वीरगंज | पर्साको सखुवा पर्सौनी गाउँपालिकामा बिहिवार बिहान करेन्ट लागेर एक जना टेलिकम प्राबिधिकको मृत्यु भएको छ ।सखुवा प्रसौनी उँपालिका वडा नं. ३ कौवाबन कटैयामा रहेको नेपाल टेलिकमको टावरमा विद्युत तार जडान गर्न आएका सनसाईन ग्रुप नेपालका कर्मचारी मोरङ विराटनगर बस्ने बर्ष ३५ को हरि थापाको विद्युत अर्थिङ्गको तारले करेन्ट लागेको थियो ।
करेन्ट लागेर गम्भीर घाइते भएका थापा उपचारको लागि बिरगंज लैजादै गर्दा बाटोमै मृत्यु भएको ईलाका प्रहरी कार्यालय पटेर्वा सुगौली का प्रहरी निरीक्षक दिपक चोरवारले जानकारी दिनुभयो ।
मृतकको शवलाई पोस्टमार्टमको लागि बिरगंज पठाउने तैयारी भैरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।