• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    कोरोनाको संक्रमण महिलामा भन्दा पुरुषमा किन बढी? यस्तो छ वैज्ञानिकको दावी

  • वीरगंज संजाल
  • ११ भाद्र २०७७, बिहीबार १५:३५
  • २६९३

    वीरगंज | कोरोना भाइरसले महिलालाई भन्द बढी निशाना पुरुषलाई किन बनाउँछ? यो प्रश्न लामो समयदेखि उठ्दै आएको छ। अहिले आएर वैज्ञानिकहरुले यसको जवाफ खोजेका छन्। उनीहरुले यसो हुनुका केही कारणहरु उल्लेख गरेका छन्।

    कोरोनाका महामारी सुरुदेखि नै महिलाभन्दा पुरुष बढी जोखिममा रहेको देखिँदै आएको छ। कोरोनाका कारण अहिलेसम्म मृत्यु भएको तथ्यांक हेर्ने हो भने पनि पुरुषको संख्या धेरै रहेको छ। यसकापछि विभिन्न कारणह रहेको बताइँदै आएको भए पनि अहिले आएर वैज्ञानिकहरुले यसको असली कारण पत्ता लगाएको दावी गरेका छन्।

    ‘नेचर’ जर्नलमा प्रकाशित एक अध्ययनमा कोरोनाबाट मृत्यु हुनेमा ६० प्रतिशत पुरुष रहेको उल्लेख गरिएको छ। अध्ययनका मुख्य वैज्ञानिक यले विश्वविद्यालयका प्रोफेसर अकीको इवासाकीले भनेका छन्, ‘हामीले अध्ययन गर्दा यो पायौँ कि पुरुष र महिलाले कोरोना भाइरसकाविरुद्ध विभिन्न प्रकारका प्रतिरक्षा प्रणालीको विकास गरेका छन्।’

    अन्वेषकहरूले गैर संक्रमित मेरिकाको येल न्यू हेभन अस्पतालमा भर्ना भएका संक्रमितको  र्‍याल र रगतको नमूनाहरू संकलन गरेका थिए। यसपछि उनीहरुले संक्रमितहरुको प्रतिरक्षा प्रतिक्रिया लिनका लागि प्रत्यक्ष निगरानीमा राखेका थिए। यो अनुसन्धानबाट अनुसन्धानकर्ताले महिलामा टी–लिम्फोसाइट्स सहित एक प्रबल प्रतिरोधी शक्ति भएको पत्ता लगाए। टी लिम्फोसाइट्स एक प्रकारको सेतो रक्त कोशिका हो जसले भाइरसहरूलाई चिन्न र समाप्त गर्न सक्छ।

     उमेर पुगेका महिलाहरुमा टी लिम्फोसाइट्स रहेको हुन्छ जसका कारण उनीहरू पुरुषका तुलनामा कोरोनाको राम्रोसँग सामना गर्न सक्दछन्। यसको विपरीत पुरुषहरूमा टी–सेल गतिविधि कमजोर रहेको अनुसन्धानकर्ताले पाए। उनीहरूका अनुसार टी–सेलहरू पुरुषहरूमा बढ्दो उमेरसँगै कमजोर हुँदै जाने र तिनीहरू सजिलै कोरोना भाइरसको सिकार हुने गरेको अनुसन्धानमा पाइएको हो।

    त्यस्तै पुरुषहरूले अत्याधिक मात्रामा साइकोकिन्स उत्पादन गर्ने गर्दछन् जुन एक प्रकारको इन्फ्लेमेटरी प्रोटिन हो। जसले शरीरको प्राकृतिक प्रतिरोधात्मक प्रणालीको दोस्रो भाग बनाउँदछ।

    कोरोना संक्रमणका गम्भीर घटनाहरू ‘साइटोकिन्स आँधी’ सँग जोडिएको छ। यसको कारण प्रतिरक्षा प्रणालीले आवश्यकताभन्दा बढी कार्य गर्न थाल्छ र शरीरलाई खतरनाक र घातक अवस्थामा धकेल्छ। अध्ययनले यो कुरा पनि पत्ता लगाएको छ कि साइटोकिन्सको स्तर उच्च  भएका महिलाहरूमा पनि यस रोगको संक्रमणको जोखिम भने बढी नै देखिएको छ।

    शोधकर्ताहरुले यस अध्ययनबाट महिला र पुरुषलाई अलग–अलग उपचार विधिको आवश्यकता रहेको निष्कर्ष निकालेका छन्। उदाहरणका लागि पुरुषहरुमा खोपको सहायताले टी–सेल प्रतिक्रियाहरु बढाउनु पर्दछ भने महिलालाई साइटोकिन प्रतिक्रिया सुस्त बनाउने खालको उपचार गर्नुपर्दछ।

    यद्यपि याे अध्ययन ठूलो मात्रामा गरिएको छैन। त्यसैले यसमाथि प्रश्नहरू उठ्न सक्छन्। यसमा जम्मा ९८ जना सहभागी थिए। बिरामीहरूको औसत उमेर पनि ६० वर्ष आसपास रहेको थियो। 

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • यी हुन् मुखको दुर्गन्ध हटाउने १० घरेलु उपाय
  • ‘नर्मल डेलिभरी’ चाहनेले ध्यान दिनुपर्ने पाँच कुरा
  • नेपालमा रेल सेवाको विकास र विस्तारमा लगानी गर्न मन्त्री दाहालको आग्रह
  • के विश्वभरि नै शुक्रकीटको गुणस्तर खस्किरहेको हो ?
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    यी हुन् मुखको दुर्गन्ध हटाउने १० घरेलु उपाय

    ‘नर्मल डेलिभरी’ चाहनेले ध्यान दिनुपर्ने पाँच कुरा

    नेपालमा रेल सेवाको विकास र विस्तारमा लगानी गर्न मन्त्री दाहालको आग्रह

    के विश्वभरि नै शुक्रकीटको गुणस्तर खस्किरहेको हो ?

    सुन्दर छालाका लागि पिउनुहोस् चिया

    आजको राशिफल

    डिजिटल मिडियालाई कारबाही गर्ने काउन्सिलको निर्णय सदर

    बेलायतको श्रम बजारमा मन्दीको संकेत: तलब वृद्धिमा गिरावट, बेरोजगारी दरमा वृद्धि

    📱 CMF Phone 1 Price in Nepal

    मुख्यमन्त्री सिंहद्वारा सामुदायिक विद्यालयमा अनुगमन

    ‘नर्मल डेलिभरी’ चाहनेले ध्यान दिनुपर्ने पाँच कुरा

    नेपालमा रेल सेवाको विकास र विस्तारमा लगानी गर्न मन्त्री दाहालको आग्रह

    के विश्वभरि नै शुक्रकीटको गुणस्तर खस्किरहेको हो ?

    आजको राशिफल

    डिजिटल मिडियालाई कारबाही गर्ने काउन्सिलको निर्णय सदर

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    यी हुन् मुखको दुर्गन्ध हटाउने १० घरेलु उपाय

    News

    ‘नर्मल डेलिभरी’ चाहनेले ध्यान दिनुपर्ने पाँच कुरा

    News

    नेपालमा रेल सेवाको विकास र विस्तारमा लगानी गर्न मन्त्री दाहालको आग्रह

    News

    के विश्वभरि नै शुक्रकीटको गुणस्तर खस्किरहेको हो ?

    News

    सुन्दर छालाका लागि पिउनुहोस् चिया

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑