• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    प्रहरीको यातनाको कारण एकजनाको अस्पतालमै मृत्यु

  • वीरगंज संजाल
  • ११ भाद्र २०७७, बिहीबार ११:०२
  • ७०९३

    रौतहट। प्रहरीले हिरासतमा यातना दिएको कारण एक जनाको मृत्यु भएको छ । गत साउन ३१ गते जिल्लाको गरुडा नगरपालिका ८ जिंगडियामा घाँटी रेटेर हत्या गरिएका नन्दलाल महराको २० वर्षीय छोरा निरन्जन रामको हत्याराको रुपमा सार्वजनिक गरेका ७ जना अभियुक्तमध्येका एक विजय महराको उपचारको क्रममा आज बिहान १ बजे मृत्युभएको हो ।

    उनलाई हिरासतमा रहदा प्रहरीले चरम यातना दिएका कारण मृत्यु भएको स्थानीय अगुवा करिमुल्लाहले आरोप लगाए । अपराध कबुलाउने धुनमा प्रहरीले हिरासतमै चरम यातना दिएकाले उनको मृत्युभएको हो, उनले भने । आजसम्म कुनै ठुलो रोग नलागेका उनलाई अचानक सबै रोग देखिनु र शरीरका अंगहरुले काम गर्न छाड्नुको कारण प्रहरीले दिएको अमानवीय यातानाको कारणले भएको उनको दावी छ ।
    नेशसन मेडिकल कलेज श्रोतले न्यूज २४ लाई दिएको जानकारी अनुसार प्रहरीले बाँस, लठ्ठी, हातखुट्टाले जथाभावी प्रहार गरेको कारण महराको छाती, पेट, किड्नी लगायतका प्रमुख अंगहरुका गम्भीर चोट लागेको थियो । त्यहीँ चोटको कारण उनमा पिसाबमा रगत देखिएको थियो भने सानो आन्द्रा तथा ठुलो आन्द्रामा लागेको चोटको कारण उनलाई पखाला लागेको अनि दिशापनि रगत गइरहेको थियो ।

    स्रोतका अनुसार इन्फेक्सनका कारण उनको किड्नीमा दवाव परि किड्नीले काम गर्न छाडेपछि उनलाई २ पटक सम्म डाइलोसिस गरिएको थियो । तर चोटको कारणले उनको शरीरमा इन्फेक्सन बढेको , फोक्सो सुन्निएको तथा सास फेर्न गाह्रो हुने समस्या देखिएको थियो । सो मेडिकल कलेजमा आइसियुमा राखेर उपचार गरिरहेको उनको आज अचानक शरीरका प्रमुख अंगहरुले काम गर्न छाडेपछि उनलाई भेन्टिलेटरमा राखिएर उपचार गर्दागर्दै मृत्यु भएको हो ।

    यता, इलाका प्रहरी कार्यालय गरुडाका प्रमुख प्रहरी नायव उपरिक्षक ज्ञान कुमार महत्तोले भने आफुहरुले मृतकलाई कुनैपनि किसिमको यातना नदिएको र यातनाको आरोप निराधार भएको बताए । उहाँले मृतक महरालाई पक्राउ गरेर ल्याउँदा भदौ ३ गते स्वास्थ्यमा समस्या देखिएकाले स्थानीय अस्पतालमा उपचार गर्दा पिसाबमा इन्फेक्सन देखिएकाले थप उपचारको लागि बिरगंज स्थित नेशनल मेडिकल कलेजमा पठाउँदा उनको दुबै किड्नीमा फेल भएको रिर्पोट आएको दावी गरे ।

    मृतक महरामा पहिलेदेखिनै स्वास्थ्यमा समस्या भएको हुनसक्ने भन्दै आफुहरुको यातनाको कारण सो घट्ना नघटेको ठोकुवा नै गरे ।
    यसअघि एक ११ वर्षीय बालिकाले पनि हत्यारा पक्राउ गर्नका लागि आफुलाई प्रहरीले चरम यातना दिएको जानकारी दिएका थिए । सोही स्थान निवासी ती नाबालिकाको परिवारले चन्द्रपुरमा पत्रकार सम्मेलनको आयोजना गरेर इलाका प्रहरी कार्यालय गरुडाले पक्राउ गरेर सोधपुछको नाममा यातना दिएको बताएका थिए ।

    बालिकाले प्रहरीले हत्यामा संलग्नलाई पक्राउ गर्ने क्रममा आफुलाई पक्राउ गरी मृतक महरासँग अनैतिक सम्बन्ध रहेको वयान गर्न अनावश्यक दवाव र यातना दिएको बताउँदै आफुले केही वयान दिन अस्विकार गरेपछि आफुलाई प्रहरीले यातना दिएको आरोप लगाएकी थिइन् । उनले सो कार्यालयको एक कोठामा प्रहरीले आफुलाई राखेर एक महिला प्रहरी सहित पाँच जना पुरुष प्रहरीले अश्लिल शब्द प्रयोग गर्दै आफु माथि बिभिन्न लान्छाना लगाउँदै यातना दिएका उनको भनाइ थियो ।

    प्रहरीले हत्याको मुख्य योजनाकारको रुपमा सार्वजनिक गरेको शेख अजादकी बहिनी उनलाई प्रहरीले चरम यातना दिदैँ आफु नर्सरीमा घाँस काँट्न जाने गरेको सो क्रममा मृतक महरासँग भेटघाट अनि गफ हुने गरेको हो भनेर स्विकार लगाएको ती नाबालिकाको भनाइ छ । ‘प्रहरीले मलाई उनीहरुले जे जे भन्छन् सो माने आफ्नो बुबा, दाजु अनि मलाई छाडिदिन्छुँ भने’ उनले भावुक हुँदै भनिन् , ‘तर मैले मलाई थाहा नभएको र मैले नगरेको कुरा गर्दिन÷बोल्दिन भनेपछि पाँचघण्टासम्म एउटा कोठामा थुनेर सारिरिक तथा मानसिक यातना दिए ।’ उनले प्रहरीको कारण आफ्नो चारित्रिक हत्या भएको भन्दै दोषी प्रहरी उपर छानविन गर्न माग गरिन् ।
    निरञ्जन राम हत्याकाण्ड जिल्ला संघर्ष समिति रौतहटका संयोजक सोनेलाल रामले ईलाका प्रहरी कार्यालय गरुडाका प्रहरी नायब उपरिक्षक ज्ञान कुमार महतोले आर्थीक प्रलोभनमा परेर घटनाको मुख्य योजनाकार सच फलफुल नर्सरीका संचालक राजाराम साह बानिया सहितको समुह लाई जोगाउन खोजेको आरोप लगाउँदै वास्तविक दोषीलाई पक्राउ गर्नुको सट्टा निर्दोषलाई फसाउनतर्फ प्रहरी लागिपरेको आरोप लगाएका छन् । उनले प्रहरी नायब उपरीक्षक महत्तोले पैसाको चलखेलमा वास्तविक दोषीलाई पक्राउ नगरेर केही निर्दोष युवालाई फसाएर अपराधि सावित गर्न लागिपरेकाले यसको केन्द्रिय स्तरबाटै यो घटनाको निपष्क्ष अनुसन्धान हुनुपर्ने माग गरेका छन् ।
    ईलाका प्रहरी कार्यालय गरुडाले घटनामा संलग्न रहेको आरोपमा ७ जना माथि कर्तब्य ज्यानको मुद्धा चलाएको छ तर पीडित परिवारलेभने प्रहरीले वास्तविक पीडकहरुलाई पक्राउ गर्नुको सट्टा निर्दोषहरुलाई फसाउन लागेकोे आरोप लगाउँदै आएका छन् । प्रहरीले हत्यामा संलग्न रहेको आरोपमा मृतक महारा सहित शेख आजाद, अजय कुमार रन्जन, विवेक राय यादव, अर्जुन राम, सिकेन्द्र पासवानलाई पक्राउ गरी कर्तव्य ज्यान मुद्दामा म्याद थप गरेर अनुसन्धान अगाडि बढाएको छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • यी हुन् मुखको दुर्गन्ध हटाउने १० घरेलु उपाय
  • ‘नर्मल डेलिभरी’ चाहनेले ध्यान दिनुपर्ने पाँच कुरा
  • नेपालमा रेल सेवाको विकास र विस्तारमा लगानी गर्न मन्त्री दाहालको आग्रह
  • के विश्वभरि नै शुक्रकीटको गुणस्तर खस्किरहेको हो ?
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    यी हुन् मुखको दुर्गन्ध हटाउने १० घरेलु उपाय

    ‘नर्मल डेलिभरी’ चाहनेले ध्यान दिनुपर्ने पाँच कुरा

    नेपालमा रेल सेवाको विकास र विस्तारमा लगानी गर्न मन्त्री दाहालको आग्रह

    के विश्वभरि नै शुक्रकीटको गुणस्तर खस्किरहेको हो ?

    सुन्दर छालाका लागि पिउनुहोस् चिया

    आजको राशिफल

    डिजिटल मिडियालाई कारबाही गर्ने काउन्सिलको निर्णय सदर

    बेलायतको श्रम बजारमा मन्दीको संकेत: तलब वृद्धिमा गिरावट, बेरोजगारी दरमा वृद्धि

    📱 CMF Phone 1 Price in Nepal

    मुख्यमन्त्री सिंहद्वारा सामुदायिक विद्यालयमा अनुगमन

    ‘नर्मल डेलिभरी’ चाहनेले ध्यान दिनुपर्ने पाँच कुरा

    नेपालमा रेल सेवाको विकास र विस्तारमा लगानी गर्न मन्त्री दाहालको आग्रह

    के विश्वभरि नै शुक्रकीटको गुणस्तर खस्किरहेको हो ?

    आजको राशिफल

    डिजिटल मिडियालाई कारबाही गर्ने काउन्सिलको निर्णय सदर

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    यी हुन् मुखको दुर्गन्ध हटाउने १० घरेलु उपाय

    News

    ‘नर्मल डेलिभरी’ चाहनेले ध्यान दिनुपर्ने पाँच कुरा

    News

    नेपालमा रेल सेवाको विकास र विस्तारमा लगानी गर्न मन्त्री दाहालको आग्रह

    News

    के विश्वभरि नै शुक्रकीटको गुणस्तर खस्किरहेको हो ?

    News

    सुन्दर छालाका लागि पिउनुहोस् चिया

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑