वीरगंज | धनुषामा थप १ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।मुखियापट्टी मुसहरनिया गाउँपालिका–४ का ४५ वर्षीय पुरुषमा मृत्यु भए पश्चात कोरोना संक्रमण पुष्टि भएको प्रदेश २ को स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
वरिष्ठ जनस्वास्थ्य प्रशासक विजयकुमार झाका अनुसार प्रादेशिक अस्पताल जनकपुरको ओपीडीमा स्वास्थ्य जाँचका लागि पुग्दा उनलाई देखिएको लक्षणका आधारमा स्वाब संकलन गरी परीक्षणका लागि पठाइएको थियो ।
तर रिपोर्ट नआउँदै बुधवारै दिउँसो उनको मृत्यु भएको थियो । प्रादेशिक जनस्वास्थय प्रयोगशालामा गरिएको परीक्षणको रिपोर्ट बिहीबार पोजेटिभ आएको उनले बताए ।