जापानका अनुसन्धानकर्ताले कोरोना भाइरस नष्ट गर्ने उपाय पत्ता लागेको दाबी गरेका छन् ।
ओजोन ग्याँसको मद्दतबाट भाइरस नष्ट गर्न सकिने उपाय पत्ता लागेको उनीहरूको दाबी छ । यसबाट अस्पताल पनि सुरक्षित राख्न सकिने उनीहरूको भनाइ छ ।
समाचार एजेन्सी रोयटर्सका अनुसार जापानको फुजिता हेल्थ युनिभर्सिटीले अनुसन्धानकर्ताले कम घनत्व (०.०५ देखि ०.१ पीपीएम) को ओजोन ग्याँसबाट कोरोना नष्ट गर्न सक्ने कुरा प्रमाणित गरेको दाबी गरेको हो ।
मानिसलाई हानी नपार्ने मात्राको ओजोन ग्याँसबाट नै भाइरस नष्ट गर्न सकिने कुरा पत्ता लागेको वैज्ञानिकको दाबी छ । अनुसन्धानकर्ताले भनेका छन्, ‘कम घनत्व भएको यो मात्राको ओजोन ग्याँस मानिसका लागि सुरक्षित देखिएको छ ।’ बीबीसीब