वीरगंज | वीरगंजमा बिहिबार फेरी एक व्यक्तिको गण्डकस्थित नारायणी अस्थायी कोभिड अस्पताल वीरगंज हेल्थ केयरमा पछिल्लो १३ दिनदेखि उपचाररत पुरुषको आज मृत्यु भएको हो ।
मृत्यु हुनेमा वीरगंज महानगरपालिका वडा नम्बर १४ बहुवरी निवासी ६२ वर्षीय पुरुष रहेका छन् । उनको आज बिहान सवा ८ बजेको करिबमा मृत्यु भएको हो ।उनको मृत्युसँगै वीरगंजमा कोरोना सङ्क्रमणबाट पछिल्लो २४ घण्टाभित्र ३ व्यक्तिले ज्यान गुमाएका छन् ।
कोरोना सङ्क्रमण पुष्टि भइ साउन ३० गते वीरगञ्ज हेल्थ केयर हस्पिटलमा भर्ना भएका वृद्धको बिहिबार बिहान आइसीयु कक्षमा उपचारको क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ ।
मिर्गौलाका दिर्घ रोगि उनको हेल्थ केयरमै नियमित डायलसिससमेत भइरहेको थियो । उनी उच्च रक्तचाँप र श्वासप्रश्वासको समस्याबाट पनि ग्रसित रहेका नारायणी अस्पतालका प्रवक्ता डा. अतुलेशकुमार चौरसियाले जानकारी दिए ।
यसअघि बुधबार पर्साकै धोबिनी गाउँपालिका वडा नम्बर ३ गुलरिया निवासी ७२ वर्षीय पुरुषको नारायणी अस्पतालमा मृत्यु भएको थियो । त्यस्तै बिहीबार बिहान बाराकी कोरोना सङ्क्रमित एक जना २३ वर्षीय गर्भवती महिलाको नारायणी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ अस्पतालका प्रवक्ता डा. चौरसियाले बताए ।
पर्सामा हालसम्म कोरोना सङ्क्रमणका कारण ज्यान गुमाउँनेको संख्या ४५ पुगेको छ । साउन यतामा मात्रै ४१ जनाको मृत्यु भएको हो । वीरगंजमा अहिलेसम्म कोरोनाका कारण मृत्यु भएका ४५ जनामध्ये १ बेवारिसे युवकसहित पर्साका ३३ जना, बाराका १० जना र रौतहटका २ जना रहेको नारायणी अस्पतालको तथ्यांकले देखाएको छ ।