• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    निजी विद्यालयमा छोराछोरी पढाउने शिक्षकलाई १० हजार जरिवाना

  • वीरगंज संजाल
  • ११ भाद्र २०७७, बिहीबार ०८:१२
  • ४२८९

    वीरगंज | निजी विद्यालयमा छोराछोरी पढाउने सरकारी विद्यालयका शिक्षकलाई दैलेखको गुराँस गाउँपालिकाले १० हजार जरिवाना गरेको छ । गाउँपालिकाले ३० जना शिक्षकलाई पत्र पठाएर जरिवाना गरेको जानकारीसमेत दिएको छ ।

    गाउँपालिकाभरिका शिक्षक, अन्य सरकारी कर्मचारी सबैले अनिवार्य रूपमा आफ्ना छोराछोरीलाई सरकारी विद्यालयमा पढाउनुपर्ने, त्यसो नगरे जरिवाना तिर्नुपर्ने नीति गत आर्थिक वर्षको गाउँसभाबाटै पारित गरिएको थियो ।

    शिक्षकहरूलाई पठाएको पत्रमा गाउँपालिकाको नीति उल्लंघन गरेकाले जरिवाना गरिएको जनाएको छ । उनीहरूलाई १० हजार रुपैयाँ जरिवाना गरिएको पत्रमा उल्लेख छ । सरकारी कर्मचारीका छोरोछोरीलाई सरकारी विद्यालयमै पढाउने नीति बनाउँदा सहमति जनाएको र अहिले आएर पालना नगरेकाले जरिवाना गरिएको गाउँपालिका अध्यक्ष खेमराज ओलीले बताए ।

    सरकारी कर्मचारी र जनप्रतिनिधिका छोराछोरीलाई सरकारी विद्यालयमै पढाउनुपर्ने गाउँपालिकाले नीति बनाएको थियो । त्यसलाई आर्थिक वर्ष ०७६/७७ मा कार्यान्वयनमा ल्याएको थियो । कार्यान्वयनमा ल्याउनुअघि गाउँपालिकाभरिका सरकारी कर्मचारी र जनप्रतिनिधिसँग छलफल गरिएको थियो ।

    ‘सयजना सरकारी कर्मचारीलाई गाउँपालिकाले नीति पारित गरिसकेको भन्दै छलफल गरेका थियौँ, त्यसमध्ये ७० जनाले आफ्ना बालबालिकालाई सरकारी विद्यालयमा पढाउन थालिसक्नुभएको छ,’ अध्यक्ष ओलीले भने, ‘गाउँपालिकाको नीति उल्लंघन गर्ने ३० जनालाई जरिवाना गरिएको पत्र काटिएको हो ।’

    सामुदायिक विद्यालयको गुणस्तर सुधार गर्न यस्तो नीति लिएको अध्यक्ष ओलीको भनाइ छ । यसका लागि सुरुवात आफैँबाट गरेको उनले बताए । ‘मेरै बच्चाहरू निजी विद्यालयमा थिए । गाउँसभाका सदस्यहरूले बहुमतले नीति नै पारित गरेपछि मैले नै सरकारी विद्यालयमा छोराछोरी पढाउन सुरु गरेँ,’ अध्यक्ष ओलीले भने ।

    यसलाई आठबिस गाउँपालिकामा अभियानकै रूपमा लिइएको छ । योसँगै सामुदायिक विद्यालयको भौतिक पूर्वाधार र शिक्षक तथा कर्मचारीको सेवा–सुविधामा पनि ध्यान दिएको अध्यक्ष ओलीले बताए ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न
  • संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा
  • सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट
  • नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    News

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    News

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    News

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑