वीरगंज | पर्सामा थप एक व्यक्तिको कोरोना सङ्क्रमणबाट मृत्यु भएको छ । वीरगञ्जस्थित नारायणी अस्पतालमा उपचार गराईरहेका पुरुषको बुधबार उपचारको क्रममा मृत्यु भएको हो ।मृत्यु हुनेमा धोबिनी गाउँपालिका वडा नं. ३ गुलियाका ७२ वर्षीय पुरुष रहेको नारायणी अस्पतालले जनाएको छ ।
मृत्यु पश्चात उनको स्वाब संकलन गरी कोरोना परिक्षणको लागि सोहि अस्पतालको पिसिआर प्रयोशालामा जाँच गर्दा कोरोना पोजेटिभ देखिएको अस्पतालका प्रवक्ता डा. अतुलेशकुमार चौरसियाले बताए ।बुधबार साँझ करिव साढे ६ बजेको करिबमा उपचारको क्रममा वृद्धले ज्यान गुमाएको उनले जानकारी दिए ।
उच्च रक्ताचाँप, दमा र मुटु सम्बन्धि दिर्घ रोगि वृद्धलाई श्वासप्रश्वासमा समस्या आएपछि उनलाई भदौं ८ गते नारायणीमा भर्ना गरिएको थियो । अस्पतालमा भर्ना गरिएपस्चात् उनमा निमोनियाको लक्षण समेत विकसित भएको प्रवक्ता डा. चौरसियाले बताए ।
याेसँगै पर्सा जिल्लामा कोरोना सङ्क्रमणबाट ज्यान गुमाउँनेको संख्या ३२ पुगेको छ भने २ हजारका हाराहारीमा मान्छे सङ्क्रमित भएका छन् ।