• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    प्रदेश २ मा गुप्तचरको नाममा लाखौं दुरुपयोग

  • वीरगंज संजाल
  • ११ भाद्र २०७७, बिहीबार ०७:४५
  • २७६५

    जनकपुरधाम । २०७५ जेठ २५ गते प्रदेश २ को मन्त्रिपरिषद् बैठकले प्रदेशमा आफ्नै अनुसन्धान अधिकारी (गुप्तचर) राख्ने निर्णय गर्‍यो । आफ्नै गुप्तचर नहुँदा अनुसन्धान एवम् गोप्य सूचना संकलनमा समस्या भएको भन्दै ल्याइएको ‘अनुसन्धान ब्युरो विधेयक २०७६’ माघ १९ गते प्रदेशसभाको सचिवालयमा दर्ता भयो ।

    गत साउन ४ गते प्रदेशसभामा उक्त विधेयकमाथि सैद्धान्तिक छलफल मात्र भएको छ । तर, विधेयक पारित नै नभए पनि गुप्तचरका नाममा लाखौं रकम दुरुपयोग भएको पाइएको छ ।

    मन्त्री ज्ञानेन्द्र यादव र सचिवले पूर्व सूचना संकलनका लागि मासिक २ लाख छुट्याएर वार्षिक रू. २४ लाख रुपैयाँ बाँडीचुँडी लिने गरेको पाइएको हो । मन्त्री यादवको निर्देशनमा २०७४ माघ १८ गतेदेखि नै विनाबिल भरपाई गरी रकम बुझिएको छ । मन्त्री यादवले महीनाको रू. १ लाख ५० हजारको दरले १८ लाख र सचिवले ५० हजारको दरले रू. ६ लाख रुपैयाँ बुझेको देखिएको छ ।

    प्रदेश मन्त्रिपरिषद्को निर्णय अनुसार आन्तरिक मामिला तथा कानूनमन्त्री र सचिवलाई भइपरी आउने शान्ति सुरक्षाको काममा बिल भरपाई पेश गरी रहनुनपर्ने गरी महीनाको अधिकतम ५ पटकसम्म हुनेगरी मन्त्रीलाई प्रतिपटक ३० हजार र सचिवलाई १० हजार रुपैयाँ खर्च गर्ने अख्तियारी दिइएको छ ।

    आर्थिक कार्यविधि नियमावली २०६४ को नियम ३६ को उपनियम ४ मा भएको ‘नेपाल सरकारले तोकेको विशेष खर्च वा शान्ति सुरक्षा तथा गुप्तचर सम्बन्धी बिल भरपाई देखाउन उचित नहुने खर्च नेपाल सरकारले तोकेको अधिकारीले खर्च गरी नेपाल सरकारले तोकेको अधिकारीबाट समर्थन गराई लेखा राख्नुपर्ने’ व्यवस्थाका कारण खर्चको बिल भरपाई नलिएर भुक्तानी गर्ने गरिएको लेखा अधिकृत निरेन्द्रलाल कर्णले बताए ।

    प्रदेशको शान्ति, सुरक्षा व्यवस्था चुस्तदुरुस्त राख्न गुप्तचर व्यवस्थापनमा रकम खर्च हुने गरेको मन्त्री यादव बताउँछन् । मन्त्री यादवका अनुसार प्रत्येक जिल्लामा ४/४ जना गुप्तचर राखिएको छ । प्रतिगुप्तचर रू. ४ हजारको दरले खर्च हुन्छ । एक जिल्लामा गुप्तचरका लागि १६ हजार खर्च हुने गरेको छ ।

    ‘प्रदेशमा ८ ओटा जिल्ला छन् । धेरै ठूलो जनसंख्या छ । एउटा जिल्लामा चार राख्दा पनि ८ जिल्लामा ३२ जना गुप्तचर हुन्छन्,’ उनले भने, ‘त्यस हिसाबले एकजना गुप्तलाई मासिक ४ हजार रुपैयाँ दरले पनि पारिश्रमिक हुँदैन, त्यही सानो रकम लिएर भए पनि आफ्नो ज्यान जोखिममा राखेर उनीहरूले हामीलाई सूचना प्रवाह गरिरहेका छन् ।’

    मन्त्रालयमा गोप्य रूपमा एउटा विशेष सूचना डेस्क स्थापना गरिएको छ । अपराध, सीमा नाकाका गतिविधि, सुशासन लगायतको विषयमा सूचना संकलनका लागि आफूले पाउने गरेको रकम खर्च हुने गरेको मन्त्रालयका सचिव कृष्णहरि पुष्करले बताए । ‘प्राप्त गरेको सूचना प्रदेश प्रहरी कार्यालयका प्रमुख, जिल्ला प्रहरीदेखि जिल्ला प्रशासनका प्रमुखसम्मलाई इन्पुटको रूपमा दिने गरेका छौं,’ पुष्करले भने, ‘सूचनाको आधारमा प्रदेशको शान्ति सुरक्षा कायम राख्न उपयोग हुने भएकाले औचित्यपूर्ण नै छ ।’

     

    के तपाईले हाम्रो YouTube च्यानललाई SUBSCRIBE गर्नु भयो ? गर्नु भएको छैन भने नयाँ – नयाँ Video,News , Documentary, TVC Ads, PSA, Short Movie हेर्नका लागि आजै हाम्रो युटुब च्यानल SUBSCRIBE गर्नुहोस । https://www.youtube.com/watch?v=fwnMEF4kPi4

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • बारामा अनिश्चितकालीन सार्वजनिक यातायात बन्द
  • आ.व. २०८२/०८३ को नवौं नगरसभाको दोस्रो बैठक सम्पन्न
  • समाचार हटाउन धम्कीप्रति पत्रकार महासंघको ध्यानाकर्षण
  • भन्सार सुधार र आधुनिकीकरण योजनाबारे सुझावमूलक बैठक सम्पन्न
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    बारामा अनिश्चितकालीन सार्वजनिक यातायात बन्द

    आ.व. २०८२/०८३ को नवौं नगरसभाको दोस्रो बैठक सम्पन्न

    समाचार हटाउन धम्कीप्रति पत्रकार महासंघको ध्यानाकर्षण

    भन्सार सुधार र आधुनिकीकरण योजनाबारे सुझावमूलक बैठक सम्पन्न

    वीरगंजमा खानेपानी समस्या समाधानका लागि सर्वदलीय बैठक सम्पन्न, मन्त्रीद्वारा तत्काल समाधानको प्रतिबद्धता

    खानेपानी अभाव समाधानका लागि वीरगंजमा निरीक्षण तथा अनुगमन

    क्याम्पस चिफ हराएको भन्दै स्ववियुको विरोध, ठाकुर राममा चरम लापरबाहीको आरोप

    तराई–मधेसमा खडेरीले चर्काएको खानेपानी संकट, मन्त्री यादवद्वारा प्रभावित क्षेत्रको निरीक्षण

    खानेपानी मन्त्री प्रदिप यादवको सम्मानमा बीरगञ्जमा स्वागत तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

    चर्चित अभिनेत्री आफ्नै फ्ल्याटमा मृत भेटिइन्, १ महिनादेखि सडिरहेको थियो लाश, मृत्युको कारण स्पष्ट छैन

    बारामा अनिश्चितकालीन सार्वजनिक यातायात बन्द

    आ.व. २०८२/०८३ को नवौं नगरसभाको दोस्रो बैठक सम्पन्न

    समाचार हटाउन धम्कीप्रति पत्रकार महासंघको ध्यानाकर्षण

    वीरगंजमा खानेपानी समस्या समाधानका लागि सर्वदलीय बैठक सम्पन्न, मन्त्रीद्वारा तत्काल समाधानको प्रतिबद्धता

    खानेपानी अभाव समाधानका लागि वीरगंजमा निरीक्षण तथा अनुगमन

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    बारामा अनिश्चितकालीन सार्वजनिक यातायात बन्द

    News

    आ.व. २०८२/०८३ को नवौं नगरसभाको दोस्रो बैठक सम्पन्न

    News

    समाचार हटाउन धम्कीप्रति पत्रकार महासंघको ध्यानाकर्षण

    News

    वीरगंजमा खानेपानी समस्या समाधानका लागि सर्वदलीय बैठक सम्पन्न, मन्त्रीद्वारा तत्काल समाधानको प्रतिबद्धता

    News

    खानेपानी अभाव समाधानका लागि वीरगंजमा निरीक्षण तथा अनुगमन

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑