कपिलवस्तु | रुपन्देहीमा कोरोना संक्रमणबाट ७० वर्षीय महिलाको मृत्यु भएको छ।
लुम्बिनी प्रादेशिक अस्पतालको कोरोना विशेष अस्थायी अस्पतालमा आइसीयुमा उपचारत तिलोत्तमा नगरपालिकाको वडा नम्बर–२ शंकरनगर निवासी ७० वर्षीय महिलाको निधन भएको नगरपालिकाका प्रमुख बासुदेव घिमिरेले जानकारी दिए।
उनका श्रीमान पनि संक्रमित भएर सोही अस्पतालमा उपचार गराइरहेको घिमिरेको भनाइ छ।
अस्पतालका अनुसार ति महिलालाई श्रावण २६ गते कोरोना पोजेटिभ देखिएपछि श्रावण ३१ गते अस्पतालमा भर्ना भएकी थिइन्।
उनलाई श्वासप्रश्वासमा समस्या देखिएको थियो भने उनी दिर्घ रोगी, प्रेसर र थाइराइडले ग्रसित रहेको अस्पतालले जनाएको छ।