• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    ‘नक्कली सगरमाथा आरोही’ लाई प्रतिष्ठित पुरस्कार

  • वीरगंज संजाल
  • १२ भाद्र २०७७, शुक्रबार १२:००
  • २६७७

    नयाँदिल्ली | भारत सरकारले पर्वतारोहणका क्षेत्रमा महत्त्वपूर्ण योगदान पुर्‍याउनेहरूका लागि दिँदै आएको प्रतिष्ठित तेन्जिङ नोर्गे नेसनल एड्भेन्चर अवार्ड विवादमा तानिएको छ । हिमाल आरोहण र साहसिक पर्यटन क्षेत्रमा निकै प्रतिष्ठित मानिएको यो पुरस्कार सगरमाथा चढेको दाबी गरेका नरेन्द्र सिंहलाई दिने भारत सरकारको घोषणा विवादास्पद बनेको हो ।

    नरेन्द्रलाई पुरस्कार दिने भारत सरकारको निर्णयप्रति भारतीय आरोहीहरूले आश्चर्य प्रकट गरेका छन् । यस वर्ष सिंहसहित अन्य ६ जनाले यो पुरस्कार पाउँदै छन् । जसमा सगरमाथा आरोही अनिता कुन्डु पनि छिन् । उनी दक्षिणी र उत्तरी मोहडाबाट सगरमाथा चढ्ने पहिलो भारतीय महिला हुन् । उनीहरूलाई आगामी अगस्ट २९ मा राष्ट्रपति रामनाथ कोविन्दले पुरस्कार दिने कार्यक्रम रहेको छ ।

    भारतको हरियाणा राज्यका नरेन्द्र तिनै व्यक्ति हुन्, जसमाथि २०१६ मे २० मा विश्वको उच्च शिखर सगरमाथा आरोहणको झूटो दाबी पेस गरेर प्रमाणपत्र लिएको आरोप लागेको छ । उनको आरोहणमाथि सुरुदेखि नै प्रश्न उठ्दै आएको छ । त्यही भएर आरोहण क्षेत्रमा सम्बद्धहरूले शंकाको निवारण नहुँदै यस क्षेत्रकै प्रतिष्ठित पुरस्कार दिइनु तेन्जिङ नोर्गे शेर्पाकै अपमान भएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नरेन्द्रलाई पुरस्कारको घोषणा हुनासाथ सामाजिक सञ्जाल र सञ्चारमाध्यमहरूले उक्त निर्णयप्रति व्यापक असन्तुष्टि व्यक्त गरेका छन् । नरेन्द्रको दाबीमाथि भारत र नेपाल सरकार दुवैले गम्भीरतापूर्वक छानबिन गर्न मागसमेत उठेको छ ।

    त्यस्तो माग पर्नेमा पर्छन् भारतका चर्चित पर्वतारोही कुन्टल जोयसर । सगरमाथालगायत विश्वका २ दर्जनभन्दा बढी शिखरको आरोहण गरिसकेका जोयसरले प्रमाणपत्र नक्कली र सक्कली यकिन गर्ने आफ्नो काम नभए पनि विवादास्पद विषय टुंगोमा नपुगी पुरस्कार दिनु आश्चर्यजनक भएको बताए । ‘पुरस्कारबारे सुन्नासाथ म त स्तब्ध भएँ, कसरी यति ठूलो पुरस्कार यस्तो व्यक्तिलाई दिने निर्णय गरियो ?, कम्तीमा छानबिन गरेर टुंगोमा पुगेपछि गरेको भए हुने हो,’ उनले भने ।

    उनले नरेन्द्रको पृष्ठभूमि र मिडियामा आएका सूचनाहरूलाई हेर्दा उनले सगरमाथा चढेको विश्वास गर्ने आधारहरू नभएको जिकिर गरे । ‘टिम लिडरदेखि उद्धार गर्नेसम्मले होइन भनेका छन्, त्यसमाथि उनले त्यसअघि कुनै ठूला हिमाल चढेको प्रमाण पछि छैन,’ जोयसरले भने । नरेन्द्रलाई पुरस्कार दिने खबर सार्वजनिक भएपछि उनको आरोहणमाथि नै प्रश्न उठाउँदै भारतीय अंग्रेजी दैनिक मिड–डेले बिहीबारको संस्करणमा खोजमूलक समाचार प्रकाशित गरेको छ । लामो समयदेखि पर्वतारोहण क्षेत्रमा कलम चलाउँदै आएकी पत्रकार अनुशा सुब्रमन्यमको खोज समाचारमा नरेन्द्रको आरोहणको दाबीलाई तथ्यसहित गलत दाबी गरिएको छ । हरियाणाका नरेन्द्रले २०१६ मे २० मा सगरमाथा आरोहण गरेको दाबी गरेका थिए । तर, उनकै आरोहण दलका नेता नवकुमार फुकोनले नरेन्द्रले आरोहण गर्न असफल भएपछि बीचबाटोबाटै उद्धार गरिएको खुलासा गरेका छन् ।

    ‘नरेन्द्र र म चौथो क्याम्पमा थियौं । उनले पर्याप्त अक्सिजन नभएको भनेपछि उनलाई तल झर्न सल्लाह दिएको थिएँ,’ फुकोनलाई उद्धृत गर्दै मिड–डेले लेखेको छ । उनले तिनै नरेन्द्रलाई पुरस्कार दिन लागेको सुनेर आफू आश्चर्यचकित भएको बताए । फुकोनले जस्तै अर्को आरोही रमेश रोयले मिड–डेसँगको कुराकानीमा नरेन्द्रलाई आरोहण गर्न सकिन भन्दै चौथो क्याम्पमा रोइरहेको देखेको तर, पछि काठमाडौंमा प्रमाणपत्र देखाउँदा आफू आश्चर्यमा परेको बताएका छन् ।

    नरेन्द्रलाई उद्धार गर्ने लाक्हा शेर्पाले समेत उनको आरोहणको दाबी गलत भनेका छन् । ‘नरेन्द्र सिंहले सगरमाथा आरोहण गर्न नसकेर ८ हजार ४ सय मिटरबाट हाम्रै टोलीले उद्धार गरेको हो । तर, पछि जब प्रमाणपत्र देखेँ म त छक्कै परेँ,’ शेर्पालाई उद्धृत गर्दै मिड–डेले लेखेको छ ।

    भारतीय आरोहीमाथि नक्कली आरोहणको आरोप लागेको यो पहिलो घटना होइन । यसअघि सन् २०१६ मै महाराष्ट्र प्रहरीमा कार्यरत दिनेश राठोड र तर्केश्वर राठोडले पनि आरोहणको नक्कली प्रमाण पेस गरेर नेपाल पर्यटन विभागबाट सगरमाथा आरोहण गरेको प्रमाणपत्र हात पारेका थिए । तर, पछि भारतीय आरोही सत्यरूप सिद्धार्थले राठौड दम्पतीले आफ्नो फोटा चोरेर सगरमाथा आरोहण गरेको झूटो दाबी गरेपछि उनीहरूको ‘बदमासी’ बाहिर आएको थियो । उक्त झूटलाई पनि अनुशाले नै पहिलो पटक भारतीय मिडियामार्फत बाहिर ल्याएकी थिइन् । त्यसपछि विभागले गरेको छानबिनमा उनीहरूले पेस गरेको प्रमाण झूटो सावित भएपछि प्रमाणपत्र रद्द गर्दै उनीहरूलाई दस वर्षसम्म नेपालमा पर्वतारोहण गर्न प्रतिबन्ध लगाइएको थियो ।

    पत्रकार अनुशाले नरेन्द्रको आरोहणमाथि पनि आफूले सुरुदेखि नै प्रश्न उठाउँदै आए पनि प्रमाण जुटाउन समय लागेको बताइन् । ‘मलाई राठौड दम्पतीको खोज गर्दा नै नरेन्द्रको पनि आरोहण झूटो हो भन्ने थाहा भएको थियो, त्यतिबेला घटना थाहा पाएकाले पनि उनीविरुद्ध बोल्न मानेका थिएनन् । अहिले आएर मात्र प्रमाण जुट्यो,’ उनले भनिन् ।

    राठौड दम्पतीले आरोहण गरेकै वर्ष नरेन्द्रले पनि सगरमाथा आहरोहण गरेको दाबी गर्दै आरोहणसम्बन्धित तस्बिरहरू पेस गरेर प्रमाणपत्र लिन सफल भएका थिए । उनी सेभेन समिट्स ट्रेकबाट सगरमाथा आरोहणमा गएका थिए । नरेन्द्रले विभागमा दिएको जानकारी र पेस गरेका तस्बिरहरूमाथि आरोहणका जानकारहरूले सुरुदेखि नै प्रश्न उठाएका छन् । यस विषयमा नेपालका सञ्चारमाध्यम मात्र नभएर भारतीय सञ्चारमाध्यमहरूले पनि धेरैपटक खोजमूलक सामग्री प्रकाशित गरिसकेका छन् । कान्तिपुर मिडियाको सहप्रकाशन नेपाल साप्ताहिकले नरेन्द्रले सगरमाथा चढेको विवाद पहिलोपटक सार्वजनिक भएलगत्तै यससम्बन्धमा खोजमूलक सामग्री नै प्रकाशन गरेको हो ।

    जसमा तथ्यसहित नरेन्द्र सिंहले सगरमाथा चढेको दाबीसहित सार्वजनिक गरेको तस्बिर नक्कली भएको दाबी गरिएको थियो । तर, विभागले त्यस विषयमा थप छानबिन गरेन । जसले गर्दा नरेन्द्रले आफूलाई सगरमाथा आरोहीका रूपमा चिनाउँदै आएका छन् । त्यही प्रमाणपत्रका आधारमा भारत सरकारले उनलाई प्रतिष्ठित पुरस्कार दिने निर्णय गरेको हो ।

    भारतमा नरेन्द्रको घटनालाई पुरस्कारसँगै नेपाल सरकारले जारी गर्ने आरोहणको प्रमाणपत्रको विश्वसनीयतासँग पनि जोडेर हेरिएको छ । त्यही भएर पनि यस विषयलाई नेपाल सरकारले गम्भीरतापूर्वक लिनुपर्ने आरोहण सम्बद्धहरूको भनाइ छ । केहीले त पर्यटन विभागको भूमिकामाथि नै प्रश्न उठाएका छन् । पत्रकार अनुशाले पनि पछिल्लो विवादलाई आफूले पुरस्कारको कोणबाट भन्दा पनि नक्कली आरोहणका हिसाबले गम्भीरतापूर्वक लिएको जिकिर गरिन् । साथै उनले नेपाल सरकारले यो विषयलाई गम्भीरतापूर्वक लिँदै तत्काल छानबिन सुरु गर्नुपर्ने बताइन् ।

    ‘यो घटनाको छानबिन नभएको खण्डमा नेपालले जारी गर्ने प्रमाणपत्रको विश्वसनीयतामाथि नै प्रश्न उठ्छ त्यसैले पनि नेपालका सम्बन्धित निकायहरूले यस विषयलाई गम्भीरतापूर्वक लिनुपर्छ,’ उनले भनिन् ।

    तर, विभागकी निर्देशक मीरा आचार्यले भने प्रमाणपत्र जारी गर्दा कानुनमा तोकिएबमोजिमको प्रक्रिया र मापदण्ड पूरा गरिएको दाबी गरिन् । आचार्यले सगरमाथा आरोहणको प्रमाणपत्र जारी गर्दा तोकिएको प्रक्रिया पूरा गर्ने गरिएकाले मिडिया र सामाजिक सञ्जालमा आएका सूचना एवं जानकारीसँग अवगत नरहेको बताइन् । कुनै पनि आरोहीलाई सगरमाथा आरोहण गरेको प्रमाणपत्र विभागले नै दिने गर्छ । सामान्यतः पर्यटन मन्त्रालयले खटाउने सम्पर्क अधिकृत र आरोहण दलको नेताले तयार पार्ने प्रतिवेदनका आधारमा विभागले कुनै पनि व्यक्तिले हिमाल आरोहण गरेको र नगरेको यकिन गर्छ । त्यसबाहेक आरोहणको व्यवस्थापन गर्ने संस्थाले उपलब्ध गराउने तस्बिरहरूलाई पनि आधार बनाउने गरिन्छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • सिलाई मेसिनसहित प्रमाणपत्र वितरण गर्दै अध्यक्ष यादवद्वारा महिला सशक्तिकरणमा जोड
  • सर्लाहीमा बाटो विस्तारको विषयमा विवाद, प्रहरीले चलायो गोली
  • कारागारबाट रविको सन्देश–रास्वपाको उदयबाट अत्तालिएकाले मलाई सिध्याउन भयानक षड्यन्त्र रचे
  • चितवन दुर्घटना : यस्तो छ मृतक र घाइतेहरूको विवरण (सूची)
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    सिलाई मेसिनसहित प्रमाणपत्र वितरण गर्दै अध्यक्ष यादवद्वारा महिला सशक्तिकरणमा जोड

    सर्लाहीमा बाटो विस्तारको विषयमा विवाद, प्रहरीले चलायो गोली

    कारागारबाट रविको सन्देश–रास्वपाको उदयबाट अत्तालिएकाले मलाई सिध्याउन भयानक षड्यन्त्र रचे

    चितवन दुर्घटना : यस्तो छ मृतक र घाइतेहरूको विवरण (सूची)

    अहिलेको सरकार देशको सम्पत्ति लुटेर विदेश पुर्याउने भगौडा दलालहरूको पक्षधर हो : प्रभु साह

    अन्तर्राष्ट्रिय योग दिवसमा बीरगञ्जमा भव्य योग कार्यक्रम सम्पन्न

    गोलबजारमा युवतीद्वारा युवकमाथि डेरामै छुरा प्रहार, प्रेम सम्बन्धबाट उत्पन्न विवादको आशंका

    पर्सा–३ मा रुपेश पाण्डे : उदाउँदो राजनीतिक तारा किशोरदेखि युवासमूहसम्मको रोजाइ, ज्येष्ठ नागरिकको भरोसा बटुल्दै

    बाँकेमा अगुवा कार्यकर्ता भेटघाट कार्यक्रम सम्पन्न : मन्त्री राजकुमार गुप्ताको संगठन सुदृढीकरणमा जोड

    अमेरिकाले फेरि विदेशी विद्यार्थीहरूलाई भिसा दिने प्रक्रिया सुरु गर्ने, तर शर्त पालना गर्नुपर्ने

    सिलाई मेसिनसहित प्रमाणपत्र वितरण गर्दै अध्यक्ष यादवद्वारा महिला सशक्तिकरणमा जोड

    सर्लाहीमा बाटो विस्तारको विषयमा विवाद, प्रहरीले चलायो गोली

    कारागारबाट रविको सन्देश–रास्वपाको उदयबाट अत्तालिएकाले मलाई सिध्याउन भयानक षड्यन्त्र रचे

    चितवन दुर्घटना : यस्तो छ मृतक र घाइतेहरूको विवरण (सूची)

    अन्तर्राष्ट्रिय योग दिवसमा बीरगञ्जमा भव्य योग कार्यक्रम सम्पन्न

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    सिलाई मेसिनसहित प्रमाणपत्र वितरण गर्दै अध्यक्ष यादवद्वारा महिला सशक्तिकरणमा जोड

    News

    सर्लाहीमा बाटो विस्तारको विषयमा विवाद, प्रहरीले चलायो गोली

    News

    कारागारबाट रविको सन्देश–रास्वपाको उदयबाट अत्तालिएकाले मलाई सिध्याउन भयानक षड्यन्त्र रचे

    News

    चितवन दुर्घटना : यस्तो छ मृतक र घाइतेहरूको विवरण (सूची)

    News

    अन्तर्राष्ट्रिय योग दिवसमा बीरगञ्जमा भव्य योग कार्यक्रम सम्पन्न

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑