• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    जेफ बेजोस बने २०० अर्ब डलर सम्पत्ति भएको विश्व इतिहासकै पहिलो धनाढ्य

  • वीरगंज संजाल
  • ११ भाद्र २०७७, बिहीबार १३:०७
  • ३१८१

    वीरगंज। विश्वकै सबैभन्दा धनी व्यक्ति जेफ बेजोससँग सम्पत्तिको यति धेरै रास थुप्रिएको छ कि जति उनीसँग यस अघि कहिल्यै थिएन । फोर्ब्सको करिब चार दशकदेखिको गणनामा बेजोसले यस्तो कोशेढुङ्गा पार गरेका छन्, जुन यस अघि कहिल्यै कसैको नाममा देखिएको थिएन ।

    बुधबार दिउँसो अमेजनको स्टक दुई प्रतिशतमा समाप्त हुँदा बेजोसको कूल सम्पत्तिमा ४.९ अर्ब डलरले बढोत्तरी हुन पुग्यो । जसबाट ५६ वर्षीय धनाढ्य २०० अर्ब डलरभन्दा बढी सम्पत्ति सहित विश्वको अहिलेसम्मकै धनी भाग्यमानी बन्न सफल भए ।

    बुधबार १ः५० मिनेट जाँदा अमेजनका संस्थापक तथा सीईओको सम्पत्ति २०४.६ अर्ब (२४१ खर्ब ९० अर्ब ३२ करोड रुपैयाँ)  पुगेको छ । जुन विश्वकै दोस्रो धनी व्यक्ति बिल गेट्सको कूल सम्पत्तिको तुलनामा करिब ९० अर्ब डलरले बढी हो । बिल गेट्ससँग हाल कूल सम्पत्ति ११६.१ अर्ब डलर रहेको छ । 

    मुद्रा स्फिर्तीमा मिलान गर्दा समेत बेजोस नयाँ सौभाग्य कोर्न सफल भएको फोर्ब्सले बताएको छ । बिल गेट्स सय अर्ब डलर सम्पत्ति भएको पहिलो व्यक्ति बनेका थिए ।

    जब माइक्रोसफ्ट आफ्नो शिखरमा पगेको थियो, त्यतिखेर गेट्सले १०० अर्ब सम्पत्ति कुम्ल्याएका थिए । जुन अहिलेको समयमा मोटामोटी १५८ अर्ब डलर सम्पत्ति बराबर हो । कोरोना भाइरसको महामारीका कारण उपभोक्ताको बानी व्यहोरामा निकै परिवर्तन भएको छ ।

    जसको प्रत्यक्ष लाभ अमेजनले बटुलेको छ । उसको स्टकले यस वर्षको सुरुवातको तुलनामा ८० प्रतिशत बढीको वृद्धि हाँसिल गरेको छ  । जसले गर्दा गत जनवरीसम्ममा सालाखाला ११५ अर्ब डलर रहेको बेजोसको सम्पत्तिको थुप्रोमा रकेटको गतिमा बढोत्तरी भएको छ ।

    उनको सम्पत्ति वृद्धि गराउनुमा अमेजनमा रहेको ११ प्रतिशत शेयरले ९० प्रतिशत भूमिका खेलेको छ । वासिङ्टन पोस्ट, एरोस्पेस कम्पनी ब्लू ओरिजिन र अन्य निजी लगानीमा समेत बेजोसको स्वामित्व छ । बेजोसले गत वर्ष मात्रै विश्वकै महंगो डिभोर्स व्यहोरेका थिए ।

    जसमा उनी आफ्नी पूर्व पत्नीलाई अमेजनमा रहेको २५ प्रतिशत शेयर दिन राजी भएका थिए । अहिलेको समयमा उक्त शेयरको मूल्य ६३ अर्ब डलर छ । १.७ अर्ब डलर परोपकारमा दानी गरेकी बेजोस पूर्व पत्नी म्याकेन्जी स्कट अहिले संसारकै १४ औं धनाढ्य हुन् भने धनाढ्य महिलाको सूचीमा उनी दोस्रो स्थानमा छिन् ।

    पहिलो स्थानमा भने फ्रान्सिस्कोइज बेटनकोर्ट मेयर्स रहेकी छिन् । प्रविधिको ढुङ्गामा धनको समुद्रमा पौडी खेल्दै नयाँ सम्पत्तिको रास थुपार्ने बेजोस मात्र एक्ला खेलाडी चाहिँ होइनन् । फेसबुकका मार्क जुकरबर्गले मंगलबार मात्रै सय अर्बको रेकर्ड बनाएका थिए ।

    फेसबुकमा रहेको स्टकबाट एकै दिन ३.४ अर्ब डलर कुम्लाएका उनको कूल सम्पत्ति १०३.१ अर्ब डलर पुगेको थियो । उनको सम्पत्तिको रास त्यत्तिकैमा सीमित भएन । बुधबार दिउँसो मात्रै ६ अर्ब डलरले थपिँदा उनको कूल सम्पत्ति १०९.१ अर्ब डलर पुगेको छ ।

    यससँगै सय अर्ब डलर सम्पत्ति भएका धनाढ्यहरुको संख्या समेत अहिलेसम्मकै धेरै पुगेको छ । जसमा बेजोस, गेट्स, बर्नार्ड अर्नौटसँगै नयाँ ताज पहिरिएका मार्क जुकरबर्ग समेत थपिएका छन् । अर्नौटको सम्पत्ति अहिले ११५ अर्ब डलर छ ।

    बेजोसले दुई सय अर्ब डलरको रेकर्ड कायम गरेसँगै अमेजनमा रहेको आफ्नो २६ लाख डलर बराबर मूल्यको ७,५४८ कित्ता शेयर एउटा गैरनाफामुलक संस्थालाई दान गरेका छन् । यससँगै मुद्रा स्फिर्ती समेतको हिसाब हुँदा बेजोसको सम्पत्ति अहिले २०५ अर्ब डलर (२४३ खर्ब ८ अर्ब ९० करोड रुपैयाँ) कायम भएको छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना
  • क्यानडामा कपिल शर्माको क्याफेमा गोली प्रहार, प्रहरीले के भन्यो?
  • ट्रम्पको जन्मसिद्ध नागरिकता खारेज गर्ने आदेशमा संघीय अदालतको रोक
  • क्यानडालाई ३५ प्रतिशत भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना

    क्यानडामा कपिल शर्माको क्याफेमा गोली प्रहार, प्रहरीले के भन्यो?

    ट्रम्पको जन्मसिद्ध नागरिकता खारेज गर्ने आदेशमा संघीय अदालतको रोक

    क्यानडालाई ३५ प्रतिशत भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा

    हिन्दी फिल्म ‘उदयपुर फाइल्स’लाई नेपालमा रिलिज नगर्न मुस्लिम समुदायको आग्रह

    जनमतले सोध्यो दुई केन्द्रीय नेतालाई स्पष्टीकरण

    २० वर्ष पुगेपछि विवाह गरेर सन्तान जन्माउन प्रेरित गर्नुपर्छ : प्रधानमन्त्री

    जनसंख्या संकट रोक्न नीति सुधार र प्रोत्साहनको तयारी

    विदेश भ्रमणमा जाने नेपालीले लैजान पाउने सीमा ३ हजार डलर

    फाइनान्स कम्पनीहरूलाई निक्षेपमा लगाइएको सीमा हट्यो

    लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना

    क्यानडामा कपिल शर्माको क्याफेमा गोली प्रहार, प्रहरीले के भन्यो?

    ट्रम्पको जन्मसिद्ध नागरिकता खारेज गर्ने आदेशमा संघीय अदालतको रोक

    क्यानडालाई ३५ प्रतिशत भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा

    हिन्दी फिल्म ‘उदयपुर फाइल्स’लाई नेपालमा रिलिज नगर्न मुस्लिम समुदायको आग्रह

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना

    News

    क्यानडामा कपिल शर्माको क्याफेमा गोली प्रहार, प्रहरीले के भन्यो?

    News

    ट्रम्पको जन्मसिद्ध नागरिकता खारेज गर्ने आदेशमा संघीय अदालतको रोक

    News

    क्यानडालाई ३५ प्रतिशत भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा

    News

    हिन्दी फिल्म ‘उदयपुर फाइल्स’लाई नेपालमा रिलिज नगर्न मुस्लिम समुदायको आग्रह

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑