वीरगंज | देशभर कोरोना संक्रमणको दर दैनिक रुपमा बृद्धि नै भैरहेको छ । देशका अधिकांंश क्षेत्रमा निषेधाज्ञा जारी गरिएको छ । गत बर्षको चैत्रदेखि सरकारले घोषणा गरेको लकडाउन हालसम्म पनि पूर्णरुपमा नखुल्दै फेरि निषेधाज्ञा गरियो ।
सरकारलाई खर्च धान्न महामारीकै बीच जनतासंग कोरोनाको प्रवाह नगरी कर उठाउन म्याद तोकेर ताकेता गरियो ।तर जनतालाई लामो समय घरभिञै थुनेर न कुनै राहत न कोरोना नियन्त्रणको ठोस योजना सरकारसंग छ ।
सरकारी कर्मचारी र जनप्रतिनिधिहरुलाई घरघरमै तलब सुबिधा पुगेपनि आम सर्वसाधारणलाई यो कोरोना हाउगुजीले जटिल अवस्थामा पुर्याएको छ ।
बैंकको ब्याज,घरभाडा लगायतका समस्याको मारमा परेका ब्यापारीदेखि बिहान बेलुका दैनिक मजदुरी बेगर मुखमा माड नपर्ने आम श्रमिक जनताको पीडा झन् बल्झिदैँ गएको छ । नेपालजस्तो बिकासशील देशका नागरिक आधा बर्ष घरभित्रै कसरी पो जिविका धान्न सक्ने अवस्था आउला ?