• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    चरम अभाव रहेको युरिया मल नेपाल आइपुग्यो, कसरी हुन्छ वितरण ?

  • वीरगंज संजाल
  • १२ भाद्र २०७७, शुक्रबार १४:३२
  • ५५८५

    धान रोपाईं सकिएको एक महिनामा किसानलाई युरिया मलको आवश्यकता पर्ने भए पनि यो वर्ष मुलुक भर नै किसानले चरम अभाव झेल्नु परेको छ। खेतमा मल हाल्न बितिसक्दा पनि सरकारले युरिया मल उपलब्ध गराउन नसक्दा किसान चिन्तित बनेका छन् भने मल लिनको लागि कोरोना भाइरसको प्रवाह नै नगरि घण्टौं लाइनमा बसेका छन् ।

    सरकारसँग मलको मौज्दात नभएको र कोरोना भाइरसका कारण आयात गर्ने अवस्थामा रहेको मल पनि भारतमा नै रोकिएकाले अभाव भएको कृषि मन्त्रालयले जनाउँदै एक महिनामा ल्याउने बताएको थियो ।

    अहिले साल्ट ट्रेडिङ कर्पोरेशनले आयात गर्न लागेको मध्ये २५ सय टन युरिया मल मंगलबार वीरगञ्ज आइपुगेको छ । वीरगञ्ज आइपुगेको मल मोरङ, सुनसरी, झापा, राजविराज, पोखरा, रौतहट, सिन्धुली, मकवानपुर लगायतका १० जिल्लामा वितरण गरिने भएको छ।

    भारतको कोलकतामा आएर रोकिएको मल मध्ये १३ सय टन युरिया मल विराटनगरका लागि हिंडेको र त्यसमध्ये ६ सय टन मल विराटनगरमा आइपुगेको साल्ट ट्रेडिङले जनाएको छ । कर्पोरेशनको गतवर्षको थप कोटा २१ हजार ५ सय टन र चालू आवको ११ हजार ६ सय टन मल गरी ३२ हजार १ सय टन युरिया मल कलकत्तामा लकडाउनका कारण करिब ३ महिनादेखि अड्किएको थियो। लकडाउन खुकुलो भएसँगै मल नेपाल भित्रन सुरू गरेको छ। करिब ३ हप्तामा सबै मल कलकत्ताबाट हिंडिसक्ने कृषि तथा पशुपंक्षी मन्त्रालयका प्रवक्ता डा हरिबहादुर केसीले बताएका छन् ।

    त्यसपछि भने कृषि सामग्री कम्पनी लिमिटेडको मल आउन सुरु हुने कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले जनाएको छ। कर्पोरेशनले लकडाउनमा अड्किएको ५० हजार टन डिएपी मल मध्ये ६ हजार टन काम नलाग्ने भएकाले नल्याइएको जानकारी दिएको छ।

    यो वर्ष धान खेतीको लागि मल चरम अभाव भयो । नेपालको मल आयात गर्ने प्रमुख संस्था कृषि सामग्री केन्द्रले मल उपलब्ध गराउन नसक्दा देशभर भएको धान खेतीले मल पाउन सकेन। कृषि सामग्री केन्द्रले आयात गर्ने मल आउने अत्तोपत्तो अझैसम्म छैन । साल्ट ट्रेडिङले भने हरेक वर्ष समयमा नै मल उपलब्ध गराउँदै आएको छ । यो वर्ष भने कोरोना संक्रमण र त्यसपछि भएको विश्वव्यापी लकडाउनका कारण साल्ट ट्रेडिङको मल आउन पनि केही ढिलाइ छ।

    गत आर्थिक वर्षमा साल्ट ट्रेडिङले ९७ हजार ५ सय मेट्रिक टन रासायनिक मल आयातको कोटा पाएको थियो । त्यसमा पछि सरकारले थप डीएपी २५ हजार मेट्रिकटन र युरिया २१ हजार मेट्रिक टन आयात गर्न कृषि तथा पशुपन्छी मन्त्रालयले अनुमति दियो । कृषि सामग्री केन्द्रको मल आयात नै नहुनु र साल्ट ट्रेडिङको पनि केही मल आयात नहुनुले अहिलेसम्म पनि देशभर मल अभाव नै छ । तर धानमा मल हाल्ने समय भने घर्किएको छैन।

    मल वितरण गर्ने समय तालिका किसानलाई उपलव्ध गराइने

    सरकारले आयात भएसँगै मल वितरण गर्ने समय तालिका किसानलाई उपलव्ध गराउने भएको छ । कोरोना भाइरस संक्रमण बढ्ने जोखिमसँगै मल वितरणको भीडभाड हुन नदिन ठाउँ अनुसारका किसानका लागि छुटछुट्टै मल वितरण गर्ने समय तालिका उपलव्ध गराउने भएको हो ।

    कृषि तथा पशुपन्छी विकास मन्त्रालय अन्तर्गत कृषि सामग्री व्यवस्थापन तथा प्रविधि शाखाले साल्ट्र ट्रेडिङ कर्पोरेशन र कृषि सामग्री कम्पनीसहित मातहतका निकायलाई आग्रह गरेको छ। मल वितरण गर्ने ठाउँमा किसानको अनिवार्य रुपमा प्रि-स्क्रिन टेस्ट (शरिरको तापक्रम नाप्ने, लक्षण पहिचान गर्ने) तथा व्यक्ति अभिलेख राख्ने जनाइएको छ ।

    कृषि सहकारी, मल विक्रेता तथा सेवाग्राही किसानले पनि कोरोनाबाट जोगिन न्युनतम स्वास्थ्य मापदण्ड अपनाउनु पर्ने मन्त्रालयले जनाएको छ । कृषि मन्त्रालयले संक्रमणको जोखिम न्यूनीकरण गर्न मल आयात, ढुवानी तथा वितरणका लागि कोभिड–१९ सम्बन्धी सुरक्षा विधि समेत सार्वजनिक गरेको छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • यी हुन् मुखको दुर्गन्ध हटाउने १० घरेलु उपाय
  • ‘नर्मल डेलिभरी’ चाहनेले ध्यान दिनुपर्ने पाँच कुरा
  • नेपालमा रेल सेवाको विकास र विस्तारमा लगानी गर्न मन्त्री दाहालको आग्रह
  • के विश्वभरि नै शुक्रकीटको गुणस्तर खस्किरहेको हो ?
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    यी हुन् मुखको दुर्गन्ध हटाउने १० घरेलु उपाय

    ‘नर्मल डेलिभरी’ चाहनेले ध्यान दिनुपर्ने पाँच कुरा

    नेपालमा रेल सेवाको विकास र विस्तारमा लगानी गर्न मन्त्री दाहालको आग्रह

    के विश्वभरि नै शुक्रकीटको गुणस्तर खस्किरहेको हो ?

    सुन्दर छालाका लागि पिउनुहोस् चिया

    आजको राशिफल

    डिजिटल मिडियालाई कारबाही गर्ने काउन्सिलको निर्णय सदर

    बेलायतको श्रम बजारमा मन्दीको संकेत: तलब वृद्धिमा गिरावट, बेरोजगारी दरमा वृद्धि

    📱 CMF Phone 1 Price in Nepal

    मुख्यमन्त्री सिंहद्वारा सामुदायिक विद्यालयमा अनुगमन

    ‘नर्मल डेलिभरी’ चाहनेले ध्यान दिनुपर्ने पाँच कुरा

    नेपालमा रेल सेवाको विकास र विस्तारमा लगानी गर्न मन्त्री दाहालको आग्रह

    के विश्वभरि नै शुक्रकीटको गुणस्तर खस्किरहेको हो ?

    आजको राशिफल

    डिजिटल मिडियालाई कारबाही गर्ने काउन्सिलको निर्णय सदर

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    यी हुन् मुखको दुर्गन्ध हटाउने १० घरेलु उपाय

    News

    ‘नर्मल डेलिभरी’ चाहनेले ध्यान दिनुपर्ने पाँच कुरा

    News

    नेपालमा रेल सेवाको विकास र विस्तारमा लगानी गर्न मन्त्री दाहालको आग्रह

    News

    के विश्वभरि नै शुक्रकीटको गुणस्तर खस्किरहेको हो ?

    News

    सुन्दर छालाका लागि पिउनुहोस् चिया

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑