बीरगन्ज | पर्सामा आइसोलेसनमा रहेको थप १०३ जना संक्रमणमुक्त भएका छन् ।आज विभिन्न उमेर समुहका १०३ जना संक्रमित निको भएर डिस्चार्ज भई घर फर्केको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ । निको भएका थप व्यक्तिको संख्यासँगै पर्सामा डिस्चार्ज हुनेको संख्या ५४७ पुगेको छ ।
यता, संक्रमितको संख्या भने पर्सामा दुई हजार पार पुगेको छ । आज थपिएका २४ जना संक्रमितसँगै जम्मा संक्रमितको संख्या पर्सामा २०२२ भएको छ । जसमा १५७९ जना पुरुष र ४४३ जना महिला रहेका छन् भने हाल पर्सामा सक्रिय संक्रमितको संख्या १४७५ भएको छ ।
हाल अस्पतालमा रहेको आईसोलेसनमा रहेको पोजेटिभ केसको संख्या १२२ छ जसमा ८५ पुरुष र ३७ महिला रहेका छन् भने होम आईसोलेसनमा रहेको पोजेटिभ केस संख्या ८०४ छ जसमा ७०२ पुरुष र १०२ महिला रहेको जिल्ला प्रशासनले उल्लेख गरेको छ । हालसम्म संकलित स्वाबमध्ये अब मात्र ३०० जनाको रिर्पोट आउन बाँकी रहेको पनि प्रशासनको तथ्याकंमा उल्लेख छ ।
हालसम्म पर्सा जिल्लाका ३३ जनाको कोभिड १९ कारण ज्यान गइसकेको छ ।