वीरगञ्ज । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पर्सास्थित नारायणी अस्पतालमा ९ जना चिकित्सकको विशेष टोलि पठाएको छ । कोरोनाभाइरस महामारीले आक्रान्त बनेको वीरगञ्जमा स्वास्थ्यकर्मी र चिकित्सकनै सङ्क्रमित भएपछि अस्पताल सञ्चालनमा समस्या आएको थियो ।
प्रदेश सरकार अहिलेपनि सम्मेलन, छलफल र गोष्टिमा व्यस्त रहेको बेला सङ्घ सरकारले वीरगञ्जमा विशेषज्ञको टोलि पठाएर प्रदेश सरकारको काम कारवाही गर्ने शैली माथि ठुलो प्रश्न उठाएको छ ।
मुख्यमन्त्री लालबाबु राउतको गृह जिल्ला पर्सानै सङ्क्रमणका कारण आक्रान्त बनिरहेको बेलापनि उनले कुनै ठोस काम नगर्न नसकेको जनतामा व्यापक गुनासो छ ।
प्रदेश नं. २ को जनताले मुख्यमन्त्री लालबाबु राउतको नेतृत्वमा रहेको सरकार पूर्ण रूपले असफल भएको बताउँदै उनको राजनीमासमेत माग गरेका छन् ।
स्वास्थ्यकर्मी र चिकित्सक सङ्क्रमित भएर अस्पताल सञ्चालनमा आएको समस्यालाई मध्य नगर गर्दै सङ्घीय सरकारले वीरगञ्जको नारायणी अस्पतालमा ९ जनासहित प्रदेश नं. २ मा २२ जना विशेषज्ञ चिकित्सकको टोलि पठाएको छ ।
मन्त्रालयका प्रशासन महाशाखा प्रमुख रघुराम विष्टकाले मंगलबार नारायणी अस्पताल वीरगञ्जमा काम गर्ने गरी ९ जना चिकित्सक पुगिसकेका जानकारी दिए ।
त्यसैगरी १३ जना चिकित्सक भने धनुषाको जनकपुर प्रादेशिक अस्पताल र रौतहटको गौर अस्पतालमा बिहीबार जाने तयारीमा छन् । उनीहरुमध्ये ६ जना चिकित्सक गौर अस्पताल र ६ जना जनकपुर प्रादेशिक अस्पताल जानेछन् । १ जनाको भने यी दुईमध्ये कुन अस्पतालमा जाने भन्ने टुंगो लागिसकेको छैन ।
सरकारी छात्रवृत्तिमा त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थानअन्तर्गत विशेषज्ञ पढेका चिकित्सकहरुलाई प्रदेश २ मा पठाइएको हो । उनीहरुले त्यहाँ गएर कोरोना संक्रमितको उपचार र महामारी नियन्त्रणमा खटिनेछन् । विष्टले भने, ‘कोरोना संक्रमण बढंदै गएको अन्य जिल्लामा पनि चिकित्सक पठाउने तयारी भइरहेको छ।’
मन्त्रालयले यसअघि चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) मा विशेषज्ञता अध्ययनरत चिकित्सकलाई सुदूरपश्चिम र प्रदेश नं. ५ पठाएको थियो ।
अहिले भने एमडी/एमएस उतीर्ण भएका विशेषज्ञ चिकित्सकलाई खटाइएको हो । त्यसैगरी अन्य २० भन्दा बढी चिकित्सकलाई कोभिड अस्पतालमा पठाउन तयारी अवस्थामा राखिएको विष्टले जानकारी दिए ।