नुहाउदा प्रयोग गरिने रुमाल दोस्रो पटक पनि प्रयोग गर्न सकिन्छ? कति पटककाे प्रयोगपछि रुमाल धुनुपर्छ ?
रुमालको बनावट नै यस्तो छ कि त्यसमा सजिलै ब्याक्टेरिया बस्न सक्छ। दोसो कुरा रुमाल धेरैसमय घुलनशील हुने गर्छ। यसले व्याक्टेरियालाई बढाउनको लागि अनुकुल वातावरण मिलाउँछ।
अध्ययनले के भन्छ ?
ल्याब परीक्षणको दावी के हो ?
बाथरुममा प्रयोग गर्ने केही थान रुमाल ल्याबमा परीक्षण गरेको मध्ये १४ प्रतिशत रुमालमा कोलिफार्म ब्याक्टेरिया भेटिएको थियो । कोलीफर्म व्याक्टेरियाका कारण विभिन्न रोगको संक्रमणको खतरा रहन्छ।
कतिको घातक हुन्छ रुमाल ?
साधारणतया यसले खासै नोक्सानी पु–याउँदैन । तर शरीरमा रोग प्रतिरक्षा प्रणाली कमजोर भइरहेको अवस्थामा भने यसमा रहेको व्याक्टेरियाले संक्रमणको खतरा निम्त्याउँछ ।
के रुमाल प्रयोग गर्न मिल्छ ?
साझा रुमाल कहिल्यै प्रयोग गर्नुहुँदैन । जसको कारण ब्याक्टेरिया शरीरमा सजिलै प्रवेश गर्न सक्छ । रुमाललाई नियमितरुपमा बानी गर्नुपर्छ । रुमालमा ब्याक्टेरिया कम गर्नुको यही एउटा मात्रै विकल्प हो । धोएपछि रुमाललाई राम्ररी घाममा सुकाउनुपर्छ ।
कतिपटक धुनपर्छ रुमाल ?
हरेक दुई दिनमा एकचोटी रुमाल धुनुपर्छ । रुमाल धोएपछि घाममा पुरै सुकाएपछि त्यसबाट ब्याक्टेरिया फैलिने सम्भावना हुँदैन ।
रुमाल प्रयोग गर्नबाट कसरी बच्न सकिन्छ ?
रुमाल गनाइरहेको छ भने त्यसको प्रयोग कहिल्यै गर्नुहुँदैन । गनाउनु भनेकै जीवाणु बृद्धिको संकेत हो ।एजेन्सी