिक्री गरिने’

  • वीरगंज संजाल
  • १३ भाद्र २०७७, शनिबार १४:०२
  • ३३५३

    । चीनको वुहानबाट सन् २०१९ डिसेम्बरबाट सुरु भएको नोभेल कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि विश्वभरका मुलुकहरुले लकडाउन र कोभिड कर्फ्यु जारी गरेका छन् । सामाजिक दूरी, अनिवार्य मास्क, स्यानिटाइजरको प्रयोगलगायत स्वास्थ्य मापदण्डहरु बनाइएका छन् ।

    चिकित्सा विज्ञहरुले खोपको सहज उपलब्धता नहुँदासम्म कोरोना भाइरसको संक्रमण पूर्ण नियन्त्रणमा आउन नसक्ने चेतावनी दिइरहेका छन् । विश्वभरका शक्ति राष्ट्रहरु भने खोप पहिला कसले विकास गर्ने भन्‍ने प्रतिस्पर्धामा छन् । यसअघि रुसले आफूले विश्वकै पहिलो कोरोनाविरुद्धको खोप बनाएको दाबी गरेको थियो ।

    तर, पश्‍चिमा शासक, चिकित्सा विज्ञ र वैज्ञानिकहरुले भने उक्त खोप सुरक्षित नभएको र खोप विकासमा सम्पूर्ण चरणका लागि अपनाउनुपर्ने मापदण्डको पालना नभएको बताएका थिए । रुसी राष्ट्रपति भलाद्‌मिर पुटिनले भने आफ्नो छोरीलाई उक्त खोप दिएको बताएका थिए भने स्वास्थ्य मन्त्रालयले आपतकालीन प्रयोगमा खोप आएको दाबी गरेको थियो ।

    गत साता राष्ट्रिय स्वास्थ्य आयोगका प्रमुख चेङ चोङवेइले सीसीटीभीसँगको कुराकानीमा परीक्षणको तेस्रो चरणमा रहेको कोरोनाविरुद्धको खोप आफूले उच्च जोखिम भएका समूहलाई जुलाईदेखि नै लगाउँदै आएको दाबी गरेका थिए । उता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि चाँडै खोप विकास गरेर कोरोना नियन्त्रण गर्न नसकेको आलोचनात्मक स्वरलाई जवाफ दिँदै आफ्नो राष्ट्रपति निर्वाचनलाई प्रभावित पार्ने रणनीतिअनुरुप खोप विकासलाई तीव्रता दिन निर्देशन दिएका छन् ।

    चीन भने विश्वका अन्य मुलुकभन्दा आफूले अगाडि खोप विकास गर्ने प्रतिस्पर्धाको प्रयासमा छन् । उसले आफ्नो खोप विकासमा भइरहेको निरन्तरको प्रगतिबारे सार्वजनिक जानकारी गराउँदै आएको छ । चिनियाँ सञ्‍चारमाध्‍यमले गत साता विकासको क्रममा रहेको एउटा खोपको तस्बिर सार्वजनिक गरेको थियो । तस्बिरमा प्रयोगशालामा एउटी महिलाले खुसी हुँदै एउटा सानो बाकस समातेकी छन् ।

    विश्वभर तेस्रो चरणमा रहेको परीक्षणमा क्रममा रहेका ६ वटा खोपमध्ये तीनवटा चिनियाँ हुन् । यस चरणमा खोपको बृहत् परीक्षण आवश्यक हुन्छ । तेस्रो चरणको परीक्षणमा रहेको एउटा खोप चिनियाँ फर्मासिटिकल कम्पनी सिनोफार्मले विकास गरिरहेको खोप हो । सिनोफार्मले डिसेम्बरसम्ममा खोप बजारमा ल्याउने विश्वसा व्यक्त गरेको छ । उसले  खोप मूल्य १४० अमेरिकी डलर अर्थात् १०६ युरो तोकेको छ । यो भनेको करिब १६ हजार ५०० नेपाली रुपैयाँ पर्छ ।

    तेस्रो चरणको परीक्षणका लागि चीनले कोरोना भाइरसका बढी संक्रमित मुलुकहरुसँग समन्वय गरिरहेको छ । बृहत् परीक्षणमा सफलता प्राप्त गरेपछि मात्रै खोप सफल भएको मानिन्छ । यसका लागि चीन आफ्नै देशमा आवश्यकताअनुसार खोप परीक्षण गर्ने नसक्ने अवस्थामा छ । किनभने चीनमा कोरोना भाइरसको संक्रमण नियन्त्रणमा छ र परीक्षणका लागि संक्रमितको संख्या निकै न्यून छ ।

    हङकङ विश्वविद्यालयको पब्लिक स्कुल अफ हेल्थका प्राध्यपक बेन काउलिङले भने, “तेस्रो चरणमा रहेका सबै खोप निर्माताहरू हजारौं व्यक्तिमाथि गरिने परीक्षणका लागि कोरोना भाइरस संक्रमण उच्च भएका स्थान खोजिरहेका छन् । मलाई लाग्छ अहिले तेस्रो चरणमा परीक्षण भइरहेका खोपहरू प्रभावकारी हुने धेरै राम्रो सम्भावना छ ।”

    उनले थपे, “डिसेम्बरसम्ममा बजारमा केही खोपहरू आउन सक्छन्। तर आवश्यक पर्ने ठूलो मात्रामा उपलब्ध हुन्छन् कि हुँदैनन् भन्ने मलाई थाहा छैन ।” सन् २०२१ को ग्रीष्मतिर सबै नागरिकलाई कोभिड-१९ को खोप दिन सकिने उनको विश्‍वास छ ।

    खोप कूटनीति र प्राथमिकता
    चीनले खोप विकास गरेमा के गर्छ भन्‍ने कुरा स्पष्ट छैन । अमेरिका, बेलायतलगायत मुलुकहरुले खोप विकास भए सुरुमा आफ्ना नागरिकलाई खोप दिने बताइरहेको साउथ चाइना मर्निङ पोस्टले जनएको छ ।

    चीनको कोरोना भाइरस नियन्त्रयणसम्बन्धी प्रतिवेदनमा भने कोभिड-१९ को खोप चीनमा विकास र प्रयोग गरेपछि विश्वव्यापी जनस्वास्थ्य उत्पादनको रूपमा प्रयोग गरिने उल्लेख छ ।

    कोरोना नियन्त्रणका लागि चीन असफल भएको भन्दै संयुक्त राज्य अमेरिका, बेलायत, अस्ट्रेलियालगायतका मुलुकहरुले आलोचना गरिरहेका बेला चीनले आफूमाथिको आलोचनालाई कम गर्ने खोपमा विश्वव्यापी पहुँच उपलब्ध गराउने रणनीति लिएको जनाइएको छ ।

    यसअघि चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता हुवा चुनियाङले भनेका थिए, “चीनले खोपमा अन्य मुलुककोजस्तो एकाधिकार खोज्‍दैन र खोप आफू मात्रै उत्पादन गरेर आफूलाई मात्र राख्‍ने छैन ।”

    चीनले आफूले उत्पादन गरेको खोप ‘ग्लोबल पब्लिक गुड्स’ हुने बताइरहेको छ । चिनियाँ कूटनीतिज्ञहरूले पनि नेपाल, अफगानिस्तान, पाकिस्तान र फिलिपिन्सलाई चीनले विकास गरेको खोपको पहिलो प्राथमिकतामा राख्‍ने आश्‍वासन दिएको साउथ चाइना मर्निङ पोस्टले जनाएको छ ।

    चीनले छिमेकी मुलक र अफ्रिका राष्ट्रहरूलाई चीनबाहिर खोप पठाउँदा ती देशहरूले पहिले पाउने संकेत गरेको बीबीसीले जनाएको छ ।

    एक वरिष्ठ युरोपेली कूटनीतिज्ञले सर्बिया र इटलीमा चीनले स्वास्थ्यसामग्री पठाएको सम्झिँदै चीनले आफ्नो प्रचारका लागि खोपको प्रयोग गर्न सक्ने बताए । खोप निर्माण गरेपछि प्राप्त हुने प्रभावकारी स्थानबाट फाइदा लिन चीनले रणनीतिक योजना बनाउने ती कूटनीतिज्ञको बुझाइ छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • सिलाई मेसिनसहित प्रमाणपत्र वितरण गर्दै अध्यक्ष यादवद्वारा महिला सशक्तिकरणमा जोड
  • सर्लाहीमा बाटो विस्तारको विषयमा विवाद, प्रहरीले चलायो गोली
  • कारागारबाट रविको सन्देश–रास्वपाको उदयबाट अत्तालिएकाले मलाई सिध्याउन भयानक षड्यन्त्र रचे
  • चितवन दुर्घटना : यस्तो छ मृतक र घाइतेहरूको विवरण (सूची)
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    सिलाई मेसिनसहित प्रमाणपत्र वितरण गर्दै अध्यक्ष यादवद्वारा महिला सशक्तिकरणमा जोड

    सर्लाहीमा बाटो विस्तारको विषयमा विवाद, प्रहरीले चलायो गोली

    कारागारबाट रविको सन्देश–रास्वपाको उदयबाट अत्तालिएकाले मलाई सिध्याउन भयानक षड्यन्त्र रचे

    चितवन दुर्घटना : यस्तो छ मृतक र घाइतेहरूको विवरण (सूची)

    अहिलेको सरकार देशको सम्पत्ति लुटेर विदेश पुर्याउने भगौडा दलालहरूको पक्षधर हो : प्रभु साह

    अन्तर्राष्ट्रिय योग दिवसमा बीरगञ्जमा भव्य योग कार्यक्रम सम्पन्न

    गोलबजारमा युवतीद्वारा युवकमाथि डेरामै छुरा प्रहार, प्रेम सम्बन्धबाट उत्पन्न विवादको आशंका

    पर्सा–३ मा रुपेश पाण्डे : उदाउँदो राजनीतिक तारा किशोरदेखि युवासमूहसम्मको रोजाइ, ज्येष्ठ नागरिकको भरोसा बटुल्दै

    बाँकेमा अगुवा कार्यकर्ता भेटघाट कार्यक्रम सम्पन्न : मन्त्री राजकुमार गुप्ताको संगठन सुदृढीकरणमा जोड

    अमेरिकाले फेरि विदेशी विद्यार्थीहरूलाई भिसा दिने प्रक्रिया सुरु गर्ने, तर शर्त पालना गर्नुपर्ने

    सिलाई मेसिनसहित प्रमाणपत्र वितरण गर्दै अध्यक्ष यादवद्वारा महिला सशक्तिकरणमा जोड

    सर्लाहीमा बाटो विस्तारको विषयमा विवाद, प्रहरीले चलायो गोली

    कारागारबाट रविको सन्देश–रास्वपाको उदयबाट अत्तालिएकाले मलाई सिध्याउन भयानक षड्यन्त्र रचे

    चितवन दुर्घटना : यस्तो छ मृतक र घाइतेहरूको विवरण (सूची)

    अन्तर्राष्ट्रिय योग दिवसमा बीरगञ्जमा भव्य योग कार्यक्रम सम्पन्न

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    सिलाई मेसिनसहित प्रमाणपत्र वितरण गर्दै अध्यक्ष यादवद्वारा महिला सशक्तिकरणमा जोड

    News

    सर्लाहीमा बाटो विस्तारको विषयमा विवाद, प्रहरीले चलायो गोली

    News

    कारागारबाट रविको सन्देश–रास्वपाको उदयबाट अत्तालिएकाले मलाई सिध्याउन भयानक षड्यन्त्र रचे

    News

    चितवन दुर्घटना : यस्तो छ मृतक र घाइतेहरूको विवरण (सूची)

    News

    अन्तर्राष्ट्रिय योग दिवसमा बीरगञ्जमा भव्य योग कार्यक्रम सम्पन्न

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑