• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    खोप परीक्षणमा नेपालको तयारी, ६ खोप अन्तिम चरणमा

  • वीरगंज संजाल
  • १२ भाद्र २०७७, शुक्रबार ०७:१०
  • २८१३

    वीरगंज | विश्वलाई आतङ्कित बनाइरहेको कोरोना भाइरसको प्रकोप निमिट्यान्न पार्न विभिन्न मुलुकले यसविरुद्ध खोपको परीक्षण गरिरहेका छन् ।यसरी विश्वव्यापी जनस्वास्थ्यलाई लिएर निर्माण गरिएको खोपको परीक्षणमा नेपाल पनि सहभागी हुने प्रयासमा छ ।

    यसरी खोपको परीक्षण नेपालमा हुन लागेको पहिलो पटक हो ।विश्व स्वास्थ्य सङ्गठन (डब्लूूएचओ)को सूचीमा रहेकामध्ये अन्तिम परीक्षण पार गर्दै गरेको अक्सफोर्ड युनिभर्सिटी र एस्ट्राजेना कम्पनीले उत्पादन गरेको सीएचएडीओएक्स १–५ खोप र चीनको साइनोभ्याक्स अर्थात् ‘इनएक्टिभेटेड’ नामको खोपको अन्तिम क्लिनिकल परीक्षणमा नेपाल पनि सहभागी हुने झण्डै तय जस्तै भएको छ । तथापि अन्तिम निक्र्योल हुन बाँकी छ ।

    खोपको परीक्षण गर्न दिन हुने÷नहुने विषयमा थप अध्ययनका लागि स्वास्थ्य मन्त्रालयले नेपाल स्वास्थ्य अनुसन्धान परिषद्लाई जिम्मेवारी दिएको प्रवक्ता प्राडा जागेश्वर गौतमले बताए । उहाँका अनुसार परिषद्ले यसको विश्लेषण गरिरहेको छ ।

    मन्त्रालयका अनुसार तीन कम्पनीले नेपालमा खोप परीक्षणका लागि अनुमति मागेको हो । मन्त्रालयको स्वीकृतिलगत्तै परीक्षणको थप अध्ययन थालिएको परिषद्का सदस्यसचिव डा. प्रदीप ज्ञवालीले बताए । चीन, रसिया र अक्सफोर्ड युभिर्सिटीले तेस्रो चरणको क्लिनिकल परीक्षण गर्न अनुमति मागेको र परीक्षण के कसरी गर्ने भन्ने बारेमा अध्ययन भइरहेको उनले बताए ।

    डब्लूूएचओको सूचीमा नरहेको र बाहिर कुनै जर्नलमा समेत प्रकाशित नगरिएको रसियाले उत्पादन गरेको ‘स्पुतनिक भी’ नामको खोप नेपालमा परीक्षण गर्ने सवालमा थप अध्ययन भइरहेको ज्ञवालीले बताए । उनले भने, “त्यहाँको दूतावासमार्फत रुस सरकारसँग खोपको विस्तृत विवरणसहितको सबै कागजपत्र मागेका छौँ, त्यो नपाएसम्म परीक्षणका लागि अनुमति दिन सकिन्न ।”

    त्यो विवरण आएपछि मात्र नेपालमा परीक्षण गर्ने नगर्ने भन्ने बारेमा परिषद् र सरकारले निर्णय गर्नेछ । उनका अनुसार भारतले पनि खोप निर्माण गरिरहेकाले उसले पनि अन्तिम परीक्षणका लागि नेपाललाई दिने कुरा गरेको छ । विश्व स्तरमा निर्माण भएका कुन कुन खोपको अन्तिम परीक्षण नेपालमा गर्न दिन योग्य छ भन्ने सवालमा शुक्रबार परिषद्ले विज्ञसहित बृहत् छलफल गर्दैछ ।

    जनस्वास्थ्यलाई असर पर्ने गरी कुनै पनि खोपको परीक्षण नेपालमा नहुने दाबी उनले गरे । उनका अनुसार चीनले सीधै नेपाल सरकारलाई परीक्षणका लागि प्रस्ताव गरेको हो । उसले पाँच सय जनामा खोपको परीक्षण गर्न दिन मागसहितको प्रस्ताव पठाएको छ । चीनले निर्माण गरेको खोप फिलिपिन्स, इन्डोनेसिया, ब्राजिल र पाकिस्तानमा समेत अन्तिम परीक्षण अगाडि बढाएको छ ।

    अक्सफोर्ड विश्वविद्यालयले उत्पादन गरेको खोपको परीक्षणमा सहभागी हुन चाहने देशको लाम पनि निकै लामो छ । यसरी अन्तिम परीक्षणमा सहभागी हुने मुलुकले भविष्यमा खोप तयार भएर आएपछि विभिन्न खालका सुविधा र सहुलियत पाउने अवस्था रहन्छ । सोही अनुसार नेपालले पनि विश्वसनीय खोपको अन्तिम परीक्षणमा सहभागी हुनेछ ।

    छ खोप अन्तिम चरणमा
    डब्लूूएचओका अनुसार परीक्षणको अन्तिम तथा तेस्रो चरणमा यतिबेला छवटा खोप पुगेको छ । सबै खोपको अन्तिम परीक्षणका लागि एक प्रकारले प्रतिस्पर्धा नै छ । पहिलो नम्बरमा अक्सफोर्ड युनिभर्सिटीको मातहत रहेर एस्ट्राजेनाका कम्पनीले निर्माण गरेको खोप छ । दोस्रोमा चीनको साइनोेभ्याक कम्पनीले उत्पादन गरेको खोप, तेस्रोमा चीनको वुहान इन्स्टिच्युट अफ बायोलोजिकलको मातहत रहेर सिनोफार्मले उत्पादन गरेको खोप रहेको छ ।

    त्यस्तै, चौथो नम्बरमा सिनो फार्मले बेइजिङ इन्स्टिच्युट अफ बायोलोजिकल प्रोडक्ट मातहत उत्पादन गरेको खोप, पाँचौँ नम्बरमा मोडेर्ना तथा निएडको संयुक्त उत्पादनको खोप र छैटौँ नम्बरमा बायोएनटेक तथा फोसन फर्मा र पिटजर कम्पनीले उत्पादन गरेको खोप तेस्रो तथा अन्तिम क्लिनिकल परीक्षणका क्रममा रहेको छ ।

    यीसहित अग्रस्थानमा रहेका अन्य १६ वटा खोपले दोस्रो चरण पार गरिसकेका छन् । त्यस्तै आठवटा खोपले पहिलो चरण पार गरेको छ । योबाहेक अरू १३९ खोप प्रारम्भिक चरणको क्लिनिकल परीक्षणका क्रममा रहेको डब्लूूएचओले जनाएको छ । गोरखापत्र दैनिकमा चाँदनी हमालले खबर लेखेकी छन् ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना
  • क्यानडामा कपिल शर्माको क्याफेमा गोली प्रहार, प्रहरीले के भन्यो?
  • ट्रम्पको जन्मसिद्ध नागरिकता खारेज गर्ने आदेशमा संघीय अदालतको रोक
  • क्यानडालाई ३५ प्रतिशत भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना

    क्यानडामा कपिल शर्माको क्याफेमा गोली प्रहार, प्रहरीले के भन्यो?

    ट्रम्पको जन्मसिद्ध नागरिकता खारेज गर्ने आदेशमा संघीय अदालतको रोक

    क्यानडालाई ३५ प्रतिशत भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा

    हिन्दी फिल्म ‘उदयपुर फाइल्स’लाई नेपालमा रिलिज नगर्न मुस्लिम समुदायको आग्रह

    जनमतले सोध्यो दुई केन्द्रीय नेतालाई स्पष्टीकरण

    २० वर्ष पुगेपछि विवाह गरेर सन्तान जन्माउन प्रेरित गर्नुपर्छ : प्रधानमन्त्री

    जनसंख्या संकट रोक्न नीति सुधार र प्रोत्साहनको तयारी

    विदेश भ्रमणमा जाने नेपालीले लैजान पाउने सीमा ३ हजार डलर

    फाइनान्स कम्पनीहरूलाई निक्षेपमा लगाइएको सीमा हट्यो

    लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना

    क्यानडामा कपिल शर्माको क्याफेमा गोली प्रहार, प्रहरीले के भन्यो?

    ट्रम्पको जन्मसिद्ध नागरिकता खारेज गर्ने आदेशमा संघीय अदालतको रोक

    क्यानडालाई ३५ प्रतिशत भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा

    हिन्दी फिल्म ‘उदयपुर फाइल्स’लाई नेपालमा रिलिज नगर्न मुस्लिम समुदायको आग्रह

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना

    News

    क्यानडामा कपिल शर्माको क्याफेमा गोली प्रहार, प्रहरीले के भन्यो?

    News

    ट्रम्पको जन्मसिद्ध नागरिकता खारेज गर्ने आदेशमा संघीय अदालतको रोक

    News

    क्यानडालाई ३५ प्रतिशत भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा

    News

    हिन्दी फिल्म ‘उदयपुर फाइल्स’लाई नेपालमा रिलिज नगर्न मुस्लिम समुदायको आग्रह

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑